शैक्षिक प्रतियोगितामार्फत नेपाली बालाले राखिन् स्कुलको नाम

शैक्षिक प्रतियोगितामार्फत नेपाली बालाले राखिन् स्कुलको नाम



– डिल्लीराम अम्माई, स्पेन

सामुहिक कार्य विकासको भावना विकास गर्न, एक परियोजना प्रस्तुत र रक्षा गर्ने उत्प्रेरणा जागृत गर्न अनि प्रजातान्त्रिक चयन प्रक्रियामार्फत स्वतन्त्रताको अनुभूति गराउँदै स्पेनको अल्तिया क्षेत्रका प्रत्येक सार्वजनिक विद्यालयको प्रतिनिधित्वमुलक बहसमार्फत शिशु स्कुलको नाम राख्ने कार्य सम्पन्न भएको छ । जसमा नगरपालिकाका शिशु र प्राथमिक विद्यार्थीहरूले दुई हप्ताको लागि एउटा नयाँ नर्सरी विद्यालयको नाम दिन सफल भएका छन् ।

प्रस्तावित नाम ‘मिनी-मोन’, ‘सेइप एल ओलाकी’बाट चयन गरिएको छ । त्यो नाम जुराउने ‘सेइप एल ओलाकी’ कक्षा सातमा अध्ययनरत नेपाली छात्रा सेजल कंडेल थिइन् । उनले जुराएको त्यो नाम उनको समुहले छनौट समुहमा प्रस्ताव गरेको थियो ।

उक्त नयाँ नर्सरी स्कुलको नाम राख्न नगरपालिकाभित्रका विद्यार्थीहरु बीच विभिन्न समूह बनार्इ नाम राख्ने प्रतियोगिता गराइएको थियो । जसमा नाम राख्ने उत्कृष्ट प्रतियोगीलाई पुरस्कारको समेत ब्यबस्था गरिएको थियो ।

अक्टोबर २६ तारिकको बिहान सोशल सेन्टरको सार्वजनिक सभामा आयोजित एक समारोहमा अल्तियाका पाँचवटा स्कूलका प्रत्येक दुई समूहहरूले यस आयोजित प्रतियोगिताको अन्तिममा आफ्नो नाम र लोगो प्रस्तावहरू प्रस्तुत गरे। शिक्षा विभागको नयाँ नाम राख्ने उद्देश्यअनुशार उच्च प्राइमरी र प्राइमरीका विद्यार्थीहरूले नर्सरीको नाम तय गरे, जुन अहिलेसम्मु ‘एल एस्कोलेता’को रूपमा चिनिन्थ्यो। छनौट समितिका वकिल, प्रत्येक राजनैतिक समूहको प्रतिनिधि, माइगुल हेर्नान्देज विश्वविद्यालयका फाइन आर्ट्सका संस्थापक, बेलगुआरा र अल्टाशिया संस्थानका निर्देशकहरू र स्थायी एडल्ट स्कूलको प्रतिनिधिले अन्ततः यो परियोजनाको छनौट गरेका थिए। सीईआईपी एलओ ओलाको दोस्रो प्रिमियरको टोली जसले ‘मिनी-मोन’ प्रस्ताव गरेको थियो।

पन्ध्र दिनको लागि, ३ देखि ११ वर्षसम्मका विद्यार्थीहरूलाई आफ्ना कक्षाको समूह बनाएर नयाँ स्कुलको लोगो र नामको लागि छलफल गराइयो । उनीहरुले नाम र लोगोको बारेमा स्वतःस्फुर्त बहस गरे । प्रत्येक टिमले एउटा एउटा नाममा बिना दबाब सहमति कायम गरे । त्यहि सहमतिको नाम निर्णायक टोलिलार्इ प्रस्तुत गरियो ।

शिक्षा परिषदका काउसिलर विसेन्टा पेरेज बारबरले भने, ‘आज विद्यालय समुदायको बीच प्रतिस्प्रधाको प्रजातान्रिक प्रक्रियामार्फत नयाँ स्कुलले नयाँ नाम पाएको छ’ उनले थपे- ‘नर्सरीको लागि एक नाम र एक लोगो खोज्नुलाई पनि शैक्षिक प्रतियोगिताको भागमा राखियो । धेरै छात्र छात्राहरुले ब्यापक रुपमा बहसमा भाग लिए । त्यो बिध्यार्थिलाई सानै देखि पूर्ण जिम्मेवारी पुर्वक स्वतन्त्रताको अभ्यास गराउने कलाको बिकास हो । त्यसले उनीहरु हरेक कुरामा सामुहिक कार्यको लागि अभ्यस्त र जवाफदेही बन्दै जान्छन ।’

अन्तमा २६ अक्टोबरको दिन आफ्नो कार्यको प्रतिफल सुन्न सोसल सेन्टरको हल भिडले खाचिखाचाउ भयो । नाम प्रस्ताव गर्ने सबै टिमका सहभागीहरुलाई आफ्नो नाम, टिम र प्रस्तावसहित भीआइपी निर्णायक मण्डलसमक्ष बोलाइयो । सबै विद्यर्थीहरुले आफुले प्रस्ताव गरेको नामको अर्थ, सान्दर्भिकता र उपादेयताको बारेमा विश्लेषण सुनाए । त्यो कार्यक्रम एक शेक्षिक प्रतियोगिताकै रुपमा संचालन भयो । निर्णायकले सबैको बिचार सुनिसकेपछि एक घण्टासम्म परियोजनाको ‘गुणवत्ता र रचनात्मकता’को बारेमा बहस सुनाए ।

अन्तमा सबै अर्थमा नर्सरी स्कुलको नाम ‘मिनी-मोन’ उपयुक्त हुने निर्णय सुनाए । सहभागी विद्यार्थीहरुलाई एक सय युरो र विजित टिमका विद्यार्थीहरुलाई तीन सय युरो र प्रमाणपत्र वितरण गरि कार्यक्रमको समापन भयो । विजित टिमको नेतृत्व गरेकी सेजल कँडेललाई समारोहमा विशेष सम्मान गरियो ।