मोर्चा र एराप्रपा (राष्ट्रवादी)बीच चुनावी तालमेल

मोर्चा र एराप्रपा (राष्ट्रवादी)बीच चुनावी तालमेल


तेत्तीस दलीय मोर्चा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच चुनावी तालमेल, राष्ट्रियता र पार्टी एकीकरणबारे शुक्रबार सहमति भएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अब मोर्चाले एराप्रपा (राष्ट्रवादी) लाई समर्थन गर्ने र आयातकारभित्रको हलो चुनाव चिह्नमा चुनाव लड्ने निर्णय भएको मोर्चाका संयोजक युवराज सफल र एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ ।

हाललाई चुनावी तालमेल र निकट भविष्यमा पार्टी एकीकरण गरी वैकल्पिक राष्ट्रवादी शक्ति निर्माण गर्न पार्टी एकीकरणसमेत गर्ने निर्णय भएको बताइएको छ ।