निर्वाचनका लागि सरकार र आयोगको तयारी अन्तिम चरणमा : गच्छदार

निर्वाचनका लागि सरकार र आयोगको तयारी अन्तिम चरणमा : गच्छदार


आगामी मंसिरमा हुने निर्बाचनका लागि सरकार र निर्बाचन आयोगको तयारी अन्तिम चरणमा पुगेको उपप्रधानमन्त्री एंव स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले यस्तो बताएका हुन् ।

तोकिएकै मितिमा निर्वाचन हुने भन्दै मन्त्री गच्छदारले निर्बाचन हुँदैन की भन्ने शंका नगर्न पनि सबैलाई अनुरोध गरेका छन् ।

‘आगमी मंसिर १० गते र मंसिर २१ गते निर्वाचन गराउन सुरक्षा तयारी देखि अन्य सवै तयारी भइसकेकाले निर्वाचनको मिति कुनैपनि हालतमा सर्दैन् ।’ उनले भने, ‘बाहिरी हल्लामा नलागी सक्दो सहयोग गर्नुहोला ।

निर्वाचनपछि संविधान कार्यान्यवन हुने र मुलुक विकासको गतिमा अगाडि बढ्ने बताउँदै उपप्रधानमन्त्री गच्छदारले आगामी संसद र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसको वहुमत आउने स्पष्ट पारे ।

उनले लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसवीचको एकीकरणपश्चात सातवटै प्रदेशमा लहर उत्पन्न भएकाले आगामी निर्वाचपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दावी गरे ।

उनले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसले पनि मधेशी, थारु, जनजातिको मुद्दा सम्बोधन गर्ने समान विचारधारा बोकेको पार्टी भएकाले एकीकरण भएको उल्लेख गरे । उनले पार्टी एकीकरणको क्रममा नेपाली कांग्रेससंग आफूलाई उप–सभापति पद दिने समभदारी भएको जानकारी समेत गराएका थिए ।