१५ औं हस्तकला मेला तथा प्रतियोगिता मंसिर १ देखि

१५ औं हस्तकला मेला तथा प्रतियोगिता मंसिर १ देखि


आगामी मंसिर १ गतेदेखि १५ औं हस्तकला ब्यापार मेला तथा १३ औ हस्तकला प्रतियोगिता हुने भएको छ । काठमाडौंको भकुटीमण्डपमा हुने सो मेला ५ गतेसम्म चल्ने आयोजक नेपाल हस्तकला महासंघले जानकारी दिएको छ ।

नेपाल सरकार वाणिज्य मन्त्रालय व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा मेला आयोजना हुँदै आएको छ । मेलामा ९ वटा प्याभिलियन सहित करिब २०० स्टल रहने छन् । हालसम्म ९ वटा प्याभिलियन र करिब ९५ प्रतिशत स्टलहरु बिक्री भईसकेको महांघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।

मेलामा प्याभिलियन र स्टलहरु मध्येबाट उत्कृष्ट एक एकलाई आकर्षक नगद पुरस्कारको पनि ब्यवस्था गरिएको छ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया आदि प्रर्दशनी तथा विक्रीका लागि राखिने छन् ।