धनाड्यहरुको ‘पारिवारिक क्लब’ होइन एनआरएनए !

धनाड्यहरुको ‘पारिवारिक क्लब’ होइन एनआरएनए !


– डिल्लीराम अम्माई (बेल्जियम)

अमेरिकामा रहनुभएका अभियन्ता तथा विश्लेषक कृष्ण केसीले एउटा ब्लकमा सम्मानित एनआरएनएकी अभियन्ता जमुना घलेको अधिक प्रशंसा गर्दै लेख्नुभएको रहेछ- ‘एउटा संस्था भिजनबिना र निरन्तर परिमार्जन र अपडेटबिना जिवन्त रहँदैन। ठीक त्यसैअर्थमा गैरआवासीय नेपाली संघ र शेष घले या घलेको सफल सहयोगीकोहरुको आगमन हुनु जरुरी छ। होइन भने गान्धीजीको राम राज्य आउने उदघोष जस्तै संस्थाको NRNA Vision 2020 & Beyond र बाँकी थुप्रै अधुरा कामको पनि हालत उस्तै हुनेछ। जमुना घले नै त्यो विकल्प हो, जसले यो मिशन, सेन्टिमेन्ट र संस्थाका ति धेरै अधुरा काम उही मोडालिटिमा पुरा गर्न सक्छ। हालै अध्यक्ष डा. शेष घले र आइसीसी सदस्य जमुना गुरुङले गरेको अमेरिका, क्यानाडाको भ्रमण र बेलायत अनि बेल्जियममा गुरुङले दिएको वक्तब्यलाई हेर्ने हो भने एउटा बाटो तय गरेको छ। बेलायतमा बोल्दै गर्दा घलेले आफुलाई सक्षम नेत्री भएको कुरा प्रमाणित गर्नुभएको छ । बेल्जियमको बक्तब्यको अन्तिमतिर उहाँले लिएको एउटा स्ट्याण्डले स्पस्ट रुपमा जमुना घले अध्यक्षको लागि उम्मेदवार हुन तयार भएको प्रमाणित गर्नुभएको छ । यति मात्र होइन उहाँले संघको विशाल रुपमा जाने सम्भाव्यतालाई रोक्ने या गोलमटोल गर्ने अवस्था आयो भने आफुले स्ट्याण्ड लिने सन्देश दिनुभएको छ।’

केसीजीको उपरोक्त वाक्यले पंक्तिकारलाई अलिक अल्झाइ दियो ।

यदि यस्तै हो भने एनआरएनएमा अर्को सक्षम अभियन्ता जन्माउन फेरि जमुना घलेकै आशिर्वाद कुर्नुपर्ने हो त ? यो अभियानका अन्य पात्रहरुको सहयोग बिना आदरणीय शेष घले पनि अवश्य त्यो ठाउमा पुग्नुभएको हैन होला । भन्न खोजेको के मात्र हो भने शेष घलेको दुइवर्षे कार्यकाल अनेकौँ अफ्ठ्याराहरुको बिचमा पनि आशातीत र सम्झनायोग्य रह्यो । त्यसमा कुनै शंकै छैन । आदरणीय जमुना घले पनि सफल भिजन भएको योजनाकार हुनुहुन्छ । उहा उठ्नुभो भने जित्न पनि सक्नुहोला । तर अध्यक्ष शेष घलेले आफ्नो कार्यकालमा गरेको महान बिरासतलाई बचाउन पनि उहाँको त्यागको जरुरत हुन्छ नि । हाम्रो तालीले मात्रै त त्यो जोगिन्न । एनआरएनएको नेतृत्व पारिवारिक र बंशजको आधारमा जातीय निरंकुशता हाबी हुँदै जान लाग्यो भनेर आरोप लगाउनेलाई जवाफ दिन सक्नुहुन्छ कसैले ? मेरो विचारमा त्यो गम्भीर आरोप हुनेछ र उहाँले आफ्नो बिरासत जोगाउने नाममा परिवारमा नेतृत्व बुझाएको ठहर्ने छ । त्यसैले कसैले पनि गलत सल्लाह दिनु आत्मघाती हुन सक्छ कि भन्ने मेरो धारणा हो ।

अर्को कुरा उहाँ एनआरएनको आन्दोलनमा एउटा अग्रज अभियन्ता भएकोले स्वयम् पनि सोच्ने कुरा होकि आफ्नो कार्यकालमा नयाँ नेतृत्वको लागि अन्य कोहि पनि योग्य छैनन् ? यी उहाँका अन्तिम दिनहरुमा उहाले गम्भीर भएर जनमानसले उठाएका केहि प्रश्नबारे सोच्नैपर्ने छ र यो एनआरएनएको सिंगो अभियानका हामी पनि कोहि हौ जसले नेतृत्वका हरेक सकारात्मक कामहरुलाई सहयोग गरेका छौ खयर हामीमा आर्थिक र नेतृत्वसम्मको पहुच नभएको होस् ।

युरोप, अमेरिका र मध्यपुर्बका राष्ट्रिय परिसदहरुको पनि उत्तिकै महत्वपुर्ण भूमिका छ । अबको नेतृत्व आफ्ना आखाले देखेकाहरु बीच मात्र खोज्दा संसारभरिका अभियन्ताहरुले यो संस्थालाई त्यति नै मर्यादित रुपमा हेर्लान् कि कम ? त्यसैले जातिय र पारिवारिक मोह त्यागेर सम्मानित अध्यक्षले सोच्नुहुनेछ भन्ने हामि जमिन तहका एनआरएन सदस्यको आग्रह मात्र हो । त्यसमा अध्यक्षज्युको विरासतलाई बचाउन सम्मानित जमुना घलेको पनि त्याग रहोस भन्ने कामना मात्र गर्न सकिन्छ ।

यो तर्क फेरि महिलाहरुको हक अधिकारसंग पटक्कै नजोदिदिनु होला । महिलाले त्यो संस्थाको जुनसुकै पोष्टमा उठ्न सामर्थ्य राख्छन र राख्नु पर्छ । यहाँ राख्न खोजिएको कुरा कोहि उठ्नु नउठ्नु, र कसैको अधिकार प्रति बेवास्ता गरिएकोसंग सम्बन्धित हैन। यो प्रसङ्ग अध्यक्षको बिरासत, एनआरएनएको गरिमा र डायस्पोराका सम्पूर्ण नेपालीहरुको आत्मसम्मानसंग जोडिएको छ । एक कार्यकाल घनिभूत रुमा पुन आउने नेतृत्वलाई सघाएर पनि उहाँले नेतृत्व गर्न सक्नुहुन्छ , र पाउनु पनि पर्छ । त्यसले अध्यक्षले आफ्नो बिरासत बरिवारमा बुझाएको भन्ने अर्थ समाप्त पारि दिन्थ्यो र सबैको आत्मा सम्मानको मोचन हुन्थ्यो भन्ने मात्र पंतिकारको कुरो हो । यो हदैसम्म सकारात्मक रुपबाट बुझिदिनुहोला भन्ने मेरो सबै एनआरएनहरुलाई आग्रह पनि छ ।

अर्को प्रसङ्ग पनि चुनावी माहोलकै हो । संसारभरिका एनआरएनहरु अहिले काठमान्डु थुप्रिने क्रम बढ्दो छ । प्रवाशमा पनि चहलपहल तीव्र बनेको छ । सारांशमा भन्दा अहिले नेपाल मात्रै नभएर डायस्पोराको नेपाली आकाश समेत एनआरएनमय भएको छ । केन्द्रमा को को जाने तरखर गर्दै छन्, कुन उम्मेदवार विशेष योग्य छन् वा कुन तुलनात्मक रुपमा कम ? चर्चा परिचर्चा चियाको दोकान मात्र नभएर भट्टी, क्याफे र मनोरंजन केन्द्रहरुमा समेत छिरिसकेको छ । डीबी कार्की पनि उम्दा नेतृत्व लायक हुन्, कुमार पन्त, जमुना घले वा अन्य कोहि पनि एनआरएनए अभियानका छुटाउने नमिल्ने अभियानकर्ता र सक्रिय शक्तिहरु हुन् । त्यसमा कसैको दुइ मत छैन तर यो पटक हामीले हाम्रा चलिरहेका परियोजनाहरुलाई सफल पार्न निरन्तर संघर्षरत र आगामी दुइ बर्षमा भिजन सहित यो संगठनलाई हरतरहले हाक्न सक्ने ब्याक्ति भवन भट्ट नै हुन् भन्ने अधिकांस एनआरएनहरुको बिबेकपुर्ण विश्लेषणलाई मनन गर्नै पर्ने हुन्छ। उहाले अघिल्ला कार्यकालका बिराशतलाई पनि जोगाउन सक्नु हुन्छ र सिंगो टिममा देखा परेका केहि असमझदारीहरुको सन्तुलन मिलाएर लान सक्ने क्षमता राख्न सक्नु हुन्छ कि भन्ने निचोड तर्फ अन्य अभियन्ताहरुले इंकित गरेको सहजै अनुमान गर्न सकिन्छ ।

भवन भट्ट गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं जापानका सफल नेपाली उद्यमी हुन्। जापान र युरोपमा रेष्टुराँ, रिसोर्ट र होटलमा उनको लगानी छ। नेपालमा होटल, ब्रुअरी, सञ्चार, शिक्षा, अटोमोबाइलमा लगानी गरेका भट्टले आगामी अक्टोबर १४—१७ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपालीका मुद्दाबारे उनको धारणा अन्य उमेद्वारको भन्दा सरल र स्पष्ट देखिन्छ । त्यसैले आगामी महाधिवेशनमा उनको उमेद्वारिले सामान्यतया संसारभरी र बिशेष गरि युरोप र मध्यपुर्बमा हलचल पैदा गरिदिएको छ । बेल्जियमका सफल ब्याबशायी कृष्ण खतिवडाको भनाइलाई आधार मान्ने हो भने ूयो धिवेशनमा उनको विकल्प छैन । उनमा खट्ने कला छ , अग्रजहरुलाई सम्मान गर्न जानेका छन् र नराम्रो प्रवृति, अराजक शैली र संगठनमा ब्याक्तिगत फाइदाको मनशाय राख्ने प्रवृति बिरुद्ध सम्झौताहीन संघर्ष गर्ने हिम्मत र शैलीले उनि सबै तिर पपुलर छन् ।’

उनले एउटा अन्तर्वार्तामा भनेका पनि छन् कि ‘यस पटक धेरै साथीहरुको चाहना म नै अगाडि जानुपर्छ भन्ने रह्यो। र अध्यक्षका लागि म नै अग्रपंक्तिमा पनि छु कि भन्ने मलाइ महशुस भएर म अघि बढेको हो । मेरो प्रतिबद्धता छ कि म नेतृत्वमा आउँदा एनसीसी र आइसीसीहरुबीच निकटता अझ बढ्नेछ। एनसिसीहरुका समस्या मैले राम्रोसँग बुझेको छु। अहिलेको नेतृत्वले थालेका लाप्राक नमुना बस्ती, आफ्नै भवन निर्माण, शंखमुल पार्क निर्माण सहितका काम पूरा भएका छैनन्। तिनलाई सम्पन्न गर्दै सबैको लगानीमा नयाँ प्रोजेक्ट थालनी सहित, मध्यपूर्वमा महिला उत्पीडन, मानब तस्करी र शोषण बिरुध्द संघर्षको साथै गैरआवासीय नेपाली संघलाई गतिशील नेतृत्व दिन मेरो उम्मेदवारी हो। यस विषयमा प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छु ।’

त्यहि अन्तर्वार्ताको क्रममा उनले आफ्ना जितका आधारहरु प्रष्ट पार्दै भनेका छन् – ‘मैले कति योगदान गरें वा गरिन आफै भन्नु भन्दा पनि साथीहरुले महशुस र अग्रजहरुले मुल्यांकन गर्ने कुरा हो । एनआरएनएभित्र मेरो सबै पक्षसँग राम्रो सम्बन्ध छ। त्यही भएरै होला सबै साथीहरुले मलाई उम्मेदवार हुनुपर्छ भन्नुभयो। मैले सबैलाई संथागत रुपमा राम्रो गरेको छु र नै साथीहरुले तपाइँ आउनुस भनेर मलाइ नेतृत्वमा तानी रहेका छन् । मलाइ दृढ बिश्वास छ साथीहरूले अहिले मलाइ अध्यक्षको लागि राम्रो सहयोग गर्नुहुन्छ। सबै साथीहरुका लागि अध्यक्षको ‘पपुलरु उम्मेदवार म हुँ जस्तो लाग्छ। र अग्रजहरुको पनि संगठन बुझेको, लगनशील, र सबै किसिमबाट खट्न सक्ने भूबन नेतृत्वमा आए हुनेथियो भन्ने मनशायलाइ मैले सम्मान गर्न चाहन्छु ।’

उनको आशय छकि अबको लगानी प्रोजेक्टमा हजार रुपैयाँदेखि लिएर १०—१५ लाखरुपैयाँसम्म राख्न चाहने साथीहरुलाई समेट्ने समेट्न सकियोस । त्यसले मजदुर भएको हिनताबोधबाट डायस्पोराका साथीहरुलाई उतार्ने छ र मालिक भएको अनुभूति गराउने छ । अर्को कुरा भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्डको बारेमा पनि उनको स्वतन्त्र विश्लेषण र बुझाइ छ । उनि भन्छन, ूयोजना सहितको भिजन संस्थाको लागि आबस्यक छ । त्यहि आबश्यकताले त्यो आएको हो । ‘भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्ड ूप्रस्ताव आफैँमा विवादित होइन त्यसभित्र भएका अन्तर्वस्तु र ल्याउने प्रक्रियालाई लिएर साथीहरुले थोरै बिमति जनाउनु भएको हो। प्रस्तावमाथि दफाबार रुपमा छलफल भएर जाँदा सबै कुरा सुल्झिन्छन् जस्तो लाग्छ। फेरि यो कार्यान्वयनको प्रक्रियामा जाँदा फ्लोरले त्यसलाई पारित, अस्वीकृत वा फेरबदल गर्न सकिहाल्छ। यसलाई म सकेसम्म निरन्तरता दिएरै अघि बढ्नेछु ।’

उनले आफू अध्यक्षको उम्मेदवार हुने भनेर सोचेदेखि नै वैदेशिक रोजगारीका समस्या पहिचान र तिनको दीगो निराकरणबारे कार्ययोजना बनाइरहेका रहेछन । सम्पूर्ण डायस्पोराका साथीहरुको इन्स्योरेन्स नीति मार्फत उनीहरुको भबिष्य शुरक्षित अपरिहार्य देखेका छन् । यो मध्यपुर्व, कोरिया र मलेशियाका साथीहरुको सन्दर्भमा अझ लाभदायक हुन सक्ने उनको आफ्नै तर्क छ । अहिले पनि सरकारले इन्स्योरेन्स गर्छ तर उनले भन्न खोजेको अलिक फरक कुरा हो। वैदेशिक रोजगारीमा जाने साथीहरु एनआरएनसँग आवद्ध हुने र उनीहरुको इन्स्योरेन्स शुरुमै गर्दिने। उनि भन्छन,’यसो भयो भने एक हजार रुपैयाँ तिर्नुपर्ने प्रिमियिमलाई एक डेढ सयमै आउँदो रहेछ। त्यसको जिम्मेवारी एनआरएन सेक्रेटरिएटले लिएर कार्यान्वयन गर्ने भन्ने मेरो सोच हो। उहाँहरुलाई समस्या पर्नासाथ एनआरएनएमा निवेदन दिनुभयो भने उहाँहरुको इन्स्योरेन्स रकम प्राप्ति प्रक्रिया पनि हामी नै अघि बढाइदिन्छौं भन्ने हो।’

उनको बिश्वास के छ भने सकेसम्म सबै नभए अध्यक्ष अहिले सर्ब सम्मत हुने छ । सर्ब सम्मत संगठन बनाउन सबैको पहल रहोस् भन्ने उनले काठमाण्डौ उपस्थित भएका सबै प्रतिनिधि र प्रबेक्षकहरुलाई अनुरोध पनि गरेका छन् । उनको मत छ, ‘अहिले संगठन धेरै ठुलो त भएको छ तर पर्सिक्षित कार्यकर्ताहरुको कमि छ , संगठनलाइ हृदयदेखिनै माया गर्नेहरु, रगत पसिना बगाएकाहरु थोरै नै छौ । त्यो अबस्थामा सहमतीय समिति बदियो भने संगठनमा विभाजनको मानसिकता बनाउनेहरुपनि निरुत्साहित हुन्छन । त्यहि भावनाको महसुसले गर्दा केही अगाडिसम्म अध्यक्षमा तीन आकांक्षी देखिए पनि अहिले आएर म र डीबी कार्किजी अघिल्लो रोमा देखिएका छौ, त्यो पनि सहमतीय पहलबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुने प्रक्रियामा छैन भन्न मिल्दैन। र अन्तिम समयसम्म पनि सर्वसम्मतिबाट अघि बढ्नुपर्छ भन्ने मेरो पहल हुनेछ। यदि सर्वसम्मत नभएको अवस्थामा म प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने मान्छे हुँ। यसलाई मैले त्यति ठूलो विषय ठानेको छैन। स्वस्थ प्रतिस्पर्धाका लागि चुनाबमा जान म सधैँ तयार छु। नेतृत्व चयनका लागि यो एउटा सामान्य प्रक्रिया हामीले पूरा गर्नैपर्छ।’

यो अवस्थामा कि त अब एनआरएनए धनीहरुको मात्र पारिवारिक क्लब हो भनेर भन्न सक्नुऱ्यो हैन भने अघिल्ला कार्यकालका उपलब्धिहरुको समीक्षात्मक रक्षा गर्दै सबै एनआरएनहरुलाई मिलाएर लानसक्ने नेतृत्व चयनतर्फ सबै प्रतिनिधिहले विवेक पुऱ्याउन चुक्नु भएन । बस भनाइ यत्ति हो ।