ग्लोबल आइएमईले शुरु गर्यो भाइवर बैंकिङ सेवा

ग्लोबल आइएमईले शुरु गर्यो भाइवर बैंकिङ सेवा


ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक भाइबरमार्फत बैंकिङ सेवा सुरु गरेको छ । उक्त भाइबर बैंकिङ सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ सेवाको बारेमा जानकारी लिन सक्ने सो बैंकले जानकारी दिएको छ ।

भाइबर बैंकिङ सेवा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर उक्त बैंकको ‘ग्लोबल स्मार्ट मोबाइल बैंकिङ सेवा’मा रजिष्टर गरिएको हुनुपर्ने छ । ग्लोबल स्मार्ट मोबाईल बैंकिङ सेवामा रजिष्टर गरिएको मोबाइलका प्रयोगकर्ता ग्राहकले भाइबर बैंकिङमार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुविधा, मुद्धति खातालगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिन सकिने बताइएको छ । यो सेवा ग्लोबल आइएमई बैंकका ग्राहकले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले उपयोग गर्न सक्ने छन् । खाता नभएका व्यक्तिले यो सेवामार्फत बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् ।