बुढीगण्डकी जलविद्युत आयोजना गजुवालाई दिने सम्झौता रद्द

बुढीगण्डकी जलविद्युत आयोजना गजुवालाई दिने सम्झौता रद्द


बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने प्रचण्ड सरकारको निर्णय खारेज भएको छ ।

शेर बहादुर देउवा नेतृत्वको सरकारले सो सम्झौता खारेज गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद बैठकले सम्झौता खारेजको गरेको ऊर्जामन्त्री कमल थापाले जानकारी दिए ।

प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा बुढी गण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई दिने निर्णय गरिएको थियो ।

यो निर्णय निकै विवादमा फसेको थियो । विना प्रतिस्पर्धा तत्कालिन समयमा कामचलाउ सरकारको मन्त्रीमण्डलले गेजुवालाई निर्माणको जिम्मा दिइएको भन्दै तत्कालिन सरकारको विरोध भएको थियो ।