८८ किलो सुन तस्करीमा संलग्न ११ जना विरुद्ध मुद्दा दायर

८८ किलो सुन तस्करीमा संलग्न ११ जना विरुद्ध मुद्दा दायर


८८ किलोग्राम सुन तस्करीमा संलग्न विरुद्ध मुद्दा महानगरीय प्रहरी अपराध अनुसान्धान शाखाले दायर गरेको छ । सुन तस्करीमा संलग्न ११ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा महानगरीय प्रहरीले मुद्दा दायर गरेको होे ।

गत भदौ १९ गते प्रहरीले केरुङ नाका हुँदै भित्रिएको ८८ किलो सुन ठमेलबाट बरामद गरेको थियो । सोही सुन तस्करीमा संलग्न विरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।

उनीहरु विरुद्ध ४३ करोड रुपैयाँ बिगो दावी गर्दै प्रहरीले मुद्दा दायर रहेको हो । प्रहरीले तस्करीमा संलग्न शुभरत्न शाक्य, नन्दकुमार पाण्डुरंग मगर्ले, उल्लाहास दिनकर लालुङ्गे, मानबहादुर तामाङ, गणेशदत्त बडु, सत्यनारायाण अग्रवाल, नन्दकुमार पाण्डुरंग मगर्ले, उल्लाहास दिनकर लालुङ्गे, मानबहादुर तामाङ र ल्याक्पा ग्याल्जोङविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ ।