भियतनाममा ‘डाम्रे’ले लियो १०६ को ज्यान

भियतनाममा ‘डाम्रे’ले लियो १०६ को ज्यान


भियतनाममा करिब आएको ‘डाम्रे’ नामक आँधीका कारण कम्तीमा पनि १०६ जनाको मृत्यु भएको एजेन्सीहरुले जनाएका छन् । मध्य भियतनाम र यहाँका मध्य पहाडी क्षेत्रमा एक हप्ता अघि भीषण आँधी आएको भियतनामको प्राकृतिक विपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले आज जानकारी दिएको हो । सो आँधीको कारण अझै पनि २५ व्यक्ति बेपत्ता रहेका दैवी प्रकोप व्यवस्थापन अधिकारीहरुले जनाएका छन् । आज बिहानसम्म जारी सो आँधीबाट त्यहाँको भौतिक सम्पत्तिको पनि ठूलो क्षति पुगेको छ ।

डाम्रेबाट करिब दुई हजार वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ र करिव एक लाख २० हजार हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको बताइएको छ । आँधीसँगै आएको बाढी र पहिरोले बिन्ह दिन्ह, फु येन, खान्ह होआ र क्वाङ नाममा गाडी गुड्ने बाटो र रेलयातायातमा क्षति पु¥याएको पनि अधिकारीहरुले जनाएका छन् । डाम्रेप्रभावित व्यक्तिहरुको लागि चीन सरकारले सङ्टकालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।