ठगी गर्ने नयाँ काइदा





कसैबाट ऋण लिँदा कति प्रतिशतसम्म ब्याज तिर्नु उपयुक्त होला, १२, १८, २४ कि ३६ – नेपाली समाजमा सामान्यतया प्रचलनमा रहेको ब्याजदर यही नै हो । तर, मानिसको आर्थिक मजबुरीको फाइदा उठाएर धन कमाउन पल्केका धनपिपासुहरूले कतिसम्म गर्दारहेछन् भन्ने एउटा उदाहरण घटना र विचारमार्फत पेस गर्न चाहन्छु ।
काठमाडौं वसन्तपुरनजिक झोंछेमा ‘एनटी इन्भेस्मेन्ट’ नामको साइनबोर्ड झुन्ड्याई निरज महर्जन र र्सर्ूय भन्ने व्यक्ति दुईकोठे कार्यालय खोलेर बसेका छन् । उनीहरूको भिजिटिङ कार्डमा ‘लोन, ब्याङ्क ट्रान्सफर, रियलस्टेट, डकुमेन्टेसन, बैंक ब्यालेन्स, सिए रिपोर्ट, पोभर्टर्ीीयालुएसन एन्ड मेनी मोर’ सेवा उपलब्ध गराइने कुरा छापिएको हुन्छ । ‘बिनाधितो चाहिएजति ऋण उपलब्ध गराइदिन्छौँ’ भनी उनीहरू आफूकहाँ मानिस तान्दछन् । यही प्रलोभनमा मेरा एक आफन्त पनि तानिएछन् । पैसाले फिटफिटी परेका उनले निरजसँग २५ दिनमा तिर्नेगरी डेढ लाख लिने भएछन् । आफन्तले बताएअनुसार एक लाख पचास हजार हातमा थमाइदिएपछि ‘२५ दिनको ब्याज’ भन्दै तत्काल दिएकै रकमबाट ४० हजार थुतिएछ । अनि ‘बिनाधितो दिएपछि एउटा कागज त गर्नुपर्‍यो नि’ भन्दै वैदेशिक रोजगारीका निम्ति ३ लाख लिएको कागज गराइएछ । अहिले २५ दिन गुज्रिसक्यो । यसरी म्याद गुज्रेको दिनदेखि प्रतिदिन तीन हजारका दरले पैसा माग्ने र तत्काल रकम नबुझाए पुलिसमा उजुरी गर्नेदेखि गुण्डा लगाउने, काट्ने, मार्नेसम्मको धम्की उनीहरूले दिने गरेको पीडितको कथन छ । हुन त यस्ताहरूसँग रकम सापट लिने व्यक्तिको पनि कमजोरी नै हो, तर मानिसको मजबुरीको फाइदा उठाउँदै यसरी ठग्न पाइन्छ र – बिचरा मेरा आफन्त कसरी रकम फर्काउने होला भन्दै नगदको जोडजाममा दौडेकादौड्यै छन् । ज्यान नै लिने पो हो कि भन्ने त्रासले राति सुत्नसमेत सक्दैनन् । होइन, सहयोग गर्ने भन्दै यसरी ठगीधन्दा चलाउनेहरूलाई अनुगमन र कारबाही गर्ने कुनै निकाय नेपालमा छैन र –
– एम. जोशी, बानेश्वर

विद्यालयको कोठा बलपूर्वक कब्जा
कामपा- १३ वडास्थित युनाइटेड युथ क्लबको दादागिरीले सर्वसाधारण टोलबासी आजित भएका छन् । सो क्लबले श्री नीलबाराही विद्यालयको कक्षाकोठालाई बलपूर्वक कब्जा गरेको मात्र नभई पुनर्संरचनाको निहुँमा विद्यालय प्राङ्गणमा रहेको खेलमैदानलाई आफ्ना सदस्यहरू मात्रको मनोरञ्जनअनुकूल बनाएका छन् । सो स्थानलाई साँझ छिप्पिएपछि पिएर मनोरञ्जन गर्ने थलोको रूपमा प्रयोग गरिँदै आएको छ । यसका साथै महानगरपालिकाको स्वीकृतिबिना व्यस्त रहने सडकलाई आवागमनमा बाधा पुग्ने गरी पार्किङस्थलको रूपमा प्रयोग गर्दै आएका छन् । जसबाट आउने मनोमानी भाडाबाट उठेको रकममा कुनै पारदरि्शता छैन । किनभने सोही स्थानको सरसफाइजस्तो न्यूनतम कर्तव्यमा समेत क्लबको कुनै सक्रियता भने देखिएन ।
साथै कालिमाटी तरकारीबजारको पछिल्लो गेटसँगै जोडेर बनाइएको निजी सानो बजारलाई विगतमा गेट र बाटो दिने कुराको विरोधमा सक्रिय रूपमा उत्रिएको यस क्लबले यसै विषयलाई बार्गेनिङको इस्यु बनाएको छ । फलस्वरूप मोटो रकम लिई निजी बजारलाई बाटो दिने क्रममा सार्वजनिक पुरातात्विक महत्त्वको इनार पनि मिचिने क्रममा छ । नियम र कर्तव्य मिचेर बिर्सेर पुराना संरचना बिगार्दै व्यक्तिगत संस्थालाई बाटो दिने अधिकार कुनै क्लबलाई हुन्छ – साँघुरा लाग्न थालेका बाटा एवम् मन्दिर परिसरमा समेत पसल थाप्न लगाई तिनीहरूबाट हप्ता उठाउने काम त क्लबले आफ्नो सिद्ध र स्वाभाविक अधिकार ठान्न गरेका छन् । मनपरी समयमा भारी सवारी भित्रिँदा प्रायजसो सडक जाम रहन्छ भने टोलवासीले शान्तिपूर्वक सुत्न नपाएको पनि लामो काल भयो ।
विद्यालयको कक्षाकोठा कब्जाबाट सुरु भएको क्लबको विस्तारवाद टोलवासीलाई विभिन्न प्रत्यक्ष-अप्रत्यक्ष असर त परेकै छ । सम्बन्धित निकाय मूकदर्शक बनिरहनुले पनि टोलवासीको मन कुँडिएको छ । अतः सबैले आ-आफ्नो कर्तव्यलाई पूरा गरी क्लबले पनि समयमै आफ्ना गल्तीहरू सच्याई टोलवासीको मनमा आफ्नो छविलाई स्वच्छ बनाइराख्न सुझाव दिन्छौँ ।
– समस्त टोलवासी तथा क्रान्तिकारी युवा समूह,
टंकेश्वर, कालिमाटी, काठमाडौं

प्रतिक्रिया