कालो धन सेतो पार्ने हतियार नबनोस् एनआरएनए !

कालो धन सेतो पार्ने हतियार नबनोस् एनआरएनए !


एनआरएनएको युरोप सम्मेलनमा सहभागी हुन जानै लाग्दा आमाको फोन आएको थियो । कहाँ जाँदैछस् ? भनी सोध्नुभयो । एनआरएनएको युरोप सम्मेलन भनौं भने आमालार्इ यो एनआरएनए के हो केही थाहा छैन भनेर आमा म परदेसमा बस्ने नेपालीहरूको कुम्भ मेला हुँदै छ त्यहाँ जाँदैछु भनेर भनें । आमाले बुझिहाल्नु भयो र खुसी पनि हुनुभयो । हुन पनि हो म एनआरएनएको सम्मेलन, भेला, मिटिंङ अथवा बैठक जे भएपनि त्यसलार्इ चोखो पवित्र र सेवा गर्नेहरू जम्मा हुने थलो ठान्थें । त्यसैले म जस्ता नास्तिकलार्इ त्यो एउटा कुम्भ मेला भन्दा कम थिएन ।

तर बिडम्बना ! जुन भेलालार्इ कुम्भमेलाको नाम दिएर गएको थिएँ त्यहाँ त्यस्तो कर्म झल्किने कुनै काम देख्नै पाइनँ । त्यहाँ पदको यति महत्व थियो जति मन्दिरमा भगवानको हुन्न । ठ्ला पद भएकाहरू भगवान् सरह हुन्छन् त्यहाँ । तीनका आशिर्वाद लिनु पर्छ अरू एनआरएनहरूले । मन्दिरको भगवान पाएजस्तो थियो । त्यहाँ दुर्इथर मान्छेहरूको उपस्थिति थियो । एक थर ५ प्रतिसत उच्च तहमा पहूँच राख्ने ब्यापारी र अर्का सामान्य काम गरिखाने युरोपमा जसोतसो गुजारा गरिरहेका ९५ प्रतिसत वास्तविक गैरआवासीय नेपाली । ती ९५ प्रतिसत गैरआवासीय नेपालीहरूको एउटै आवाज थियो कार्यक्रम किन यति महँगो होटलमा गरिन्छ ? पटक पटक यस्ता सवालहरू उठ्थे । ती ५ प्रतिसतको हालीमुहाली ९५ प्रतिसतमाथि थियो जसरी नेपालमा सोझा जनतामाथी भ्रष्ट नेताहरू जुगौंजुग गरिरहेका छन् ।

मैले त सबैलार्इ पढ्न भ्याएको थिइनँ । बिस्तारै बुझ्न थालेँ । कार्यक्रममा मेरो पुस्तक पनि विमोचन भयो । मलार्इ मेरो पुस्तक विमोचनको खुसीले भन्दा कार्यक्रम सकेर फर्कंदा साह्रै अमिलो गन्धले चहर्याई रह्यो । जस्तो सोचेको थिएँ एनआरएनए त्यस्तो रहेनछ । कता कता त्यो पीडाले पोलीरह्यो ।

फर्केर आएपछि एनसीसीका केहि बुझेका विश्वासिला साथीहरूलार्इ त्यहाँको अवस्थाबारे जानकारी गराएँ र अब कुनै पनि क्रियाकलाप गरिन्छ भने एनसीसीलार्इ मात्र मध्यनजर गरेर गर्दा राम्रो । अर्बौं रूपैयाँ लगानी गर्ने नेपालमा भनी पाँचतारे होटलमा गरिएको कार्यक्रमको जम्मा भएको रकम र बचत रकम हेर्दा नाकै काटेछन् साथीहरूले भन्नलार्इ म कत्ति पनि हिच्किचाउँदिनँ ।

पैसा त सबै पाँचतारेमा झ्वाम भैसकेको थियो । धेरै उनैका पछिपछि लागेका पनि देखिन्थ्यो । गुलामी, पद, लोभ र आशा छताछुल्ल पारेर । उदेकलाग्दो त FNCCI का प्रतिनिधी र नेपाली रेमिट्यान्सका प्रतिनिधि त्यहाँ पनि थिए ।

हुन त FNCCI र एनआरएनएको सम्बन्ध झलक्क हेर्दा कार्यलय सित्तैमा दिइएको भन्ने हो । तर त्यो हामीजस्तालार्इ देखाउने दाँत मात्र हुन् भन्ने जो कोहिले पनि सजिलै बुझ्न सकिन्छ । किन छ त्यति गहिरो सम्बन्ध ? मलार्इ एकदमै चासो लागिरह्यो । सबै भुक्तभोगीहरूले कालोलार्इ सेतो पार्न मात्र भनिरहे । तर के हालत छ प्रत्येक एनसीसीमा कसैले वास्तै नगर्ने । कुन वातावरणमा बहिरहेको छ एनसीसीको भेल ? कस्तो छ वास्तवमै गैरआवासीय नेपालीहरूको अवस्था ? परदेशमा आर्थिक होस् या सामाजिक अथवा मनोवैज्ञानिक कस्ता कस्ता समस्याबाट गुज्रीरहेका छन् नेपालीहरू ? के गैरआवासीय नेपालीहरूको त्यो ५ प्रतिसतले यसमा ध्यान दिएको छ ? छैन ।

प्रत्येक कार्यक्रममा त्यहाँकै जस्तो घोषणापत्र छापिन्छ तर ब्यवहारमा उहि भूकम्प र बाढी आएको बेला भन्दा अरू नाक फुलाउन सकिने काम नगण्य छन् । ७४ भन्दा बढि देशहरूमा सञ्जाल भएर पनि किन एनआरएनएले सोचेजस्तो गर्न सकिरहेको छैन, किन ? किनकि यसको उद्देश्य एकातिर र ब्यवहार अर्कोतिर छ ।

ब्यापारीहरूको एकलौटी साम्राज्य छ भित्र, त्यो साम्राज्यको लाडार्इंमा प्रत्येक एनसीसी सिकार बनेका छन् । २ वर्षको कार्यकालमा अन्तिम एक वर्ष त आगामी कार्यकालको पदीय छनौटको षडयन्त्रमा नै बित्छ । सेवालार्इ आधार बनाएर ब्यापारलार्इ चौतर्फी विकाश गर्ने गिरोहहरू एक छन् । बुझेका पनि चुप बसेका छन् । नबुझेका त छन् पछि पछि नै हुने भए । ती ५ प्रतिसतले आफूले जसरी चाह्यो त्यसरी र जे चाह्यो त्यो पालैपालो यो प्रकृयामा अगाडि गइहने हुन् र अरू अबुझहरूलार्इ सम्भावित पद नै सर्वेसर्वा छ । सम्मान छ । दोसल्ला छ । बस् त्यसैमा भुलेका छन् ।

जबसम्म ब्यापारिक अस्तित्व नभएका व्यक्तित्वहरू ती ५ प्रतिसतले ओगटेको पदहरूमा पदासीन हुँदैन तबसम्म एनआरएनएको भेल यसरी नै बग्छ । आपतविपतमा सेवा गरेजस्तो गर्ने र आफ्नो ब्यापार बढाउने । देशको लाचार सरकार जे गर्न पनि तयार छ उनीहरूको साथमा लागेर । ती लाचारीहरूको कालो धन सेतो पार्नु नै यतिखेर मुख्य तालमेल भैरहेको जो कसैले पनि अनुमान लगाउन सकिन्छ ।

भित्रभित्रै राजनीतिको यति घिनलाग्दो खेल छ त्यो भनेर साध्य छैन । दस्तावेजमा मात्र साना साना एनसीसीलार्इ हुन् आर्इसीसी त अब पुरै ब्यापारीकरण भैसकेको छ । सम्मानित पदको दुरूपयोग गरि देशमा ब्यक्तिगत लगानी भित्र्याउने ती ५ प्रतिशतहरू माथि अब सबैको नजर हुनुपर्छ । कालो धनलार्इ सेतो पार्न अब ट्वान्टी ट्वान्टीको भिजनले त छन् अध्यक्षलार्इ श्री ३ महादेव बनाउँदै छ