कस्ता प्रतिनिधि चुन्ने ? निर्णयमा नचुकौँ !

कस्ता प्रतिनिधि चुन्ने ? निर्णयमा नचुकौँ !


– निर्जला कक्षपति

प्रदेश र प्रतिनिधिसभाको चुनाव नजिकिँदै जाँदा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई चुनावी माहोलले तताइसकेको अवस्था छ । सबै दलका उम्मेदवार एवम् नेता–कार्यकर्ताहरू, जनताको घर–दैलोमा पुगिसकेका, पुगिरहेका छन् । तर जनताको भने एउटै गुनासो रहेको छ– पहिले चुनाव जिताएर पठाइयो, त्यसपछि फर्केर पनि आएनन्, फेरि चुनाव आएपछि बल्ल हाम्रो दैलो चहार्न आइपुगे ।

आक्रोश, कुण्ठा प्रशस्तै पाइन्छन् फेरि पनि असल नेता चुन्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आइपुगेको छ । बातैपिच्छे झुठ बोल्ने नेताहरू कुनचाहिँ असल छन् भनेर कसरी चिन्ने होला ? आखिर चुनावका बेला यी नेताहरूले जनताको घर–घर गएर मिठा र चिल्ला कुरो गर्ने गरेकै हुन् । यद्यपि, अब हामीले दलभन्दा असल, इमान्दार नैतिकवान् नेता छान्नुपर्ने समय आएको छ । नेताहरूमा इमान्दारिता नहुँदा नेपाली जनताले धेरै दुःख पाइसकेको अवस्था हो ।

प्रजातन्त्र पुनस्र्थापनापछिका करिब ३० वर्ष यसै खेर गएको अवस्था छ । देशमा विकासभन्दा विनासका कामहरू धेरै भए यो समयमा । लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र भएभरका तन्त्रहरू प्राप्त गर्यौं हामीले यो समयमा । तर विकासको कुरा गर्ने हो हामी धेरै पछाडि भयौँ । राजनीतिक नियुक्ति, भ्रष्टाचारले गर्दा देशलाई लथालिङ्ग पार्यो । राम्रा र योग्य मानिसले ठाउँ पाएनन् । जुनसुकै पेशा र व्यबसाय गरे पनि राजनीतिक दलको झण्डा बोकेपछि उनीहरूले अवसर धेरै पाए । यसले गर्दा व्यक्ति बन्ने देशमा सिस्टम बिग्रने अवस्था पैदा भयो । नेताहरूको वरिपरी धुम्नेहरू रातारात चम्किन थाले । औषत नेपालीको जीवन स्तरचाहिँ उकासिन सकेन ।

कुनै सभा–समारोहमा जाँदा होस् वा कोही साथीभाई भेट्दा होस् यो पङ्क्तिकारले जहिले भन्ने गरेकी छुराजनीतिक दलभन्दा राम्रो इमान्दार काम गर्न सक्ने योग्य उम्मेदवार छानौँ है भनेर । तर यसो भन्नासाथ धेरैले मलाई भन्ने गरेका छन्– ‘फलानोले जित्यो भने तिमीलाई के हुन्छ र ?’ सवाल मलाई के हुन्छ र के हुन्न भन्ने होइन, देशमा एउटा सिस्टम बस्यो भने सबैलाई फाइदा पुग्ने कुरा हो । नेताले मलाई के गर्छ भन्ने नै होइन । देश कसरी बनाउँछ भन्ने हो । देशको स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रहरूमा उल्लेखनीय सुधार होस्, राम्रो काम गर्ने मानिस सम्मानित होउन्, नराम्रो काम गर्ने मानिस दण्डित बनुन् । महिला, बालबच्चा जहाँ रहे पनि सुरक्षितका साथ बस्न र हिँड्न सकुन् । ऐन, नियम र कानुनको पालना होस् । यति भयो भने पनि देशमा शान्ति सुव्यवस्था कायम रहन्छ । त्यसका लागि असल, इमान्दार र यो राष्ट्रलाई घात नगर्ने नेता चाहिएको छ ।

घोषणापत्र भनेको हरेक दलको आ–आफ्नो धारणापत्र वा प्रतिबद्धता पत्र पनि हो । यो प्रतिबद्धता अथवा घोषणापत्रमा लेखिएका कुराहरू न कहिल्यै पूरा हुन्छन् न त जनताले घोषणापत्रलाई विश्वास नै गर्छन् । फेरि पनि चिल्ला कागजमा सपना बाँडिएका कुराहरू उल्लेख गरेर घोषणापत्र तयार पारिएका हुन्छन् । हामी जनताको पनि एउटा ठूलो कमजोरी छ, आफूले चुनेर पठाएका नेतालाई घोषणापत्रमा उल्लेख गरिएका कुराहरू कति पूरा भए, या भएनन् भने के कारणले भएनन् भनेर प्रश्न गर्न सक्नुपर्छ । त्यो प्रश्न गर्ने बानी पनि हामीसँग छैन ।

हामी जनताले पनि आफ्नो बानी परिवर्तन गर्नु जरुरी भएको छ । नेताको पछि लाग्ने बानी हटाउन अति नै जरुरी भैसकेको छ । निर्वाचनका बेला सघाएबापत पछि गएर नेतासँग व्यक्तिगत फाइदा लिन खोज्ने प्रवृत्ति हटाउनु पर्दछ । स–साना काम लिएर नेताकहाँ जाने बानी हटाउनु पर्छ । राम्रो विद्यालयमा भर्ना गराउन, जागिर दिलाइदेउ भन्न, प्रोजेक्ट मिलाइदेउ भन्न, लगायतका काम लिएर मन्त्रीकहाँ धाउने प्रवृत्ति आजैदेखि तोड्न सक्नुपर्छ । जहिलेसम्म हामी यस्ता कुरा हामीले हाम्रा जनप्रतिनिधिलाई गराइरहन्छौं तबसम्म नेताले आफना मान्छेका मात्र काम गरिरहनेछन् । यसले गर्दा फेरि पनि नेता र नेताको वरिपरि घुम्ने चाकडीवाजहरूको मात्र विकास हुनेछ । उनीहरूको मात्र जीवनस्तर उस्किने छ । आमनेपालीको जीवनस्तर अहिलको भन्दा पनि झनै खस्किने छ ।

धेरै परको कुरा नगरौँ, स्थानीय तहको चुनावमा जनताले पुराना दललाई नै भोट हाले र जिताए पनि । काठमाडौंकै कुरा गरौँ, यो राजधानीं शहर पानी पर्दा यत्ति धेरै हिलाम्य र घाम लाग्दा धुलाम्ये हुन्छ कि त्यो भनि साध्य छैन । काठमाडौंका निर्वाचित मेयरले यो समस्या निराकरणलाई प्रमुख प्राथमिकता दिएर काम गर्नुपर्ने हो, खै त यत्तिका महिना बितीसक्यो काठमाडौं महानगरपालिकाका मेयेरले के हेरेरे बसेका छन् ? त्यसैले अब फेरि पनि असल इमान्दार र यो राष्ट्रको लागि केहि गर्छु भन्ने उर्जाशील नेता चुन्ने बेला आएको छ । नेपाली जनताले आफ्नो बुद्धि विवेक प्रयोग गर्ने बेला आएको छ । अरुको लहलहैमा लागेर उही पुराना दलका पञ्चायत कालदेखि मन्त्री भएकालाई नेता चुन्ने समय यो विल्कुलै होइन । देश बनाउन युवा, फ्रस नेताहरूको आवश्यकता छ ।

अहिले सबै दलले आ-आफनो घोषणापत्र तयार गरिसकेका छन् । घोषणापत्र भनेको हरेक दलको आ–आफ्नो धारणापत्र वा प्रतिबद्धता पत्र पनि हो । यो प्रतिबद्धता अथवा घोषणापत्रमा लेखिएका कुराहरू न कहिल्यै पूरा हुन्छन् न त जनताले घोषणापत्रलाई विश्वास नै गर्छन् । फेरि पनि चिल्ला कागजमा सपना बाँडिएका कुराहरू उल्लेख गरेर घोषणापत्र तयार पारिएका हुन्छन् । हामी जनताको पनि एउटा ठूलो कमजोरी छ, आफूले चुनेर पठाएका नेतालाई घोषणापत्रमा उल्लेख गरिएका कुराहरू कति पूरा भए, या भएनन् भने के कारणले भएनन् भनेर प्रश्न गर्न सक्नुपर्छ । त्यो प्रश्न गर्ने बानी पनि हामीसँग छैन । त्यसैले नेता भएपछि जे गरेपनि हुन्छ भन्ने मनोमानी बढ्दै गएको पाइन्छ । यदि हामी टोल–टोलका जनता भेला भएर हाम्रा नेताले के गरीराखेका छन् भन्ने कुराको निगरानी राख्ने हो र कामको प्रगति विवरण माग्ने हो भने पनि नेताहरूले बेवकुफी काम गर्न सक्दैनन् ।

हामी सबैलाई आफू जन्मेको देश प्राणभन्दा प्यारो हुन्छ । देशमा अवसर भएन भन्दै दैनिक १५ सय युवाहरू विदेसिन्छन् । अनि उनीहरूले पठाएको रेमिटयान्सले मूलुक धान्निएको छ । अब पनि हामीले गलत जनप्रतिनिधि छान्यौँ भने हाम्रो मूलुक ५० वर्ष पछाडि धकेलिने छ । अनि हाम्रो अस्तित्व त्यतिबेला कहाँ रहला ? अब तँ काङ्ग्रेस, म एमाले, त राप्रपा म माओवादी भन्ने समय छैन । मुलुकको हितका लागि काम गर्ने समय भएको छ त्यसैले आस्था जतातिर राख्नोस् तर काम गर्न सक्ने युवा नेतालाई भोट हाल्ने समय आएको छ । नयाँलाई अवसर दिने पालो आएको छ । बुढा नेताहरूले रेस्ट लिनुपर्ने समय आएको छ ।

युवा वर्गलाई विदेशिन बाध्य पार्ने उनै नेतालाई भोट दिने कि देशभित्रै रोजगारीको अवसर सिर्जना गर्ने नेतालाई ? तपाई हामीले यो कुरा सोच्नैपर्छ । युवा शक्तिको जोश, जाँगर र शिपलाई देशभित्रै सदुपयोग गर्ने कि नगर्ने ? स्वास्थ्य सेवा देशभित्रै सर्वसुलभ तरिकाले उपलब्ध गराउने नेता चुन्ने कि राज्यको दोहन गरेर आफैं मुलुकबाहिर १० चोटि उपचार गराउन जाने नेता चुन्ने ? अब सही निर्णय गर्ने बेला आएको छ । हैन भने नेतालाई गाली गरेर बसेर मात्र हुनेवाला केही छैन । ढिला भैसक्यो अब, त्यसैले विवेकी भएर सौचौँ काम गर्न सक्ने उर्जाशील, देशको लागि केही गर्छु भन्ने भावना भएकाहरूलाई नै यसपाली भोट हालौँ ।

[email protected]