प्रवासमा पनि देउसी भैलो

प्रवासमा पनि देउसी भैलो


– उद्धव मगर (दोहा कतार)

नेपाली एकता समाजअन्तर्गत रक्तिम अभियानद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ । रक्तिम विभागका सल्लाहाकार गिरी काउछाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा खगेश्वर र भुसाल, सचिव रण बहादुरको विसीले सुरुवाती सम्बोधन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन हुनुहुन्थ्यो भने अतिथिहरूमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहाकार अर्जुन थापा, पुर्वउपाध्यक्ष दावा लामा, सचिवालय सदस्य हेमन्त वाईवा, कोषाध्यक्ष धनबहादुर परियार, केन्द्रिय महासचिव वखिम बुढा, सचिव विष्णु थापा, केन्द्रिय सदस्य सुर्य सुवेदी, बुद्धिजीवी विभागका मिनराज पुन, महिला विभागका अमिना खान, हाँक साप्ताहिकका सम्वाददाता उद्धव मगर, पत्रकार रामप्रसाद पराजुली तथा कतार नेपाली एकता समाज मातहत रहेको सम्पूर्ण एरिया ईकाइका सदस्यहरू थिए ।


कार्यक्रममा विभिन्न संघ–संस्थालगायत समाजसेवी व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती रहेको थियो । गैरआवसीय नेपाली संघका उत्तम गुरुङ, नेपाल पत्रकार महासंघ (शाखा) कतारका गणेश प्रसाद बन्जाडे, प्यूठान सेवा समाजका मानबहादुर के.सी, स्याङजा सहयोग समाजका अजमत अली, पर्वत युवा सेवा समाजका हरि प्रसाद शर्मा, वाग्लुङ सेवा समाजका कार्यवाहक सचिव तेजनारायाण शर्मा, दाङ देउखुरी सेवा समाजका लिलाधार आचार्य, सुदूर पश्चिम सेवा समाजका टेक बहादुर बोहोरा, नेपाली मुस्लिम समाजका गुफर अहमद, दलित एकता समाजका यम रसाईली, नेपाली मगर संघ कतार शाखाका अभिमन पुन, विश्वकर्मा समाजका गमबहादुर विश्वकर्मा, काभ्रे सेवा समाजर्का नन्द ढुङ्गाना, जनसम्पर्क समितिका महमद अजीज अली, साथै समाजसेवी करिम बक्स मियाँ, रेशमबहादुर बस्नेत, वेदराज अधिकारी, लिलाबहादुर जि.सी, सगरमाथा म.म. सेन्टरका बरुणदेव श्रेष्ठ, समाजसेवी भलाकाजी राई, भोलानाथ पराजुली लगायतको सहभागिता रहेको थियो ।

देउसी भैलीको बारेमा हेमन्त वाईवाले नेपालीहरु जो जहाँ रहे पनि साँस्कृतिक परम्परा धान्ने गरेको वताउनु भयो । अध्यक्ष गिरी काउछाले सम्पूर्णलाई शुभकामना दिदै विदेश भूमिमा रहेपनि आफ्नो संस्कृतिलाई निरन्तरता दिन पाएकोमा गौरवान्वित भएको बताउनु भयो ।