सिंहदरबारको हलचलले घटेन तरकारीको मूल्य

सिंहदरबारको हलचलले घटेन तरकारीको मूल्य


केही दिनदेखि बढिरहेको तरकारीको मूल्य नियन्त्रणमा नआएपछि आइतबार सिंहदरबारमा हलचल मच्चियो ।

प्रधानमन्त्री कार्यालयले सिंहदरबारमा तरकारीको मूल्य नियन्त्रण गर्नका निम्ति भन्दै सरोकारवालास’ग छलफल गर्यो ।

छलफल पछि तरकारीको बजार मूल्य अनुगमन र नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयले सरोकारवाला निकायलाई निर्देशन दिएतापनि आजपनि तरकारी मुल्यमा कुनै हलचल आएको छैन् । हिजो अस्तिकै जस्तै तरकारीको मूल्य छोइनसक्नु छ ।

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा भएको छलफलमा कालिमाटी तरकारी बजारमा कायम हुने थोक मूल्यका आधारमा उपभोक्ता मूल्य कायम गर्र्नुपर्नेमा त्यो नभई व्यापारीले आफूखुसी गरेको निष्कर्ष निकालिएको भएपनि सरकारी अनुगमन टोलीले सोमबार कुनै ठाउ“को अनुगमन गर्न सकेको छैन् ।

सरकारले अनावश्यक रूपमा नाफा असुल गर्ने व्यापारीलाई तल्काल कारबाही गरिने जनाएपनि सोमबार कुनैलाई कारबाही हुन सकेको छैन् ।

तरकारी विकास निर्देशनालयका अधिकारीहरुले छलफलमा तरकारीको थोक र खुद्रा मूल्यमा केन्द्रित भएर अनुगमनलाई कडा पार्न सरकारले निर्देशन दिएपनि सरकारी संयन्त्र चुस्तदुरुस्त नभएको सर्वसाधारणको भनाई छ ।

आजको दिनमा मूल्य यस्तो छ…