‘देश संकटमा पुग्यो, नेतृत्व मैले लिने समय आयो’

‘देश संकटमा पुग्यो, नेतृत्व मैले लिने समय आयो’


देश संकटमा परेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नेतृत्व लिने बेला आएको बताएका छन् ।

शनिबार भाइटीका ग्रहणपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वराजा शाहले देशको राजनीतिक अवस्था जटिल मोडमा पुगेको भन्दै चिन्ता व्यक्त गरे । ‘नेपालीहरुले चाहे आफू देशको नेतृत्व र जिम्मेवारी लिन तयार छु ।’ उनले भने, ‘देश विकासको चिन्ता छ ।’

दलहरुले वास्तविकता विर्सिएको भन्दै शाहले चिन्ता ब्यक्त गर्दै देश र जनताले मलाई आवश्यक ठानेमा आफू मुलुकको जिम्मेवारी र नेतृत्व लिन तयार रहेको बताए ।

पूर्वराजाले दलहरुले वास्तविकताका विर्षेको बताउँदै भने, ‘अहिले दुबो, गोदावरी र मखमली फूललाई वास्ता नगर्ने तर, कागजको फूलमा सुवास खोज्ने परिस्थितिमा हामी हिँडिरहेका छौं’ शाहले भने, ‘त्यसैले अब समय आयो जस्तो लाग्छ, मुलुकको जिम्मेवारी र नेतृत्व लिन तयार छु । तर, सबैको चाहना भने हुनपर्छ ।’