बेल्जियमका बामहरुले गरे ऐतिहासिक घोषणा !

बेल्जियमका बामहरुले गरे ऐतिहासिक घोषणा !


डिल्लीराम अम्माई/बेल्जियम

२०१७, नोभेम्बर १२ आइतबारको दिन बेल्जियमका प्रवासी नेपाली मञ्च र जन प्रगतिशील मञ्चले अबका कार्यक्रमहरु संयुक्त रुपमा गर्ने र मातृ पार्टीको एकतासंगै आफुहरुले पनि एकता गर्ने निर्णय गरेका छन् । आन्त्रोपेनको एक हलमा दुवै पार्टीहरुले सदभाव र भाइचारालाई एकताको पूर्वाभ्यासको रुपमा विकसित गर्नकोलागि एक सामुहिक सम्मेलनको आयोजना गरे । उनीहरुले आफ्ना विचारहरु एकापसमा साटासाट गरे । त्यहाँ दुर्इ संगठनका कार्यकर्ताबीच कुनै विभेद देखिएन । त्यो सभा एउटै संगठनले आयोजना गरेको जस्तो सदभाबपूर्ण देखिन्थ्यो । नेपालमा हुन गैरहेको चुनावमा बामपन्थी उम्मेदवारलाई जिताउन प्रवासबाट हरसम्भव प्रयास गर्ने, अन्य कार्यक्रमहरु पनि सकेसम्म एउटै मंचबाट गर्ने र भाइचाराको भावना बिकसित गर्दै अन्त्यमा सांगाठानिक एकता गर्ने संकल्प प्रस्ताब सामुहिक रुपमा पास भयो ।

कार्यक्रमको पहिलो औपचारिक चरणको प्रमुखमा दुवै संगठनका अध्यक्षहरु क्रमशः जित लामा र बोधराज पौडेल मन्चमा आसिन थिए । कार्यक्रम संचालन नेपाली प्रवाशी मंचका महासचिव चन्द्र शर्माले गरे भने संगठनको महत्वपुर्ण मानिएको संकल्प निर्णय पत्र जनप्रगतिशील मंचका महासचिव पवन सुबेदीले पढेर सुनाए । जन प्रगतिशील मंचका संस्थापक कृष्ण खतिवडा, माओवादी केन्द्रका नेता प्रकास पौडेल तथा एनआरएनए बेल्जियमका पुर्व उपाध्यक्ष कृष्ण पौडेल, नेताद्वय कृष्ण तिवारी, टिकाराम पौडेल, प्रगतिशील मंच र प्रवासी मंचका भूपू अध्यक्षहरु क्रमशः चित्र सुबेदी र अर्जुन गुरुङ, एनआरएनएका अध्यक्ष लोक दाहाल, पत्रकार ओम शर्मा, माओवादी केन्द्र तथा एमालेका प्रबुद्ध ब्यक्तित्व लगायत बामपन्थी चुनावी एलायन्स क्षेत्र नम्बर ४ का इन्चार्ज तथा अखिल छैठौका भूपू केन्द्रिय अध्यक्ष कृष्ण अधिकारि समेत त्यो संयुक्त सदभाव सम्मेलनमा सहभागी थिए ।

यो संकल्प प्रस्ताव नेपालको राजनैतिक स्थिरता, समृद्धि र सम्पूर्ण गरिब जनताको वर्गीय मुक्तिको आध्रार बनोस भन्दै प्रगतिशील मंचका अध्यक्ष जित लामाले हिजोका सबै तिता मिठा इतिहासका अनुभबहरु तपÞर्m नफर्किन आग्रह गरे । त्यस्तै, समाजबादी महाअभियानमा लामबद्ध हुँदै पाटीले गरेका युगान्तकारी निर्णयलाई हर तरहले साथ दिनु कार्यकर्ताको न्युनतम अनुशासन हो भने ।

प्रवाशी मंचका अध्यक्ष बोधराज पौडेलले कम्पनीको मूल्यसंगै सेयर बजारको मूल्य बढे जस्तै मुलुकको समृद्धि नभएसम्म मुलुकबासीको स्वाभिमान र गौरबरुपी शेयर बढ्दैन भन्दै यो बाम एकताले राजनतिक स्थायित्व दिएसंगै मुलुकको बिकासले गति लिने र समाजबादी कार्य्दिशाले गरिब र धनि बिचको खाडल पुर्ने ठोकुवा गरे । उनले अब देश प्रगतिशीलहरुले हाक्ने दावी गर्दै सान्ति र स्थिरताको लागि सम्पूर्ण बामपन्थी मिल्नुको विकल्प नभएको बताए ।

कार्यक्रमको अन्तिम चरणमा एकता समाजले राखेको अर्को कार्यक्रममा पुर्व बिद्यार्थी नेता तथा जनमोर्चाका पुर्व सचिबसंग बाम तथा प्रजातान्त्रिक ध्रुविकरण र त्यसले पार्ने असर बिषयक अन्तरक्रिया कार्यक्रम पनि भएको थियो । नेपाली एकता समाज बेल्जियमका अध्यक्ष बालकृष्ण कंडेलको सभापतित्वमा सम्पन्न अन्तरक्रियाको संचालन समाजका सचिब हिमाल थापाले गरेका थिए ।

‘बाम गठबन्धन मुलुकको हितमा भएकोले त्यो यो चुनाबमा गठबन्धनलाइ जिताउन प्रवासबाट सहायोग गर्नुपर्ने“ बताउदै नेता अधिकारीले ‘बामपन्थीहरु बिगतको समिक्षा सहित रुपान्तरित हुनुपर्ने’ बताए । उनले ‘जनमोर्चा पार्टी एकतामा आउन नसकेपनि राष्ट्रियता र जनजीविकाको सवालमा हमेसा बाम्पन्थीको साथमा रहेको’ जानकारी दिए । ‘जनमोर्चाले सधै निष्ठाको राजनीति गर्छ र यो सधै बाम्पन्थीको साथमा रहन्छ तपाइहरुले यसको बिगतलाइ हर्नुभो भने त्यो कुरा छर्लंग हुन्छ’ भन्दै ‘पार्टीका कार्यकर्ता स सुभचिन्तकहरु दास नबन्न र गल्ति गरे आफ्नै पार्टीको पनि निर्धक्क बिरोध गर्न’ आग्रह गरे ।

कार्यक्रमको बीच नेपाली एकता समाज, जन प्रगतिशील मंच र प्रवासी नेपाली मंचबीच बाम गठबन्धनलाई सहयोग र समर्थन गर्ने अर्को एक लिखित एकबद्धता समेत जारि गरिएको थियो । जसलाई महासचिब हिमाल थापाले पढेर सुनाएका थिए ।

अन्त्यमा बाम नेता कृष्ण अधिकारीलाई बग्लुङ्ग समाज बेल्जियमले समेत सम्मान गरेका थिए । सम्मान समारोहको अध्यक्षता समाजका अध्यक्ष गङ्गा आचार्यले गरेका थिए भने संचालन संचालन महासचिब परमानन्द सापकोटाले गरेका थिए ।