संसारकै ठूलो कुकुरसँग मोडल मोहित

संसारकै ठूलो कुकुरसँग मोडल मोहित


बेलायतकी पूर्वफेसन मोडल क्लेरी स्टोनमेनले एउटा मरन्च्याँसे कुकुरको छाउरो खरिद गरेको बेला कल्पना गरेकी थिइनन् कि यसकै ज्यानको आकारका कारण आज विश्वव्यापी पहिचान हासिल हुनेछ । फ्रेडी नामले पुकार्ने गरिएको उक्त कुकुरको लम्बाइ पाँच वर्ष अवधिमा ७ फिट ६ इन्च पुगेको छ भने गिनिज बुकमा विश्वकै अग्लो कुकुरको रूपमा दर्ता भई यश फैलाएको छ । ग्रेट डेन प्रजातिको उक्त कुकुर पिनट बटरको साथ चिकन खान मन पराउँछ भने एकैपटकमा किलोका किलो बटर र थुप्रै कुखुरा हजम गर्दछ । उसको खुराककै लागि मात्र वर्षेनी करिब १६ लाख रुपैयाँ खर्च हुने क्लेरीको भनाइ छ । आश्चर्यको कुराचाहिँ के छ भने फ्रेडीसँग अलग हुनुपर्ला भन्ने भयका कारण पछिल्लो पाँच वर्षदेखि उनी कुनै पुरुषसँग रिलेसनसिपमा छैनन् । उनी किङ साइजको बेडमा फ्रेडीसँगै सुत्छिन् । तथापि, क्लेरी एक यस्तो पार्टनरको खोजीमा छिन् जसलाई उनी र फ्रेडीबीचको सम्बन्धमा आपत्ति नहोस् ।