कालोबजारी गर्नेलाई कडा कारबाही हुन्छ : आपूर्तिमन्त्री चन्द

कालोबजारी गर्नेलाई कडा कारबाही हुन्छ : आपूर्तिमन्त्री चन्द


आपुर्तिमन्त्री जयन्त चन्दले निर्वाचन निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा सम्पन्न हुने विश्वास दिलाएका छन् ।

शनिबार आफ्नै निवास लोकन्थलीमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री चन्दले यस्तो बताएका हुन् । उनले भने, ‘निर्वाचन निश्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न हुनुपर्छ, निश्चित भैसकेको छ, मंसिर १० र २१ गते हुने दुई चरणमा हुने निर्वाचन निश्चित भएको छ ।’

त्यस्तै, उनले आफूले सम्हालेको आपुर्ति मन्त्रालय महत्वपूर्ण मन्त्रालय रहेको उल्लेख गर्दै भने, ‘हामी चलाउ सरकार हौं, जनताका आवश्यकताका उपभोग्य साम्रगाीहरुको निरन्तर आपुर्ति, मुल्य सही, गुणस्तरीय पनि चुस्त गर्नुपर्छ, यसमा मेरो सम्पूर्ण ध्यान केन्द्रित भएको छ । आपुर्ति चुस्तदुरुस्त बनाउन आफूले कुनै कसर बाँकी नराखेको समेत मन्त्री चन्दको भनाई थियो ।

त्यस्तै, उनले बजारमा देखिएको व्याप्त कालोबजारीको अन्त्य र कृत्रिम अभाव सिर्जना गर्ने जो कोहीलाई कडा कारहबाही गर्ने समेत चेतावनी दिएका छन् ।