प्रशंगवशका प्रसङ्गहरू -दीपकमणि दाजुभाइ

प्रशंगवशका प्रसङ्गहरू -दीपकमणि दाजुभाइ


लेखन र साहित्यिक सक्रियतामा उनी माहिर छन् । सबैले उनलाई राम्रो निबन्धकार र साहित्यिक गतिविधिमा सक्रिय साहित्यकारको रूपमा चिन्दछन् । उनी साहित्य-सिर्जनामा जति सक्रिय छन् त्यति नै दत्तचित्त छन्- आफ्ना साहित्यिक कर्महरूमा पनि ।
निरन्तर साहित्यिक काम गर्नु र गरिरहनु उनको परिचय हो । हामीले देखेदेखि उनी साहित्यकर्ममा निरन्तर जुटिरहेका छन् । ४० का सुरुका दिनहरू हुुनर्ुपर्छ जतिखेर उनीसँग हाम्रो परिचय भएको थियो- औपचारिक । देख्न त हामीले उनलाई बाल्यकालदेखि नै देखेका । त्यसबेलादेखि उनी आजसम्म साहित्यकर्ममा निरन्तर लागिपरेका छन् । उनको यही सक्रियताले उनीप्रतिको हाम्रो सम्मानमा बल प्रदान गरेको छ ।
प्रसङ्ग हो- प्रङ्गवशको । निबन्धकार श्रीओम श्रेष्ठ रोदनको नवीनतम् कृति प्रसङ्गवशको । साहित्यिक वार्ताहरूको यो सङ्ग्रह निबन्धकार रोदनको लामो मिहिनेत र प्रयासको प्रतिफल हो । यस कृतिको तयारीका लागि उनले आफ्नो डेढ दशकभन्दा बढी समय खर्च गरेका छन् । उनले गरेको खर्चअनुरूपकै कृति तयार भएको छ- प्रसङ्गवश ।
श्रीओम साहित्यिक मासिक मधर्ुपर्कका सम्पादक पनि हुन् । मधर्ुपर्कमा उनको एउटा स्तम्भ छ प्रसङ्गवश । यही स्तम्भमा विभिन्न समयमा प्रकाशित संवार्ताहरूको छनोट गरी प्रकाशित कृति हो प्रसङ्गवश । यसभित्र ८१ ज्ाना साहित्यकारका संवार्ता सङ्कलित छन् । वि.सं. २०४२ देखि २०६६ सम्म लिइएका अन्तर्वार्ताहरू यसमा समेटिएको छ । ८१ ज्ाना विशिष्ट स्रष्टाहरूमा २१ ज्ानाको त निधन भइसकेको छ ।
निधन भइसकेका स्रष्टाहरूका धारणा र उनीहरूबारेको आत्ममूल्याङ्कन कुनै समाचोलकीय कृतिमा मात्र पढ्न पाइन्छ । त्यो पनि स्रष्टा स्वयम्को अभिव्यक्ति नभई तेस्रो पक्षले सुनेका या पढेका आधारमा व्यक्त सापटी विचारहरू समेटिएका हुन्छन् । तर, र्सजक स्वयम्ले आफ्नै कृत्ाित्व र व्यक्तित्वका बारेमा राखेका धारणाहरू साह्रै थोरै पुस्तकहरूमा मात्र पाइन्छ । त्यसैले यस कृतिमा परेका वार्ताहरूमध्ये २१ ज्ाना स्रष्टा हाम्रो माझमा छैनन् र उनीहरूको धारणा र आत्ममूल्याङ्कन पढ्न यो कृति महत्त्वपूर्ण सावित हुन सक्छ ।
सङ्ग्रहित अन्तर्वार्ताहरू वार्ता र वर्णानात्मक शैलीमा प्रस्तुत भएका छन् । जसले पाठकहरूलाई सहज तर फरक स्वाद दिनेछ । त्यस्तै वार्ताहरू प्रश्नबाट, प्रश्नोत्तर लेखनबाट, विवरणात्मक र यात्राबाट पनि गरिएका छन् । यसले लेखनमा विविधता देखिएको छ । फेरि फरक-फरक स्रष्टा र विभिन्न कालखण्डका स्रष्टालाई एकै ठाउँमा भिन्नभिन्न प्रश्नका माझ भेटिनुले पनि पाठकलाई आनन्द आउँछ । अझ साहित्यकै विद्यार्थीका लागि भने यो कृति पठनीय बनेको छ । उनीहरूका लागि त यो कृतिबाट स्रष्टाको परिचयमात्र मिल्दैन, स्रष्टाको विचार र धारणा पनि मिल्दछ । जसका कारण उनीहरूले खोजेका कुराहरू प्ााउन सक्दछन् ।
कृति तयारीका क्रममा श्रीओमले वार्ताका क्रममा प्रश्नहरू आक्रामक र अतिरञ्जनपूर्ण सोधेका छैनन् । उनले सोधेका सरल र सकारात्मक प्रश्नको उत्तरहरू पनि स्वाभाविक र हृदययुक्त आएका छन् । यो सतही अन्तर्वार्ताको सङ्ग्रह होइन । यो त स्रष्टाहरूसँग लिइएको अन्तरङ्ग अझ भनौँ एक हृदयले अर्को हृदयसँग गरेको कुराकानी हो । यसमा स्रष्टाका मस्तिष्कभन्दा पनि मन बोलेका छन् । उनीहरू सिर्जनामा व्यक्त हुन नसकेका मनोदशाहरू बाहिर आएका छन् । हामीलाई लाग्छ- यो कृतिको सबभन्दा सुन्दर र सबल पक्ष पनि यही नै हो ।
प्रसङ्गवशमा गरिएका वार्ताहरू पढनीय बनेका छन् । आमरूपमा जानकारी पाउन चासो हुने स्रष्टाको विचार, विधागत अवधारणा, त्यस क्षेत्रमा र्सजकले गरेको योगदानका पक्षमा यस सङ्ग्रहले यथेष्ट जानकारी दिन्छ ।
तत्कालीन र समकालीन वाङमयिक वस्तुस्थितिलाई चित्रण गर्ने जुन प्रयास श्रीओमले गरेका छन् त्यसमा उनी सफल पनि भएका छन् । यस कृतिमा कविवर माधव घिमिरे, गोविन्द मल्ल गोठाले, लैनसिंह वाग्देल, मोहन कोइराला, लीलबहादुर क्षेत्री, वासुपासा, टुकराज मिश्र, छिन्नलता, धच गोतामे, धुस्वा सायमी, डा. स्वामी प्रपन्नाचार्य, बालकृष्ण पोखरेल, फणिन्द्रराज खेताला, भीमदर्शन रोकाजस्ता अग्रज स्रष्टा समेटिएका छन् । त्यस्तै चित्तरञ्जन नेपाली, डायमण्डशमशेर राणा, मदनमणि दीक्षित, रमेश विकल, कृष्णचन्द्रसिंह प्रधान, कमल दीक्षित, कृष्णप्रसाद पराजुली, क्षेत्रप्रताप अधिकारी, गीता केशरी, केवलपुरे किसान, जगदीशशमशेर राणा, डा. डीपी भण्डारी, दर्ुगालाल श्रेष्ठ, देवकुमारी थापा, धर्मराज थापालगायतका संवार्ताहरू सङ्ग्रहमा परेका छन् । त्यसो त प्रसङ्गवशमा ३० का दशकका विशिष्ट हस्ताक्षर अशेष मल्ल, राजव पनि समेटिएका छन् । प्रसङ्गवश फरक-फरक समय र कालखण्डका विचारहरू सङ्ग्रहित वजनदार कृति हो । यसभित्रका विचारहरू प्रत्येक स्रष्टाका निजी विचार भए पनि यसले साहित्य र जीवन बुझ्नलाई मद्दत पुर्‍याएको छ ।
प्रसङ्गवशमा नेपाली भाषामा विद्यावारिधि गर्ने ब्रिटिस नागरिक माइकल हट र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन उद्यत् ग्रेटा राणाका वार्ता पनि सङ्ग्रहित छन् । यति धेरै कवि, लेखक, चित्रकार, सङ्गीतकर्मी र संस्कृतिविद्हरूलाई एकै ठाउँमा समेटिएको सम्भवतः यो पहिलो कृति हो ।
त्यसो त यस कृतिमा सबै समेटिएका छन् भन्न मिल्ने अवस्था छैन । नेपाली साहित्यमा आफ्नो पहिचान बनाइसकेका दैवज्ञराज न्यौपानेर्,र् इश्वर वल्लभ, घटराज भट्टर्राई, जनकप्रसाद हुमागाईं, तोया गुरुङजस्ता केही स्रष्टाहरू छुटेका छन् । उनीहरूलाई पनि समेटेको भए कृतिको वजन अझ बढ्न सक्थ्यो भन्न सकिन्छ । सङ्ग्रह राम्रो र पठनीय बने पनि यो कृतिको छपाइमा केही समस्याहरू देखिएका छन् । जस्तो पुस्तकमा समेटिएका सबै स्रष्टाहरूको तस्बिर छपाइ बिग्रिएको छ । तस्बिर जति सुन्दर र सफा छापिन सक्थ्यो त्यस्तो छापिएको छैन । अन्य संस्करणहरूमा प्रकाशक रत्न पुस्तक भण्डारले यस कुरामा ध्यान पुर्‍याए कृतिमा खोट लगाउने ठाउँ भेटिँदैन ।
कृतिका लेखक श्रीओमको यो नवौँ कृति हो । यसअघि उनका दुई कवितासङ्ग्रह, तीन निबन्धसङ्ग्रह, दुई नियात्रा र एक लघुकथा सङ्ग्रह प्रकाशित छन् । उनले विभिन्न कृतिहरूको सम्पादन पनि गरेका छन् ।