लेवनानी प्रधानमन्त्रीको घोषणा- ‘इरानी प्रधानमन्त्री’ पदबाट राजीनामा दिएँ !

लेवनानी प्रधानमन्त्रीको घोषणा- ‘इरानी प्रधानमन्त्री’ पदबाट राजीनामा दिएँ !


लेबनानी प्रधानमन्त्री सायद हरीरीले हिजो शनिबार पदबाट राजीनामा दिएका छन् । आत्मसुरक्षाको कारण देखाउँदै पदत्याग गरेका हरीरीले राजीनामा दिने क्रममा दिएको अभिव्यक्ति भने यतिबेला चर्चाको सन्दर्भ बनेको छ । मुलुकमा इरानको हस्तक्षेप र आफ्नो जीवनमा नै खतरा रहेको कारण देखाउँदै राजिनामा घोषणा गरेका उनले भनेका छन्, ‘मैले इरानी प्रधानमन्त्रीको पदबाट राजिनामा दिएको छु ।’

इरानको दबाब सहेर आफू पदमा टिक्न नसकिएको उनको अभिव्यक्तिको आशय सहजै बुझ्न सकिन्थ्यो । साउदी अरबको अल अरेबीया समाचार सञ्जालमार्फत प्रसारण गरिएको सम्बोधनमा उनले भने, ‘मेरो जीवनमा खतरा निम्ताउने षड्यन्त्र भएको महसुस भएपछि मैले राजिनामा दिएको छु ।’

दुई पटक लेवनानको प्रधानमन्त्रीमा निर्वाचित हरीरीका बाबु रफिकको प्रधानमन्त्री पदमा बहाल रहेकै बेला सन् २००५ मा हत्या गरिएको थियो । रफिकको हत्यामा इरान तथा लेवनानीे सिया समूह हेजबुल्लाहको सम्लग्नता रहेको बतार्इंदै आएको छ ।