उम्मेदवारी मनोनयनको रौनक

उम्मेदवारी मनोनयनको रौनक


दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि काठमाडौँमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गर्न बिहीबार राष्ट्रिय सभा गृह परिसरमा सहभागी भएका नेताहरुको भीड ।

प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउन जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु ।

सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउनका लागि जाँदै उपप्रधान एवम संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार ।

दोस्रो चरणको निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायण प्रकाश साउद ।

प्रतिनिधिसभाको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो नाम दर्ता गर्दै नेपाली काँग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जित ।

दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि काठमाडौँमा प्रतिनिधिसभा सदस्य नेकपा एमालेका तर्फबाट उम्मेदवारी मनोनयन दर्तापछि माधव कुमार नेपाल ।

प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार आफ्नो नाम दर्ता गर्न बस्नुभएका नेपाली काँग्रेसका उम्मेदवार एवम् खेलकुदमन्त्री राजन केसी ।

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले इलाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउँदै ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा चितवन–३ बाट मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ।

तस्बिर : रासस