माछापुच्छ्रेको पाल्पा शाखा स्थानान्तरण

माछापुच्छ्रेको पाल्पा शाखा स्थानान्तरण


पाल्पाको तानसेनमा रहेको माछापुच्छ्रे बैंकको शाखालाई स्थानान्तरण भएको छ । सदरमुकाममा रहेको बैंकको उक्त शाखालाई शिल्खानटोल, तानसेन–४ मा सारिएको हो ।

शाखाको उद्घघाटन पाल्पाका मेयर अशोककुमार शाहीले गरेको बैंकले जनाएको छ । शाखाबाट बैकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने भएको छ ।

यसका साथै २४ सै घण्टा रकम झिक्न सकिने आफ्नै एटिएम समेत संचालमा ल्याएको छ ।