अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्ध गोली चल्यो, २७ को मृत्यु

अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्ध गोली चल्यो, २७ को मृत्यु


अमेरिकास्थित टेक्सास प्रान्तको एक चर्चमा प्रार्थना गरीरहेका बेला अन्धाधुन्ध गोली चलेको छ ।

गोली एक चर्चमा चलेको हो । गोली लागेर २७ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । स्थानिय संचार माध्यमका अनुसार कालो कपडा लगाएर आएका एक युवकले विहान साँढे ११ बजेको समयमा चर्चभित्र पसेर गोली चलाएका हुन् ।

स्थानिय प्रहरीका अनुसार बन्दुकधारीले चलाएको गोली लागेर पाँचदेखि ७२ वर्ष उमेर समूहका मानिसहरुको मृत्यु भएको छ ।
जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत ‘भगवान सन्डरल्याण्ड स्प्रिङ्स, टेक्सासका जनताको साथ देऊ ।’ भनेर लेखेका छन् ।

बीबीसी समाचारका अनुसार आक्रमणकारीलाई प्रहरीले मारिदिएको छ भने २० जना घाइते भएका र उनीहरुलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ ।