नेपालमा ‘यान्ड्रिज’ का उत्पादनको माग बढ्दो

नेपालमा ‘यान्ड्रिज’ का उत्पादनको माग बढ्दो


नेपालमा युरोपियन प्रविधीमा आधारित यान्ड्रिज कम्पनीका विद्युतीय उपकरणहरुको माग बढेको छ ।

पछिल्लो समययता कम्पनीले नेपाल सुहाउँदो जलविद्युत आयोजनाका टर्बाइन, जेनेरेटर लगायतका उपकरणहरु निर्माण गरेपछि यसको मागमा बद्धि भएको हो ।

नेपालमा निर्माण सम्पन्न भएका २५ बढि जलविद्युत आयोजनाहरुमा उच्च गुणस्तरीय क्षमताका उत्पादनको प्रयोग गरिएको यान्ड्रिज हाइड्रो कम्पनी भारतका महानिर्देशक तथा सिइयो जोसेफ एम उल्मरले बताए । उनले नेपालमा निर्माण गरिने जलविद्युत आयोजनासँग मिल्ने खालका टर्बाइन लगायतका विद्युतीय उपकरणहरु निर्माण गरेको बताए ।

‘विश्वभरी नै प्रतिस्पर्धात्मक ढंगले अघि बढिरहेका छौं ।’ उल्मरले भने, ‘नेपालमा पनि जलविद्युतको अत्याधिक संभावना रहेकोले हामीलृ २८ बर्षदेखि काम गर्दै आइरहेका छौं ।’ उनका अनुसार टर्बाइन, जेनेरेटर तथा अन्य उपकरणका लागि नेपाल प्रमुख बजार हो ।

भारतमा एसियामै सबैभन्दा ठूलो प्लान्ट खोलेर उत्पादन शुरु गरेको यस कम्पनीले टर्बाइनमा एकसय ७५ बर्ष र जेनेरेटरमा एकसय २० बर्ष पुरानो अनुभव गरेको दावी गरेको छ । कम्पनीले राजधानीमा आयोजना गरेको २ दिने कार्यक्रममा अहिलेसम्म ३१ हजार ६ सय टर्बाइन उत्पादन गरीसकेको जनाएको छ ।

नेपालको जलविद्युत क्षेत्रमा ५९ प्रतिशत उपकरणहरु वितरण गर्दै आइरहेको यस कम्पनीले अपर नौगढ, अपर दोर्दी–ए, हेवा, कावेली बि १, सोलु, खानी खोला, चतरा, कुलेखानी–१, मैलुङ खोला, पुवा खोला–१, अपर मैलुङ, दरौदी–ए, चिलिमे, खिम्ती, दार्चुला, झिम्रुक, मध्य भोटेकोशी, अपर तामाकोशी, मध्यमस्र्याङ्दी, थापा खोला लगायतका आयोजनामा टर्बाइन तथा उपकरणहरु प्रतिस्थापन गरेको दावी गरेको छ ।

कार्यक्रममा विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले यान्ड्रिजले नेपालको जलविद्युत विकासमा सहयात्रीको भुमिका निभाएको बताएका छन् । उनले नेपालका धेरै आयोजनाहरुमा यसै कम्पनीका उपकरणहरु जडान गरिएको बताए । ‘हामीले १० हजार मेगावाटको लक्ष्य लिइरहेका छौं ।’ उनले भने, ‘नेपालमा टर्बाइन लगायतका उपकरणहरुको माग बढ्ने छ ।’

उनले कम्पनीले गुणस्तरमा अझै ध्यान दिनुपर्ने भन्दै नेपाली बजारलाई हेरेर मुल्यमा सहजता ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्युत प्राधिकरण, उर्जा मन्त्रालय, सरकारी तथा निजि जलविद्युत आयोजनाका प्रमुख तथा प्रवद्र्धकहरु, कम्पनीका उत्पादक, वितरक लगायतको सहभागिता रहेको थियो ।