बेलायतको ह्ययाप्पी डेजको गीत काठमाडौंमा

बेलायतको ह्ययाप्पी डेजको गीत काठमाडौंमा


केही समययता आएर विदेशमा नेपाली सिनेमाको छायाङ्कन हुने क्रम बढ्न थालेको छ । यसै क्रममा बेलायतमा छायाङ्कन गरिएको चलचित्र ह्याप्पी डेजको गीत सार्वजनिक भएको छ ।

दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता स्टारर सिनेमा ‘ह्याप्पी डेज’को नयाँ गीत सार्वजनिक गरिएको हो । ‘तिमि बिना’ बोलको गीतमा प्रियंका कार्की र संजय गुप्ता फिचरिङ छन् । ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा दिनेश राउतको शब्द छ । युकेका विभिन्न स्थानमा छायाङ्कन गरिएको गीतको निर्देशन मिलन चाम्सले गरेका हुन् ।

यस रोमान्टिक ड्रामाले राजधानीमा एक प्रेसमिट गरेर सिनेमाका तीन गीत र टिजर पत्रकारलाई देखाएको थियो, जहाँ निर्देशक मिलन चाम्स, अभिनेता दयाहाङ राई र संजय गुप्ता उपस्थित हुँदा नायिका प्रियंका भने उपस्थित हुन् सकिनन् । काम विशेषले उनी अनुपस्थित बनेको बताएर जिज्ञासुहरूको मुख टाल्न खोजियो ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् । माघ १२ मा नेपाल रिलिज हुने सिनेमा १२ नोभेम्बरमा बेलायतमा प्रिमियर हुँदैछ ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित सिनेमामा दयाहाङ, प्रियंका र संजयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन र रिकेश चाम्स लगायतको अभिनय रहेको छ ।