‘ऐश्वर्य’ को सुरुवाती व्यापार आक्रमक

‘ऐश्वर्य’ को सुरुवाती व्यापार आक्रमक


छठ पर्वको अवसर पारेर बिहिबार नै देशभर एकसाथ रिलिज भएको चलचित्र ‘ऐश्वर्य’ले सुरुवाती व्यापार आक्रमक गरेको छ । कलाकारको रुपमा लामो समय विताएका रमेश उप्रेतिको निर्माणमा डेब्यु रहेको चलचित्र हेर्न बिहिबार र शुक्रबार बिहानी शोमा दर्शकको भिड देखिएको छ ।

वितरक डिसीएनले दिएको जानकारी अनुसार चलचित्रे उपत्यकामा २८ लाख ८६ हजार १०७ रुपैयाको ग्रस कलेक्सन गरेको छ, भने मोफसलमा १९ लाख ३० हजार ५७५ को ब्यापार गर्न सफल भएको छ । यसको हिसावले हेर्ने हो भने पनि पहिलो दिन ४८ लाख १६ हजार ६ सय ८२ कलेक्सन गरेको छ ।

चलचित्रलाई शुक्रबार बिहानी शोमा ८० देखि ९० प्रतिशत अकुपेन्सी मिलेको निर्माण युनिटले जनाएको छ । मल्टिप्लेक्सका चलचित्र भवन क्युएफएक्स, बिग मुभिज, क्युज सिनेमा, एफक्युब लगायत गोपी कृष्ण, गुण सिनेमा, अष्टनारायण पिक्चर्स र मोफसलको मुख्य स्टेसन पोखरा, नारायणगढ, हेटौडा र पुर्वका स्टेसनमा चलचित्रले राम्रो ब्यवसाय गरेको निर्माण युनिटको दाबी छ । चलचित्र भवनको तर्फबाट ब्यवसाहिक रिपोट आउन भने बाँकी छ ।

चलचित्रले बिहिबारनै बिग मुभिज कमलपोखरीमा एक पे्रस शोसमेत राखेको थियो । उक्त सोमा अधिकांश रंगपत्रकारहरुको उपस्थिती थियो । उक्त शोमा भिलेन प्रशान्त ताम्राकार, अभिनेत्री केकी अधिकारी र डेब्यु गर्ल दीपिका प्रसाईं बधाइका पत्र भए ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा केकी , रमेश, प्रशान्त र दीपिकासँगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, केशव भट्टराई, अर्जुनजंग शाही लगायतको अभिनय रहेको छ ।