चन्द्रागिरि र टर्किस एयरलाइन्सबीच सम्झौता

चन्द्रागिरि र टर्किस एयरलाइन्सबीच सम्झौता


चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धन गरिएको चन्द्रागिरि केवलकार र टर्किस एयरलाइन्सबीच टिकट खरिदमा छुट लिने–दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रबन्धक अभिषेकविक्रम शाह र टर्किस एयरलाइन्सको तर्फबाट महाप्रबन्धक अब्दुल्हा तुन्सेर केसेचिले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार चन्द्रागिरि हिल्स लिमिटेड र टर्किस एयरलाइन्समा कार्यरत कर्मचारीहरू र यात्रु महानुभावहरुले दुवैतर्फको टिकट खरिदमा छुट पाउने व्यवस्था मिलाइएको छ । छुटसम्बन्धी व्यवस्था सम्झौतापत्रको सेवा र शर्तहरूमा आधारित हुनेछ । कर्मचारीहरुको हकमा दुवैतर्फको टिकट खरिदमा कम्पनीले जारी गरेको परिचय–पत्र र यात्रुहरूको हकमा यात्रा अवधिको बोर्डिङ पास र टिकट देखाउन अनिवार्य गरिएको बताइएको छ ।

सन् १९३३ मा स्थापित टर्किस एयरलाइन्ससँग अहिले २ सय ५१ अन्तर्र्राष्ट्रिय र ४९ आन्तरिक उडान भने जहाज छन् भर्ने विश्वका ३०० गन्तव्यमा नियमित उडान भर्दै आएको छ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।