युरोपका एनआरएन ‘कोर-टीम’ अभियन्ताहरुहरुको बिगत र आगत

युरोपका एनआरएन ‘कोर-टीम’ अभियन्ताहरुहरुको बिगत र आगत


प्रचार प्रसारको भित्रि चलखेललाई हेर्दा एनआरएनए लाई अब हे नारन के ? भन्ने अवस्था आउन लागेको छ । उनीहरु अहिलेको अधिवेसनमा आआफ्नो अदृष्य प्यानल नै बनाएर चुनाबमा लागेका छन् । प्यानल भनेर देखाएका छैनन् तर एउटाले आन्तरिक रुपमा जातिय नारा सहित जनजाति बाहुल्य प्यानल बनाएको देखिन्छ भने अर्को बाहुन ग्रुपले संसार भरिका बहुमत बाहुन कांग्रेस र ढुलमुले बटुलेर भित्रभित्रै दोश्रो ग्रुप बनाएको छ ।

डिल्ली राम अम्माई

त्यो ग्रुपको राजनैतिक एजेन्डा एनआरएनएमा राजनैतिक गतिबिधि गर्न छुट दिने र शेष घलेको कार्यकालमा अमेरिकन क्षेत्रीय सम्मेलन मार्फत भित्रिएको “भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्ड “लाई फेल गराउने रहेको छ ।
उनीहरुमा अहिले एक प्रकारको खटपट शुरु भैसकेको छ । त्यो मामलामा एनआरएनए युरोपका उमेद्वारहरु झन् बेचैन हुन पुगेका छन् । उनीहरुको बेचैनी ग्रुपको भन्दानी आफ्नो हार जितसंग सम्बन्धित हो । कारण उनीहरुले बाहिर देख्दा एनआरएनएको युरोप च्यानल बनाएका छन् तर भित्र उनीहरुको व्यापारिक र मानब ओसार पसारको गज्जबको च्यानल छ ।

त्यो सवालमा उनीहरु मिल्छन । राजनीतिको उनीहरुलाई प्रवाह छैन, बाहिर एउटा निर्णय गर्छन, त्यो लागु हुने कुरै हुदैन तर भित्र अर्को निर्णय हुन्छ । त्यो मज्जाले लागु हुन्छ । उनीहरुका बाहिरि र भित्रि दुवै तर्फ बार्षिक क्यालेन्डरहरु झुण्डिएका हुन्छन । एउटा देखाउने अनि अर्को गर्ने । ब्यापार समृद्धिको लागि एकाध बिकाउ पत्रकार पनि राख्छन । हाट हूट पनि गर्छन । तर भित्रि क्यालेन्डरको कुनैकुरा भन्ने पर्दैन सरासर गर्छन । केको सम्मेलन , केको मेला , केको अधिवेसन, केको कार्यक्रम नेपाली पाहुनाहरु बोलाउन र कार्यक्रमको भव्यता बढाउन उनीहरु कहिले चुके र अब चुक्लान । ब्यापार , खास ब्यापार , थोरै लगानीमा धेरै नाफा हुने ब्यापार ! सत्धर्म र आरोप भाडमा जाउ ।

एकजना अभियन्ताका अनुसार  “गत फ्यान्क्फोर्ट क्षेत्रीय सम्मेलनमा भिजन ट्वान्टीको एक पक्षबाट खुब बिरोध भो तर भित्र उनीहरुले नेपालबाट बोलाएका उन्सत्तरी जना नेपाली के प्रयोजनका लागि बोलाइयो ? तिनीहरुको खर्च कसले बेहोर्छ ? अनि उनीहरुको सम्मेलनमा भूमिका के थियो ? त्यो बिषयमा हल बोलेन, प्रश्न सोधेन, लिस्ट मागिएन किन किन ? तिनीहरु त्यसको उपादेयता सुद्ध गर्न सकेका छैनन् ।” त्यो प्रश्नले उनीहरु तर्सन्छन, डराउछन र भाग्छन । उनीहरुको ब्यापारको गांठि कुरो त्यहि रहस्यभित्र छुपेको छ ।

अहिलेको पदको मरिहत्य त्यहि अदृश्य ब्यापारको लागि हो । नेपाली समाजको भलाइ गर्छन यिनले ? यिनका एकएक उपक्रमको फाइल छ हामीसंग ! त्यहि खेतिको लागि अहिले एनआरएनए युरोप क्षेत्रमा लुछाचुडी चलेको हो । त्यो ब्यापारले नै यताका अभियन्ताको अर्को व्यापारको प्रगतिमा टेवा पुर्याई रहेकोमा यहा पदको हानथाप छ । एउटै पदमा तीन जना एउटै पदको लागि मरिहत्ते गरेका छन् । दाम्लो चुडालेका छन् । त्यहा गुमाउनु पर्ने भएको भए ति पछि सर्थे, हच्किन्थे ।

त्यहा इमान्दार र नया दावेदारलाई आफ्नो मानब ब्यापारको च्यानल खल्बलिने भएकोले पर्न दिदैनन । बिनयजी, शिब जी , जानकीजी , भिम केशी कमलजी लगायत केहि इमान्दार नयाँ प्रवेशीहरु छन् । अहिलेसम्मको तथ्यलाई हेर्दा उनीहरु खट्ने र एनआरएनएको गरिमालाई उचो राख्नु पर्छ भन्ने मध्येका पात्र हुन् । तर इमान्दार मतदाताहरुले बिबेक नपुर्याउने हो भने बिबादास्पद छबि बनाएका कुपात्रहरुले उनीहरुलाई के जित्न देलान, गाह्रो छ ।

त्यसको लागि एउटा शर्त छ उनीहरुका शर्तहरु स्वीकार गर्नु र भाष्माशुर भएर नेपाल र यहाको च्यानलमा रयाई ठ्याई मिलाउनु ! बस अनि चुनाब जित्न सजिलो हुन्छ । सत्य कुरा केहीलाई अमिलो लाग्ला माफी चाहन्छु ।