लडाकु कसको ? प्रचण्डप्रति तीर्व आक्रोश

लडाकु कसको ? प्रचण्डप्रति तीर्व आक्रोश


माओवादी पार्टीको इतिहासमा अत्यन्त महत्त्वपूर्ण मानिएको छैटौँ विस्तारित बैठकका सहभागीहरूको मन जित्न उच्चस्तरका नेताहरूबीच अस्वस्थ प्रतिपर्धा सुरु भएको छ । एकले अर्कोलाई दक्षिणपन्थी, अवसरवादी, मध्यपन्थी, उग्रवामपन्थी र व्यक्तिवादी भएको आरोप लगाउँदै हिँडेका नेताहरूले पार्टीमा आफूलाई बलवान प्रमाणित गराउने नयाँ अभ्यास पनि सुरु गरेका छन् । अध्यक्ष प्रचण्डले पार्टीका लडाकुहरूलाई अघि सारेर आफू बलियो रहेको देखाउन खोज्नुभएको छ । समायोजनको क्रममा रहेको र सरकारको विशेष समितिअन्तर्गत आइसकेको भनिएको माओवादी लडाकु माओवादी पार्टीभित्रका पनि खास-खास व्यक्तिप्रति वफादार रहेको प्रमाणित भएको छ । अन्य राजनीतिक दल तथा शान्तिप्रिय नेपालीको मूल चिन्ता माओवादी लडाकुलाई कसरी व्यवस्थापन गर्ने र उनीहरूलाई माओवादी भक्तबाट देशभक्तमा रूपान्तरण कसरी गर्ने भन्ने नै थियो । अन्य पक्षलाई आश्वस्त तुल्याउन २०६५ साल फागुन १ गते शक्तिखोरस्थित शिविरमा आयोजना समारोह र त्यसयता विभिन्न सभा, बैठक तथा सर्न्दर्भमा प्रचण्डले माओवादी लडाकु सरकारको मातहतमा आइसकेको बताउनुभएको थियो । तर, प्रचण्डले झुट बोल्नुभएको पुष्टि गर्दै उहाँको पक्षबाट लडाकुहरूको ठूलो सङ्ख्या आफ्नो र्समर्थनमा रहेको भनी प्रचारप्रसार गरिएको छ । प्रचण्डले यसरी लडाकुहरूको र्समर्थन आफूलाई रहेको प्रचार सुरु गर्नुभएपछि पार्टीका वरिष्ठ नेता मोहन वैद्य किरण र डा. बाबुराम भट्टराई र्समर्थकहरूलाई क्रूद्ध तुल्याएको छ । लडाकुहरूको सर्वोच्च कमाण्डर रहेका प्रचण्डप्रति लडाकुहरूले औपचारिकतावश भए पनि वफादारिता दर्शाउनु स्वाभाविक भए पनि त्यसैलाई आधार बनाएर प्रचण्डले पार्टीमा आफ्नो हैकम रहेको देखाउन खोज्नुलाई चाहिँ पार्टीभित्र अन्य कसैले पनि स्वाभाविक रूपमा लिन सकेका छैनन् । पार्टीमा सैन्यवाद लागू गराउने र आफ्नो अधिनायकत्व वरकरार राख्ने नियतवश प्रचण्डले लडाकुको दुरुपयोग गर्नुभएको पार्टीका नेता तथा कार्यकर्ताहरूले ठानेका छन् । प्रचण्डको यस्तो व्यवहारले क्यान्टोनमेन्टमा रहेका लडाकुहरूको छवि र हैसियतमा धक्का पुर्‍याएको मात्र नभई उनीहरूको आपसी एकता र सद्भावमा समेत खलल पुग्ने सम्भावना बढाएको छ । भनिन्छ, मोहन वैद्य किरण लडाकुहरूलाई राष्ट्रिय सेनामा समायोजन गर्ने कुराको विरुद्ध हुनुहुन्छ र क्यान्टोनमेन्टमा लडाकुहरू राखेरै जनव्रि्रोहको तयारी गरिनुपर्छ भन्ने उहाँको दृढ धारणा छ । वैद्यले अयोग्य लडाकु भनी घर फर्काइएकाहरू, वाईसीएलमा आबद्ध लडाकु तथा नयाँ युवाहरूलाई एकत्रित गरेर हज्जारौं सुरक्षा-दस्ताहरू गठन गरी व्रि्रोहमा जानुपर्ने धारणा पार्टीमा राख्दै आउनुभएको छ । प्रचण्डले लडाकुहरूको ठूलो सङ्ख्या आफ्नो पक्षमा आफ्नो पक्षमा रहेको भनी प्रचार गराए पनि तेह्र राज्य समितिहरूमध्ये सेती-महाकाली, भेरी-कर्णाली, मगरात, थारुवान र अवधलगायतमा साठी प्रतिशत बढीको र्समर्थन किरणलाई रहेको बताइन्छ । त्यसैगरी सभासद्हरूमध्ये बाउन्न -५२) प्रतिशतको र्समर्थन पनि किरणलाई रहने दाबी सम्बद्ध पक्षले गरेको छ । तर, लडाकुहरूबीच नेताहरूबीचको मतभिन्नता पुर्‍याउँदा त्यसले उनीहरूबीचको एकतामा गम्भीर असर पार्ने निष्कर्षसहित किरण लडाकुहरूभित्र नखेल्ने मानसिकतामा रहनुभएको छ । तर, प्रचण्डले धेरै नै फर्ूर्ति गर्न थाले भने लडाकुमा समेत आफ्नो हैसियत देखाउन किरण तयार हुनुभएको पनि बताउन थालिएको छ ।

दुई नेताबीच बोलचाल बन्द
पार्टीमा मूलधारको भूमिकामा आफूलाई राखिरहन वरिष्ठ नेताहरू मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराईलाई नदीको दुई विपरीत किनाराबाट हिँडाउने खेल खेल्दै आउनुभएका माओवादी अध्यक्ष प्रचण्ड यसपालि भने आफ्नो प्रयासमा असफल हुनुभएको छ । उहाँको चाहनाविपरीत वैद्य र भट्टराईबीचको निकटता बढेको छ र यसरी निकटता बढ्नुको एक मात्र कारण प्रचण्ड स्वयम् बन्नुभएको छ । प्रचण्डमा बढ्दो अहंकार, वैयक्तिक महत्त्वकाङ्क्षा र व्यक्तिवादी प्रवृत्तिलाई ठेगान लगाउन वैद्य र बाबुराम एक भएको बताइन्छ । माओवादी सूत्रबाट प्राप्त जानकारीअनुसार प्रचण्डले बाबुराम भट्टराईलाई अत्यन्त अपमान र उपेक्षा गर्ने गर्नुभएको छ भने पछिल्लो समयमा उहाँहरूबीच सामान्य संवादसमेत हुन छोडेको छ । प्रचण्डले कुनै पनि विषयमा छलफल र सामान्य संवादसमेत गर्न छोडेपछि डा. बाबुराम भट्टराईले पनि प्रचण्डलाई वास्ता गर्न छोड्नुभएको छ । आफूले बेग्लै प्रतिवेदन तयार गर्न लागेको कुरा पनि प्रचण्डले बाबुरामलाई जानकारी गराउनुभएको थिएन । किरणलाई भने उहाँले बेग्लै प्रतिवेदन लेख्न लागेको जानकारी गराउनुभएको थियो र किरणले उहाँलाई बेग्लै प्रतिवेदन तयार गर्न सुझाव दिनुभएको थियो । ‘किरणलाई आफ्नो औकात’ देखाइदिन्छु भन्दै आफ्ना निकटवर्तीहरूसँग भन्नुहुने प्रचण्डले किरणको सुझाव स्वीकार गर्न सम्भव थिएन र उहाँले स्वीकार गर्नु पनि भएन । तर, किरणले भने डा. बाबुरामलाई प्रचण्डले बेग्लै प्रतिवेदन तयार गर्दै हुनुहुन्छ भन्ने जानकारी गराउनुभएको थियो । विचार र व्यवहारमा कतिपय
अन्तर भए पनि मोहन वैद्य किरण र डा. बाबुरामबीच बनेको समझदारीले माओवादी पार्टीलाई नयाँ दिशा र स्वरूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास कार्यकर्तापङ्क्तिको ठूलो हिस्साले गरेको छ । वैद्य र भट्टराईबीचको समझदारीले पार्टीलाई कुनै नयाँ दिशा दिन नसके पनि प्रचण्डलाई तह लगाउन भने उहाँहरूको एकताले महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

माधवको मङ्सिर मंगलमय
प्रधानमन्त्री माधवकुमार नेपालका निम्ति मङ्सिर महिना र्सवाधिक मंगलमय हुनेभएको छ । राजीनामा दिएर पद त्याग गरेपछि पनि अनिश्चित कालसम्मका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदै आउनुभएका माधव नेपालका निम्ति समय त्यसै पनि शुभ मानिएकै हो । तर मङ्सिर महिनाचाहिँ विशेष हुन पुगेको छ । यस महिनाभित्र प्रधानमन्त्री नेपालले तीनवटा विदेश भ्रमणकार्य सम्पन्न गर्नुहुनेछ भने आफ्नी सुपुत्रीको विवाह पनि यही महिनामा गराउँदै हुनुहुन्छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री मङ्सिर पाँच गते रसियाको पिर्टसवर्गमा आयोजना हुने विश्व बाघ सम्मेलनमा भाग लिन जाने कार्यक्रम तय भएको छ । त्यहाँबाट फर्कनुभएपछि उहाँ आफ्नी छोरीको शुभ-विवाह कार्यमा सरिक हुनुहुनेछ । प्राप्त समाचारअनुसार मङ्सिर बाह्र गते आइतबार नेपालपुत्रीको विवाह एमाले नेता सोमप्रसाद पाण्डेको छोरासँग हुने भएको छ । त्यसपछि माधव नेपाल आइक्यानको कार्यक्रममा भाग लिन कम्बोडिया जानुहुनेछ । उहाँ कम्बोडियाचाहिँ प्रधानमन्त्री पदमा नरहे पनि जानुहुने बुझिएको छ । त्यसपश्चात् प्रधानमन्त्री नेपालको युरोप भ्रमणमा जाने कार्यक्रम रहेको छ । एकै महिनाभित्र तीनवटा विदेश भ्रमण र छोरीको विवाहसमेत प्रधानमन्त्री निवासबाट नै गर्न पाउने भएको हुनाले मङ्सिर महिना माधव नेपालका लागि र्सवाधिक मंगलमय हुन पुगेको छ ।

विशिष्ट पाहुनाको अपमान सचिवद्वारा सूचना चुहावट
देश भ्रमणमा आएका सम्मानित पाहुनालाई नेपालका मन्त्री र कर्मचारी मिलेर हुन सक्ने र गर्न सकिने जति बेइज्जती गरेका छन् । गत शनिबार नेपाल भ्रमणमा आएका साउदी अरबका राजकुमार अल बलिद विन तलाललाई राष्ट्रिय पदक दिएपछि परराष्ट्रमन्त्री सुजाता कोइरालाका नाममा जे-जस्ता अभिव्यक्तिहरू सार्वजनिक भए त्यसले कूटनीतिक मर्यादालाई नाघेको मात्र छैन आफ्नो देशमा आएका सम्मानित पाहुनाको घोर अपमानसमेत गरेको छ । गत सोमबार मन्त्रिपरिषद्को बैठक बसेर सरकारले राजकुमारलाई महाउज्ज्वल राष्ट्रदीप विभूषण प्रदान गर्ने घोषणा गरेको थियो । विदेशी नागरिकलाई दिने सबैभन्दा ठूलो पदकका रूपमा रहेको सो विभूषण राजकुमार तलाललाई दिने निर्णय गरेपछि गाउँघरका पँधेरामा गरिने कुराकानीको शैलीमा परराष्ट्रमन्त्रीले त्यसको प्रक्रियाका बारेमा मिडियालाई बताएकी छिन् । परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालय स्रोत भनी सार्वजनिक भएका समाचारमा राजकुमार पक्षकै आग्रहमा पदक दिनुपरेको, पदवी नपाए मन्त्रीहरू नभेट्ने भनी राजकुमार पक्षले भनेको, पदक दिन हुने कि नहुने बहस चलिरहेको, निजी भ्रमणमा आएका व्यक्तिलाई दिन नमिल्ने आदि-इत्यादि जे-जस्ता कुराहरू बाहिर आएका छन् ती परराष्ट्रमन्त्री मात्र नभएर सरकारमा भएका कुनै पनि व्यक्तिबाट सार्वजनिक हुन मिल्ने प्रकारका छैनन् । सरकारले गरेको निर्णय ठीक-बेठीक जे भए पनि त्यसको जिम्मेवार मन्त्रिपरिषद्का सबै सदस्यहरू हुन्छन् । आफूले गरेको निर्णयलाई ‘त्यो गलत भयो’ भन्दै हिँड्नु नैतिकतासँग जोडिएको कुरा पनि हो । सामान्य मनस्थितिका मानिसहरूले सरकारको निर्णय -आफैं सहभागी भएर गरिएको) लाई एकैछिनपछि आलोचना गर्दै हिँड्दैनन् । त्यसमा पनि यो यति संवेदनशील
विषय हो कि अरू धेरै कुराबाट अत्यन्त प्रभावित भएर र सकारात्मक छाप बोकेर फरि्कएका राजकुमारले यस्तो निकृष्ट कुरा सुने भने कस्तो महसुस गर्लान् – धन, सम्पत्ति, इज्जत सबै कुराले पूर्ण व्यक्तिलाई नेपाल सरकारले दिएको एउटा पदकले आकाश-जमिनकै फरक पार्ने पनि देखिँदैन । ठूलै फरक पर्ने नै रहेछ भने पनि आफैंले दिइसकेपछि ‘उनीहरूले मागे त्यसैले दियौँ’ भन्नुलाई अत्यन्त अपरिपक्व र गैरजिम्मेवार अभिव्यक्ति मानिन्छ । उनीहरूको अभिव्यक्तिले ‘के त्यसो भए यस प्रकारको पदक जसले मागे त्यसलाई दिने त’ भन्ने प्रश्न पनि उठाएको छ ।
प्राप्त जानकारीअनुसार साउदी अरबका राजकुमारले नेपाल भ्रमण गर्ने टुङ्गो लागेपछि त्यहाँस्थित नेपाली राजदूतावासमा खबर गरिएको थियो । साउदी अरबस्थित नेपाली राजदूत हमिद अन्सारीसक्षम त्यहाँको सरकारले नेपालमा राजकुमारलाई कुनै औपचारिक सम्मान गर्ने कार्यक्रम पनि राखिन्छ कि भनेर सोधेका थिए र राजदूतले त्यसप्रकारको कार्यक्रम राखिने बताएका थिए । तर, मान-पदवीकै कुरा भने भएको थिएन । यहाँ रातारात निर्णय गरेर जे-जे भयो त्यो मुलुकलाई कुनै असर पार्ने प्रकारको पनि थिएन । पदवी दिएका कारण नेपालको छविमा कमी आउने या राष्ट्रलाई कुनै प्रकारको क्षति हुने पनि थिएन । यदि करबलले नै दिइएको रहेछ भने पनि दिइसकेपछि त्यस विषयमा नकारात्मक टिप्पणी गर्दै हिँड्न कम्तीमा मन्त्रीस्तरको मान्छेलाई सुहाउने कुरा हुँदै होइन ।
मन्त्रीले बिनासोचविचार आफ्नो पदीय उत्तरदायित्वको ख्याल नगरी बोले पनि यो मामिलामा परराष्ट्रसचिव मदन भट्टराई भने बडो सज्जन व्यक्तित्व र उत्तरदायी कर्मचारीका रूपमा देखापरेका छन् । यद्यपी बाहिर थाहा नपाएझैं गरे पनि यो विभूषण-प्रकरणमा के भएको थियो भन्ने कुरा सबैभन्दा पहिले सचिव भट्टराईबाटै ‘गोप्य रूपमा’ सार्वजनिक भएको बताइन्छ । यसो हुुनुमा राजदूत अन्सारीसँगको उनको असन्तुष्टि नै प्रमुख कारकतत्त्व भएको बुझिएको छ ।

तराईका सडक मजबुत तुल्याउन ११ अर्ब सहयोग
नेपालको तराई क्षेत्रमा सडक संरचना मजबुत तुल्याउनका लागि गठित परियोजना सञ्चालन समितिको प्रथम बैठक गत सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।
भारतका तर्फबाट विदेश मन्त्रालयका सहसचिव -उत्तर) सतिश सी. मेहता र नेपालका तर्फबाट भौतिक योजना तथा निर्माण मन्त्रालयका सहसचिव कमलराज पाण्डेको संयुक्त अध्यक्षतामा बसेको बैठकमा तराई सडक भारत र नेपाल दुवै सरकारका लागि महत्त्वपूर्ण रहेको तथ्यबारे विस्तृत छलफल हुनुका साथै परियोजना विशेष महत्त्वको हुँदा समय-सीमाबद्ध तवरले सम्पन्न गर्नुपर्ने कुरामा समिति सहमतिमा पुगेको पनि बुझिएको छ ।
तीन चरणमा कार्यान्वयन गरिने उक्त परियोजनाको लक्ष्य नेपालको तराई क्षेत्रमा १४ सय पचास किलोमिटरभन्दा बढी लम्बाइयुक्त सदावहार कालोपत्रे सडक निर्माण गर्ने रहेको बताइएको छ । प्रथम चरणअन्तर्गत कुल ६ सय ५ किलोमिटर लम्बाइका १९ सडकहरूको निर्माणकार्य आगामी महिनादेखि नै सुरु हुने अपेक्षा गरिएको छ भने परियोजनाको सम्पूर्ण लागत नेपाल-भारत सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारले व्यहोर्ने र यसका लागि करिब ११ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । कुनै झन्झटबिना ठेकेदारलाई जग्गा उपलब्ध गराउने तथा सबै सडकहरूको लम्बाइ उपयोगिताबारे सुनिश्चितता प्रदान गर्ने जिम्मेवारीचाहिँ नेपाल सरकारको हुने सहमति भएको छ । यसका लागि भारत सरकारको तर्फबाट आरआईर्टर्ीइएस ‘परियोजना परामर्शदाता’ रहेको छ भने भारत र नेपाल दुवैले परियोजना कार्यान्वयनका लागि इन्जिनियरहरू नियुक्त गरिसकेका छन् । नेपाल सरकारले परियोजना संयोजकको नियुक्ति गर्नुका साथै परियोजनाको सहयोगका लागि नेपालगन्ज, हेटौंडा, जनकपुर र इटहरी गरी चार परियोजनास्थलमा कार्यालयहरूसमेत स्थापना गरिसकेको छ । सम्पूर्ण परियोजना कार्यान्वयनका लागि परियोजनास्थलको अध्ययन-भ्रमण गरी ढाँचा निर्माण गर्ने लक्ष्य राखेको समितिले हिजो मंगलबार कैलाली जिल्लास्थित दुई प्रस्तावित सडकको स्थलगत भ्रमणसमेत गरेको र लगत्तै पुनः बैठक बसी आगामी कार्ययोजना तय गरिने बताइएको छ ।

माओवादीको हिसाब मागिने
व्यापक आर्थिक अनियमितताको चङ्गुलमा फस्दै आएको एकीकृत माओवादीसँग निर्वाचन आयोगले उसको वारि्षक आर्थिक विवरण माग्ने तयारी गरिरहेको छ । एकीकृत माओवादीभित्र नेतृत्व तहबाटै आर्थिक अनियमितता भएको भन्ने गुनासो बढ्दै गएको र निर्वाचन आयोगमा लामो समयदेखि आफ्नो आयव्यय विवरण नबुझाएकोले आयोगले उसको आर्थिक हरहिसाब माग्ने तयारी गरिरहेको स्रोतको भनाइ छ । निर्वाचन आयोगमा दर्ता भएका हरेक राजनीतिक दलले प्रत्येक वर्षको अन्त्यमा आफ्नो प्रगति तथा आर्थिक विवरण बुझाउनुपर्ने हुन्छ । तर, माओवादीले सो सम्बन्धी कुनै पनि विवरण आयोगलाई बुझाएको छैन । आयोगका दलसम्बन्धी ऐनमा हरेक पार्टीले वर्षको एकपटक आफ्नो दलको सम्पूर्ण विवरण आयोगलाई बुझाउनुपर्ने उल्लेख छ । तर, दलसम्बन्धी संशोधित ऐनमा अनिवार्य भन्ने शब्द नराखिएकाले दलहरू आफ्नो विवरण दिन चाहँदैनन्,’ आयोगका एक कर्मचारीले भन्नुभयो । यसले आयोगलाई उनीहरूको हरहिसाब माग्न केही बन्देजजस्तो लगाएकाले पत्र काट्न भने केही कन्जुस्याइँ गरेको छ । उहाँले थप्नुभयो, ‘अब त आयोग बाध्य भएको छ, उसको आर्थिक विवरण माग्न ।’ २०६२ सालअघिको ऐनमा भने दलहरूले अनिवार्य रूपमा निर्वाचन आयोगलाई आफ्नो हिसाबसहित वारि्षक विवरण बुझाउनुपर्ने उल्लेख थियो ।
आयोग अधिकारीका अनुसार प्रधानमन्त्री निर्वाचन क्रममा सांसद खरिद-बिक्री गरेको आरोप लागेपछि आयोग लिखित रूपमै एकीकृत माओवादीसँग आर्थिक विवरण माग गर्ने निचोडमा पुगेको थियो । आयोगका ती अधिकारीले भन्नुभयो, ‘झन् अहिले आर्थिक पारदर्शिता नभएको नेतृत्व आर्थिक विचलनमा फसेको भन्ने कुरा उनीहरूको प्रतिवेदनमा उल्लेख भएकोले आर्थिक विवरण माग्नु अनिवार्यजस्तै भएको छ ।’ छैटौं विस्तारित बैठकमा प्रस्तुतिका लागि तयार गरिएको उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईको राजनीतिक दस्तावेजमा पार्टीभित्र आर्थिक अनियमितता बढेको, हिसाबकिताब नराखेको भन्दै अध्यक्ष प्रचण्डको आलोचना गरिएको छ । उहाँहरूको प्रतिवेदनमा सांसद खरिद-बिक्री प्रकरण तथा चिनियाँ अधिकारीसँग माग गरेको पचास करोड रकमको बारेमा समेत प्रश्न उठाउँदै त्यसबारे गरेको भनिएको छानबिनका बारेमा पनि अध्यक्षले कुनै चासो नदेखाएको उल्लेख गर्नुभएको छ । उपाध्यक्षद्वयको प्रतिवेदनमा आर्थिक मुद्दालाई पनि महत्त्वका साथ समावेश गरेकोले कार्यकर्ता तथा नेतृत्वबीच पनि आर्थिक पारदर्शिताबारे बहस सुरु हुन थालेको छ । स्रोतका अनुसार केन्द्रमा मात्र नभएर जिल्ला तथा राज्य समितिमा समेत आर्थिक विवरण राख्ने गरिएको छैन । आफुखुसी रसिद बनाएर सर्वसाधारणसँग असुलेको रकम नेताहरूको मोजमस्ती र ऐस-आराममा नै खर्च हुने गरेको आरोप लाग्ने गरेको छ । अझ माओवादीको सहयोगी सङ्गठन भन्दै खोलिएको विभिन्न गणतान्त्रिक मञ्चले अहिले पनि स्थानीयस्तरका मुद्दा वा झगडा मिलाइदिएको बहाना बनाएर सर्वसाधारणबाट रकम असुल्ने गरेका छन् । उनीहरू न त्यसको विवरण राख्छन् न त यसबारे पार्टी केन्द्रलाई नै जानकारी गराउँछन् ।

प्रभावशाली नेताको अभावले त्रिवेणीधाम ओझेलमा
नवलीपरासीको त्रिवेणी सुस्तामा आयोजित एक कार्यक्रमका वक्ताहरूले नेपालको प्रमुख धार्मिक धरोहरहरूमध्येको एक त्रिवेणीधाममा सडक यातायातको विकास नभएकोले ओझेलमा परेको बताएका छन् । मुक्तिनाथ भगवान्को पाउस्थल र वाल्मीकि आश्रम त्रिवेणी क्षेत्रमा भए पनि त्यस क्षेत्रको बारेमा दरिलो नेताबाट प्रभावकारी पहल नभएकोले त्रिवेणीधाम अन्य धार्मिक क्षेत्रको तुलनामा निकै पछाडि परेको वक्ताहरूको कथन थियो ।
राजधानीदेखि करिब तीन सय पचास किलोमिटरको दूरीमा रहेको त्रिवेणीधाम नेपालको सबैभन्दा कम दूरीमा भारतीय सीमा छुने नाका भएको यहाँ धार्मिक पर्यटनका प्रशस्त आधार रहेकोमा बृहत् गुरुयोजनाअनुसार विकासका पर्ूवाधारलाई अगाडि बढाउन राजनीतिक दल, नागरिक समाजलगायत सबै पक्षको विकासमा सामूहिक प्रतिबद्धता जरुरी भएको औँल्याइयो । कार्यक्रममा बोल्ने एक दर्जन वक्ताले त्रिवेणी-दुम्कीवास अधुरो सडक पुनर्निर्माण गर्न सके त्रिवेणीको मुहार फर्ेन सकिने विचार व्यक्त गरे ।
जिविस नवलपरासीको आयोजनामा स्थानीय निकायबाट प्राप्त गरिने सेवासुविधा सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रममा वक्ताहरूले उपरोक्त धारण राखेका हुन् । उनीहरूले जिविस र स्थानीय गाविसबाट प्राप्त आर्थिक सहयोगलाई प्रयोगकर्ताले दुरुपयोग नगरी सही उपयोग गर्न सल्लाह दिएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा सुस्ता समस्या, त्रिवेणी क्षेत्रमा गरिएको निर्माण र नदी नियन्त्रण कार्यमा भएको अनियमियता रोक्न र अनुगमन गर्न सरोकारवाला पक्षले सुझाव दिएका थिए ।
त्रिवेेणी सुस्ता गाविससचिव गणेशप्रसाद विकको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले स्थानीयस्तरबाट उठाइरहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउँदै भारतसँग सरोकार रहेका विषयमा भारतीय समकक्षीहरूसँगको संयुक्त बैठकमा छलफल गरेर मिलाउन पहल गर्ने बताउनुभयो । सो अवसरमा स्थानीय विकास अधिकारी वसन्त अधिकारीले सुनुवाइ कार्यक्रममार्फ त्रिवेणी क्षेत्रसँग गाँसिएका समस्याप्रति गम्भीर भएर समाधानको बाटो पहिल्याउने वचन दिनुभयो । त्रिवेणी-दुम्कीवास सडकजस्तो महत्त्वपूर्ण कार्य गर्दा अनावश्यक उजुरीहरू परेर विकास कार्य प्रभावित भएको उहाँको कथन थियो । कार्यक्रममा नवलपरासीका ३५ गाविसका गाविससचिवहरूको उपस्थिति थियो ।
यसैबीच नवलपरासीका प्रजिअ हरिराज पन्तले सुस्ता क्षेत्रको निरीक्षण भ्रमण गरी त्यहाँका समस्याहरूबारे जानकारी लिनुभएको छ । सुस्ता बचाऔँ समितिका अध्यक्ष गोपाल गुरुङ र उपाध्यक्ष आदम खाँले स्थानीय समस्याबारे प्रजिअलाई अवगत गराएका थिए ।
– आरपी उपाध्याय

महानगरपालिकाका भ्रष्टहरू अमेरिका सयरमा
‘सुशान’मा सबैभन्दा अन्तिम र ‘भ्रष्टाचार’मा सबैभन्दा अगाडि मानिने काठमाडौं महानगरपालिकाभित्र पुनः करोडौं भ्रष्टाचार भएको समाचार प्राप्त भएको छ । महानगरपालिका सम्बद्ध उच्च कर्मचारीस्रोतका अनुसार पछिल्लोपटक काठमाडौंको नयाँबानेश्वर तथा कलंकीमा बनाउन लागिएको आकासेपुलको ठेक्का प्रकरण तथा हनुमानढोका दरबारक्षेत्र मर्मत-सुधार ठेक्का प्रकरणमा यस्तो भ्रष्टाचार भएको हो । स्रोतका अनुसार आकासेपुल ठेक्का प्रकरणमा ठेकेदार कम्पनी ‘इनोभेटिभ’बाट कार्यकारी अधिकृत आनन्दराज पोखरेलले सीधै ३५ लाख र हनुमानढोका दरबार क्षेत्र मर्मत-सम्भारको ठेक्का दिँदा नगद ३० लाख बुझेका छन् । हनुमानढोका दरबार क्षेत्रको मर्मत-सम्भारको ठेक्का लिने ठेकेदार महानगरकै भौतिक निर्माण विभागका प्रमुख विमल रिजालले खोजेको स्रोतको दाबी छ । उनले ठेकेदार कम्पनीबाट ५० लाखभन्दा बढी घुस खाई महानगरका विभागीय प्रमुखहरू शान्तराम पोखरेल, शङ्कर कँडेल, रविनमान श्रेष्ठलगायतसँग रकम बाँडफाँड गर्दा ३० लाख मात्र प्राप्त भएको भनी ढाँटेकाले घुस्याहा कर्मचारीबीचमै झगडा भएको थियो । यस प्रकरणपछि विमलले जागिरबाटै राजीनामा दिएका छन् तर राजीनामा भने अझै स्वीकृत गरिएको छैन । महानगरपालिकामा पूर्वउपमेयरदेखि वडाध्यक्ष र कर्मचारीहरूले १२ करोडभन्दा बढी रकम लिएर पेस्की फस्र्योट नगरेको भनी राष्ट्रिय सतर्कता केन्द्रले यसअघि नै आफ्नो प्रतिवेदन सार्वजनिक गरिसकेको छ भने आन्तरिक लेखापरीक्षणसमेत विगत ६ वर्षदेखि दुरुस्त नभएको समाचार पनि सार्वजनिक भइसकेको छ ।
महानगरपालिकामा अहिले पनि शंकर कँडेल, शान्तराम पोखरेल, बद्री खड्का, रविनमान श्रेष्ठ, डा. बाबुराम गौतम, धनपति सापकोटा, नूरनिधि न्यौपानेसहितका व्यक्तिहरूको समूहले ठेक्कापट्टा तथा फोहोर उठाउने नाममा ब्रह्मलुट गरिरहेको स्रोतको दाबी छ । यो गिरोहले वडाध्यक्षदेखि ठेकेदार कम्पनीसँग पनि रकम उर्ठाई जनताको करमाथि लुट गर्ने गरेका छन् । अहिले यो गिरोहमा प्रमुख तथा कार्यकारी अधिकृत आनन्दराज पोखरेलसमेत सहभागी भएको बताइन्छ । यही चास्नीमा डुबेको भएर नै सचिवको दरबन्दी नै हटाइसक्दा पनि आनन्दराजले महानगर छाड्न चाहेका छैनन् । यो गिरोहले महानगरको नाममा व्यक्तिगत लाभ कति लिन्छ भन्ने त ‘अमेरिकी संस्था इक्मालाई महानगरको कर्मचारीका रूपले आमन्त्रण गर्ने’ भनी महानगरको लेटरप्याड प्रयोग गरेर श्रीमतीसहित आनन्दराज पोखरेल, शंकर कँडेल, शान्ताराम पोखरेल अमेरिका सयरमा गएबाट पनि प्रस्ट हुन्छ ।
यो भ्रमणमा पनि उनीहरूले केही पुराना ठेकेदारबाट १० लाख लिएको स्रोतको दाबी छ । त्यति मात्र होइन, आनन्दराज पोखरेलले यो भ्रमणको निम्ति मन्त्रीको स्वीकृति नै लिएका छैनन् । ‘सचिव पोखरेल र स्थानीयमन्त्री पूर्णकुमार शर्ेमा सोझा-गज्याङ्ग्रा छन्, त्यस्तालाई किन सोध्ने – मुख्यसचिव माधव घिमिरेसँग मेरो राम्रो सम्बन्ध छँदै छ,’ भनी आनन्दराजले गफ दिने गरेको पनि महानगरसम्बद्ध एक विभागीय प्रमुखले बताए । उनले भने, ‘महानगरमा भ्रष्टाचार मात्र होइन नक्कली र्सर्टिफिकेटको पनि उत्तिकै बोलवाला छ । डा. बाबुराम गौतम भेटनेरी डाक्टर भए पनि मान्छेको डाक्टरको पदमा जागिर खाइरहेका छन् भने विक्रम अधिकारी नक्कली र्सर्टिफिकेटको कारण निलम्वन परी अख्तियारमा धाउँदै छन् । छानबिन गर्ने हो भने अरू पनि दर्जनौं व्यक्ति नक्कली र्सर्टिफिकेट वा र्सर्टिफिकेटबिनै जागिर खाएको पाइने निश्चित छ ।’ तर यस्ता भ्रष्टहरूले अख्तियारदेखि सतर्कता केन्द्र नै किन्न सक्ने पनि स्रोतको दाबी छ । बुझिएअनुसार आनन्दराजले मन्त्री पूर्णकुमार शर्ेमालाई महानगरपालिकाका कुनै पनि कार्यक्रममा आमन्त्रण गर्ने गरेका छैनन् । कलंकीमा आकासेपुल शिल्यान्स गर्दा विपक्षी दलका नेता प्रचण्डलाई बोलाउने तर विभागीय मन्त्रीलाई नबोलाएबाट पनि यसको पुष्टि भएको महानगरका कर्मचारीहरू बताउँछन् ।

बाइसौं भ्रमणमा नेपालको बखान
बाइसपटक नेपाल भ्रमण गरेर छुट्टै रर्ेकर्ड कायम गरेका बेल्जियम नागरिकबारे होटल मेलुङ्चेले आयोजना गरेको एक कार्यक्रममा जानकारी गराइयो । पहिलोपटक सन् १९९० मा नेपाल आएका लक स्टिनिस नामका ती पर्यटकले नेपालका अधिकांश भागको पैदल यात्रा गरिसकेका कार्यक्रममा जानकारी दिइयो । बाइसौंपटक गत २६ अक्टोबरमा नेपाल आइपुगेका स्टिनिसले नेपालको सौर्न्दर्य र नेपालीको सरल तथा सादगीपनसँग आफू भुतुक्कै भएको अभिव्यक्ति दिए । नेपालका विकटभन्दा विकट पहाड एवम् दुर्गमस्थानहरूको समेत यात्रा गरेर नेपालको पर्यटकीय महत्त्वबारे प्रशस्त जानकारी राख्न सफल स्टिनिसले विश्वमा जहाँ पुग्दा पनि नेपालको बखान गरेर मानिसहरूलाई नेपालको यात्रा गर्न लालायित तुल्याई पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको होटल मेलुङ्चेका सञ्चालक कुमार गिरीले बताए ।

को-को रहेछन् ०४७ को संविधान ब्युँताउनेहरू
मुलुकमा जनआन्दोलन-२ सफल भई लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको नयाँ संविधान निर्माणको प्रक्रिया चलिरहेको परिवेशका बीच गत कात्तिक २३ गते ‘मुलुकमा संविधान जारी भई प्रजातान्त्रिक अभ्यास भइरहेको २१ वर्ष पुगेको उपलक्ष्य’मा एउटा विचार गोष्ठी सम्पन्न भएको छ । ०४६ चैत २६ गते देशमा पूर्ण प्रजातन्त्र स्थापित भई त्यसैको जगमा विश्वकै सर्वोत्कृट संविधान निर्माण भएको ठहरका साथ केशरजंग रायमाझीलाई प्रमुख अतिथि बनाएर डल्लु आवास क्षेत्रमा भेला भएका व्यक्तिहरूले अनौठा तर्कका साथ अभिव्यक्ति दिएर गोष्ठीलाई रोचक तुल्याए ।
‘सर्वमान्य नेता गणेशमान सिंहले नेपालको पर्रि्रेक्ष्यमा राजतन्त्र चाहिन्छ भन्नुभएको थियो’ भन्ने अभिव्यक्ति दिँदै डा. केशरजंग रायमाझीले संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्थाजस्ता बुँदाहरू २०४७ को संविधानका अपरिवर्तनीय बुँदाहरू रहेको सुझाएका थिए भने इतिहासविद्का रूपमा समेत चिनिने चेतेन्द्रजंग हिमालीले ‘राजदरबार हत्याकाण्डमा देशभक्त प्रजातन्त्रवादी राजा वीरेन्द्रको वंश विनाश हुँदा दरबारको सुरक्षा हर्ेर्ने जिम्मा हाम्रो होइन भन्ने ‘शाही’ नेपाली सेनाले देश र जनताको सुरक्षाको जिम्मा लिन सक्छ -‘ भनी प्रश्न गरेका थिए । उनले ‘राजा ज्ञानेन्द्रबाट मरेकालाई बचाउने र आफूचाहिँ मर्ने हस्ताक्षर कसको दबाबमा गरे -‘ भन्नसमेत बाँकी राखेनन् । त्यसैगरी अधिवक्ता जुक्तिजंग लामिछानलेे अब अर्को संविधान नबने २०४७ को संविधान पुनः जगृत हुने दाबी गरे भने हाल देशमा जारी असहमतिपूर्ण अवस्थालाई २०४७ को संविधानले मात्र समन्वय गर्न सक्ने तर्क बुद्धिजीवी प्रकाश ए. राजले गरे । नेपालमा अनमिनको भूमिका निश्पक्ष नभएकोमा छिमेकी भारतसमेत सशङ्कित रहेको पनि उनले बताए । कट्टर राजतन्त्रवादीका रूपमा परिचित राजनीतिक विश्लेषक दर्ीघराज प्रर्साईंले चाहिँ दलहरूले नयाँ संविधान बनाउन नसक्ने दाबी गर्दै शान्ति स्थापनाका लागि अब ‘राजा’ र माओवादी मिलेर देश चलाउनुपर्ने राय प्रस्तुत गरे । भेला आयोजक राष्ट्रिय समाज सुधार संस्थाका सल्लाहकार सेनाका पूर्वमेजर भीमबहादुर गुरुङले नेपाली सेनाको भूमिका अनिवार्य रहेको जनाउँदै नेपालमा नेता नभएकाले कटवाल या मर्ुर्सरफ जन्मनुपर्ने धारणा चर्को स्वरमा सुनाए ।
रा.स.सु.संस्थाका संयोजक शंकर मघैयाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थाका सल्लाहकार प्रा. यादवप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य नीरा रञ्जित, राष्ट्रिय चिन्तन अध्ययन केन्द्रका अध्यक्ष जीवनलाल श्रेष्ठ आदिले ०४७ को संविधान ब्युँताउनुपर्ने कुराको चर्को वकालत गरेका थिए भने सोही अवसरमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ता जुक्तिजंग लामिछाने, अधिवक्ता लक्ष्मीप्रसाद पोखरेल, अधिवक्ता बालकृण न्यौपाने, प्यारीनानी रञ्जित, कल्याणी प्रधान, पत्रकारहरू सोमनाथ घिमिरे, निमकान्त पाण्डे, पवन थापा ‘कुन्तल’, हरि लम्साल, राजन कार्की, पुष्पराज प्रधान, रामचन्द्र तिवारी, प्रदीपमान श्रेष्ठ, सुजीव बज्राचार्य, गंगा मानन्धर आदिलाई सम्मान गरिएको थियो ।

ँयुवाकेन्द्रित कृषि कार्यक्रम आवश्यक’
विगत केही महिनादेखि नेपालमा खाद्य अधिकार बाँच्ने अधिकार सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने र सचेतना जगाउने कार्य गर्दै आएको एक्टिभिस्टा नेपालले राजनीतिक दलहरूसँग खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्ताको विषयमा छलफल गरी धारणा जान्ने प्रयास गरेको छ । संवैधानिक संवाद केन्द्रमा आयोजित कार्यक्रममा सहभागी दलका प्रतिनिधिले युवाकेन्द्रित कृषि कार्यक्रम र वैज्ञानिक कृषिमा प्रणालीको आवश्यकता रहेको महसुस गर्नुका साथै भोकमुक्त नेपालका लागि अभियान गरिरहेका एक्टिभिस्टालाई प्रभावकारी कार्यान्वयनका नीतिहरू बनाई संवैधानिक समितिमा ल्याउन अनुरोधसमेत गरेका थिए ।

महाकविलाई पहिले बुझ्ने को –
नेपाली वाङ्मयका अमर विभूति महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०२औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । १९६६ कात्तिक २७ गते काठमाडौंको डिल्लीबजार धोबीधारामा पं. तिलमाधव र अमरराज्यलक्ष्मी देवकोटाका साहिँला सुपुत्रका रूपमा जन्मेका देवकोटा नेपाली साहित्यमा अद्वितीय तथा विश्वका उत्कृष्ट सिर्जनाकार पनि मानिन्छन् । कसैले लक्ष्मीपूजा र कसैले कात्तिक २७ गते जन्मजयन्ती आ-आफ्नै तरिकाबाट मनाउने गरेका छन् । यसैबीच गत कात्तिक २७ गते नागार्जुन साहित्यिक प्रतिष्ठानले शिक्षा पत्रकार समूहको सभाकक्षमा एक विचार तथा कविगोष्ठीको आयोजना गर्‍यो । गोष्ठीमा बोल्दै मदन पुरस्कार विजेता चर्चित साहित्यकार कृष्ण धरावासीले कवि देवकोटाको एक्लो मुनामदन नै आजसम्मका पुस्ताका लागि पहाड भएको, देवकोटा अथाहा समुद्र भएकाले उनीभित्र जसले जे चाह्यो, त्यही भेट्टाउने हुँदा खोज्ने पाठकहरू बढेको बताए । उनका रचनामा सर्वकालजयी शब्दहरूको प्रयोग भएकाले उनी चिरन्तकालसम्म पनि अप्रतिस्पर्धी भइरहने विचार व्यक्त गरे । अर्का प्रखरवक्ता विनोदमञ्जन कार्कीले देवकोटालाई भारतका प्रसिद्ध लेखक एव् चिन्तक राहुल सांकृत्यायनले हिन्दीका तीन महाकविहरू प्रसाद, पन्त र निरालाको एउटै रूप भनेको प्रसङ्ग झिक्दै कवि देवकोटा पश्चिमका गेटे, शेली, एज्रा पाउण्ड र ब्राउनिङ् बराबर एक्लै भएको तर्क प्रस्तुत गरे । उनले देवकोटालाई बुझनसक्ने पहिलो नेपाली र्सर्ूयविक्रम ज्ञवाली र दोस्रो व्यक्ति विश्वेश्वरप्रसाद कोइराला हुन् भनी टिप्पणी गरे ।
कवि नरेश शाक्यको सभापतित्व रहेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष दाहाल यज्ञनिधिले स्वागत मन्तव्य दिँदै देवकोटाको समावेशी तथा बहुआयमिक व्यक्तित्वको पनि चर्चा गरे । कार्यक्रममा कविहरू भागवत आचार्य, ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, गोपालकुमार मैनाली, स्वागत नेपाल, बलराम दाहाल, हरिमाया भेटवाल, नारायण विलासी, मणि लोहनी, प्रदीप बमजनलगायत झन्डै १ दर्जन कविहरूले कविता, गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा वैरागी जेठाले धन्यवाद तथा सञ्चालन प्रकाश सिलवालले गरेका थिए । कार्यक्रममा प्रतिष्ठानको उद्देश्य समावेशी र नागरिक हकप्रति सचेत रहेको पनि बताइयो ।

नेपाल रामाविलाई भारतद्वारा दुई करोड
३५ वर्षअघि स्थापित सर्ुर्खेतको श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयले नयाँ भवन पाउने भएको छ । भारतका राजदूत राकेश सुदले सर्ुर्खेत जिल्ला भ्रमणको क्रममा गत कात्तिक २४ गते नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारको एक करोड ९८ लाख अनुदान सहयोगमा निर्माण गरिने सो विद्यालयको शिलान्यास गर्नुभयो । भारत सरकारको सहयोगमा सर्ुर्खेत जिल्लामा सञ्चालित दोस्रो विकास परियोजनाका रूपमा रहने सो विद्यालय भवन निर्माणका लागि भारत सरकारले एक करोड ९८ लाख अनुदान सहयोग प्रदान गरेको छ ।
शिलान्यास कार्यक्रममा सम्बोधनको क्रममा नेपालको समग्र विकासमा शैक्षिक पर्ूवाधारको महत्त्वमाथि जोड दिँदै राजदूत सुदले भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित विभिन्न विकास परियोजनाहरूले उक्त दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउने आशा व्यक्त गर्नुभयो ।
सन् १९७६ मा स्थापित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सर्ुर्खेतको पर्ूर्वीभागमा पर्छ । हाल विद्यालयको पुरानो तथा जीर्ण अवस्थामा रहेको भवन विद्यालयको बढ्दो आवश्यकतालाई पूरा गर्न अपर्याप्त मात्र नभई विद्यार्थी तथा शिक्षकहरू अत्यन्त दुरावस्था झेल्न विवश छन् । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने नयाँ संरचनाले अधिकांश छात्रा रहेको सो विद्यालयका ६ सय ५० भन्दा बढी विद्यार्थीको शैक्षिक आवश्यकतालाई पूरा गर्नुको साथै अध्ययन-अध्यापनमा अझ राम्रो वातावरण प्रदान गरी यस क्षेत्रको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नेपालका सबै जिल्लाहरूलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पर्ूवाधार निर्माणका लागि हालै कार्यान्वयनमा रहेका ठूला तथा साना ३ सय असीभन्दा धेरै परियोजनाहरूको लागत ५७ अर्बभन्दा धेरै रहेको बताइएको छ ।

अमेरिकी राजदूतले भने निजीक्षेत्रलाई काम गर्न देऊ
राजनीतिक अवस्था प्रतिकूलजस्तो भए पनि मुलुकको अर्थतन्त्र निरन्तर अगाडि बढ्ने वातावरण निर्माण गर्न नेपाल सरकार तथा राजनीतिक दलहरूबाट सहयोग हुनुपर्ने धारणा अमेरिकी राजदूत स्कट एच. डेलिसीले व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ सचिवालयमा गत साता नेपाल-अमेरिकी सहयोग तथा नेपालको विद्यमान आर्थिक वस्तुस्थितिलगायतका विषयमा छलफल गर्ने क्रममा राजदूत डेलिसीले सो धारणा राख्नुभएको हो ।
उहाँले अमेरिकी सरकार तथा अमेरिकी जनताले नेपाल एक शान्त, समृद्ध, निरन्तर आर्थिक प्रगतिको पथमा लम्किरहेको र जनताको प्रत्यक्ष शासन व्यवस्था अङ्गीकार गरेको राष्ट्रको रूपमा हेर्न चाहेको बताउँदै जनतालाई बढीभन्दा बढी अर्थतन्त्रको मूल प्रवाहमा समाहित गर्ने वर्ग निजी क्षेत्र नै भएको उल्लेख गर्नुभयो । निजीक्षेत्रलाई निरन्तर काम गर्ने वातावरणमा कतैबाट व्यवधान हुन नहुनेमा जोड दिँदै राजदूत डेलिसीले नेपालको तयारी पोसाकलगायतका वस्तुको अमेरिकी बजारमा निर्यात सुनिश्चितता गर्न प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्ने सुझाव दिनुभयो । नेपालमा जलविद्युत्, पर्यटन, व्यावसायिक कृषि विकासका क्षेत्रमा संयुक्त लगानीको पर्याप्य सम्भाव्यता भए तापनि हालसम्म ठोस प्रगति हुन नसकेकोले यस्तो सम्भाव्यतालाई यथार्थमा रूपान्तरण गर्नुपर्ने बेला आएको पनि उहाँको कथन थियो ।
छलफलका क्रममा महासङ्घका अध्यक्ष कुशकुमार जोशीले नेपाल र महासङ्घको अमेरिकी सरकार तथा राजदूतावाससँगको सम्बन्ध ऐतिहासिक रहेको जिकिर गर्नुहुँदै नेपालको कृषि, जलविद्युत्, वातावरणलगायतका क्षेत्रमा अमेरिकी लगानी र सहयोगको प्रचुर सम्भावना रहेकाले आर्थिक सम्बन्ध विस्तारका लागि मिलेर काम गर्न राजदूतलाई आग्रह गर्नुभयो । निवर्तमान अध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष सुरज वैद्य, उपाध्यक्षहरू कृष्णप्रसाद ताम्राकार, भाष्करराज राजकरि्णकार, कार्यकारिणी समितिका सदस्यहरू, उद्यमी व्यवसायीहरूसमेत सहभागी रहेका सो कार्यक्रममा संविधान निर्माणमा भएको ढिलाइ, सरकार बन्न भएको विलम्ब, राजनीतिक पार्टीहरूमा देखिएको खिचातानीका कारण अर्थतन्त्रमा परेको प्रत्यक्ष मार, सुशासनको अभाव, बढ्दो व्यापार घाटा, ऊर्जा अभाव, मजदुर समस्यालगायतका विविध विषयमा सो अवसरमा विस्तृत छलफल भएको थियो ।

दुराचारीलाई १५ महिना कैद
तीन वर्षअघि नेपाली बालबालिकामाथि यौन अपराध गरेको अभियोग लागेको अस्ट्रेलियन नागरिक जोफ्री प्रिजलाई सिड्नीस्थित स्थानीय अदालतले १५ महिना कैद सजाय सुनाएको छ । ०६४ असार ११ गते चितवनमा बालबालिकाहरूसँग यौन-सम्बन्ध राखेको उजुरी परेपछि प्रिजलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा चलाएको थियो । त्यतिबेला २८ हजार धरौटीमा रिहा भएपश्चात् जोफ्रीलाई नेपाल प्रहरीले अस्ट्रेलिया डिपोर्ट गरेको थियो । अस्ट्रेलियाको बाह्य क्षेत्रीय अपराधसम्बन्धी कानुनको आधारमा निजविरुद्ध सिड्नीस्थित डाउनिङ सेन्टर लोकल कोर्टमा यौन अपराधसम्बन्धी मुद्दा चलाइएको थियो ।
तीन वर्षभन्दा लामो समयसम्म नेपाल प्रहरी र अस्टे्रलियन सङ्घीय प्रहरीबीच भएको सहयोग आदान-प्रदानको परिणामस्वरूप अदालतले उक्त फैसला सुनाएको हो । यस प्रकरणमा नेपाल प्रहरीले उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै अस्ट्रेलियन दूतावासले धन्यवाद दिएको नेपाल प्रहरीले जनाएको छ ।

आत्मशान्ति गर्न महायज्ञ
नेपाली काङ्ग्रेसका संस्थापक नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आत्माको शान्तिका लागि राजधानीमा महायज्ञ हुने भएको छ । युवा पण्डित विष्णु प्रपन्नाचार्यले पुराण वाचन गर्ने सो महायज्ञबाट सङ्कलित रकमबाट मुलुकभरिको प्रत्येक गाविसबाट एक-एकजनागरी चार हजार गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ । त्यसैगरी जीपी आश्रम, जीपी मेमोरियल हस्पिटल, जीपी सङ्ग्रहालय, सालिक र समाधी निर्माण गर्ने लक्ष्य लिइएको छ । अगामी फागुन १५ देखि २५ गतेसम्म हुने महायज्ञको क्रममा १५ गते पहिलो दिन एक लाख आठ मातृ शक्तिहरूको कलस यात्रा, १६ गतेदेखि राजधानीको टुँडिखेलमा प्रत्येक दिन बिहान योगीराज प्रकाश ढुङ्गानाबाट योग साधना शिविर सञ्चालन र युवा पण्डित विष्णु प्रपन्नाचार्य सङ्गीतमय तथा लीलामय श्रीमद्भागवत कथा प्रवचन, २४ गते सर्वधर्म सद्भावना सन्त सम्मेलन तथा असङ्ख्य दीप प्रज्ज्वलन र २५ गते अन्तिम दिन पूर्ण आहुती गरिनेछ ।

फ्रान्समा नेपालको प्रशंसा
फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ र श्रीमती सिर्जना श्रेष्ठले पेरिसबाट झन्डै ९०० किलोमिटर दक्षिणमा रहेको लमोथे-गोआस फ्लेउरेन्स सहरको भ्रमण गर्नुभयो ।
गियर्स हिमालयन एसोसिएसनको आयोजनामा गत कात्तिक २० र २१ गते फ्रान्सको दक्षिणी सहर लमोथे-गोआस फ्लेउरेन्समा आयोजित ११औँ रिकोन्टिज हिमालयन कार्यक्रमको उद्घाटन फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले गर्नुभयो । सो अवसरमा लमोथे-गोआसका मेयर एलन स्कुडेल्लराले आफूलाई नेपाल निकै मनपर्ने देश भएको र हालसम्म १५ पटक नेपालको भ्रमण गरिसकेको खुलासा गर्नुभयो । नेपाल पर्यटन वर्ष २०११ मा पनि प्रतिनिधिमण्डलसहित नेपालको भ्रमणमा जाने आफ्नो योजना रहेको बताउँदै उहाँले नेपाली राजदूत तथा उहाँकी श्रीमती सिर्जनासमेतलाई स्वागत गर्न पाउँदा आफूसहित पूरै सहरवासी खुसी भएको अभिव्यक्ति दिनुभयो । गियर्स हिमालयन एसोसिएसनका अध्यक्ष मि स्कुल्लेरोले स्थापनाकालदेखि आफ्नो संस्थाले गरिआएका क्रियाकलापहरूका सम्बन्धमा प्रकाश पारेका थिए । स्मरणीय छ, सो संस्थाले नेपालका विभिन्न जिल्लाहरूमा स्कुल स्थापना गर्नेदेखि गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने र फ्रेन्च भाषा पढाउन पनि मद्दत गर्दै आएको छ ।
फ्लेउरेन्स सहरका मेयर तथा सिनेटर रेमन्ड भेल्लेले नेपाल तथा फ्रान्सबीच धेरै वर्ष अगाडिदेखि सम्बन्ध रहिआएको र नयाँ राजदूतको आगमन भएकोले उहाँसँग मिलेर दुई देशबीचको सम्बन्धलाई बढावा दिने बताउनुभयो ।
मन्तव्य प्रकटका क्रममा राजदूत श्रेष्ठले नेपालीलाई मद्दत गरेकोमा जीएसएलाई धन्यवाद दिँदै उपस्थित सबैलाई नेपालको भ्रमण गर्न निमन्त्रणा दिनुभयो । कार्यक्रमको दोस्रो दिन नेपालमा शिक्षाको विकास विषयक सेमिनारको आयोजना गरिएको र त्यसमा सूर्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्यबहादुर केसीले कार्यपत्र पेस गरेका थिए ।

सार्कमा बेरोजगारीको चित्र
सार्कक्षेत्रीय व्यापार अत्यन्त धिमा गतिमा अघि बढेको र क्षेत्रीय व्यापारलाई बढावा दिनका निम्ति यस क्षेत्रका सम्भाव्यतालाई उजागर गर्नु अत्यन्त आवश्यक भइसकेको सर्न्दर्भमा नेपाल उद्योग वाणिज्य महासङ्घ, सार्क उद्योग वाणिज्य सङ्घ र नेपाली युवा उद्यमी मञ्चद्वारा संयुक्त रूपमा सार्क युवा उद्यमी मञ्चको पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । फ्रेडरिक नौमान स्टिफटुङ नामक जर्मन संस्थाको सहयोगमा आयोजित सो बैठक क्षेत्रीय व्यापार प्रवर्द्धनका माध्यमबाट दक्षिण एसियाका जनताको जीवनस्तर उकास्ने सार्क उद्योग वाणिज्य सङ्घको लक्ष्य पूरा गर्न सहयोगी र महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
सार्क क्षेत्रका युवा उद्यमीहरूको सहभागितामा आयोजना भएको उक्त बैठकलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीले यस क्षेत्रका युवा उद्यमीहरूलाई एकै ठाउँमा भेला गराई क्षेत्रीय व्यापार विस्तार, आपसी चुनौतीको निराकरण गरी यस क्षेत्रको आर्थिक व्यापारिक अवस्थालाई अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धी गराउन मञ्च सफल हुने विश्वास प्रकट गर्नुभयो । यसैगरी सार्क उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठले यस क्षेत्रमा विद्यमान गरिबी, अदक्षता, अशिक्षाजस्ता विकासका अवरोधहरूलाई चुनौतीको रूपमा नभई अवसरको रूपमा लिएर अगाडि बढेमा आर्थिक समृद्धि गर्न सकिने धारणा राख्नुभयो भने सार्क उवासङ्घका महासचिव इकवाल ताविसले सार्क युवा उद्यमी मञ्च सार्क उवासङ्घको एक रणनीतिक पहल भएको र यस मञ्चले भविष्यमा यस क्षेत्रका युवा उद्यमीहरूलाई दक्षिण एसियाका उदीयमान व्यावसायिक नेताको रूपमा विकास गर्ने बताउनुभयो ।
बैठक उद्घाटन कार्यक्रममा फ्रेडरिक नौमान स्टिफटुङ क्षेत्रीय निर्देशक सुबोध कुमार, सार्क युवा उद्यमी मञ्चका अध्यक्ष सहारूख मल्लिक, नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष अनुजकुमार श्रेष्ठले मञ्चको काठमाडौं बैठक क्षेत्रीय व्यापार विस्तार, लगानी प्रवर्द्धनका माध्यमबाट यस क्षेत्रका जनताको जीवनस्तर उकास्ने सार्क उवासङ्घको लक्ष्यलाई हासिल गर्ने दिशामा महत्त्वपूर्ण हुने विश्वास प्रकट गर्नुभयो । साथै उहाँहरूले परिवर्तनका वाहक नै युवाहरू भएकाले युवाहरूलाई राष्ट्रको आर्थिक विकासमा अग्रसर हुने वातावरणको निर्माण राज्यले गरिदिएमा यस क्षेत्रमा निकै ठूलो परिवर्तन आउने दाबीसमेत गर्नुभयो ।
एक तथ्याङ्कअनुसार सन् १९८० मा ३ दशमलव २ प्रतिशत रहेको दक्षिण एसियाको क्षेत्रीय व्यापार सन् २००८ मा ५ दशमलव ५ प्रतिशत मात्र पुगेको छ । व्यापार विस्तारको यो तथ्याङ्क नाफ्टा, युरोपियन युनियन,, आशियान तथा ‘कमसा’जस्ता क्षेत्रीय व्यापारका तुलनामा अत्यन्त कम भएकोले यसलाई अभिवृद्धि गर्नु यतिबेला सार्क क्षेत्रका लागि अत्यन्त चुनौती रहेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सन् २००९ को एक र्सर्भेक्षणअनुसार सन् २००९ को अन्त्यसम्म दक्षिण एसियामा युवा बेरोजगारी सङ्ख्या १ करोड ५३ लाख रहेको छ । यो तथ्याङ्क पर्ूर्वी एसिया र दक्षिण पर्ूर्वीएसिया र प्यासिफिक क्षेत्रको तुलनामा निकै बढी हो । पर्ूर्वीएसिया १ करोड २८ लाख, दक्षिण पर्ूर्वीएसिया र प्यासिफिक क्षेत्रमा युवा बेरोजगारी सङ्ख्या ८३ लाख रहेको थियो । यस क्षेत्रका युुवा उद्यमीहरूले यस क्षेत्रको यसप्रकारको चुनौतीलाई बुझेर यस क्षेत्रमा बढीभन्दा बढी रोजगारी सिर्जना हुने कार्यक्रम ल्याउनुपर्ने टड्कारो आवश्यकता रहेको कार्यक्रममा औंल्याइएको थियो ।

सुविधामुखी गाविससचिवका अनेक बहाना
रौतहट । जिल्लाका अधिकांश गाविसका सचिवहरू कार्यालयमा नबस्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । गाविससचिवहरू विभिन्न बाहना बनाएर गाविसमा अनुपस्थित भएपछि सर्वसाधारणलाई असुुविधा भएको हो । ती सचिवहरू लामो समयदेखि विभिन्न निहुँ बनाएर सदरमुकाम गौरमा बस्दै आएका छन् । रौतहट जिल्लाका अधिकांश गाविससचिवहरूले असुरक्षालगायतका विभिन्न कारण देखाउँदै सदरमुकाम गौरमा बसेर सुविधामुखी भएको पाइएको छ । सचिवहरू मनोमानी तरिकाले सदरमुकाममा बस्दासमेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन । जसका कारण स्थानीय सर्वसाधारणलाई सामान्य काम गराउन पनि कैयौँ दिन लाग्ने गरेको छ । सचिवहरू खोज्न सदरमुकाम गौर जानुपर्ने बाध्यता रहेको छ ।
जन्मदर्ता, विवाह दर्ता, बसँइँसराइ, जग्गाको नामसारी, नागरिकताको सिफारिसलगायतका कामका लागि अहिले गाउँगाउँबाट सर्वसाधारणहरू जिल्ला सदरमुकाम गौर धाउन बाध्य छन् । गाविससचिवहरू गाविस कार्यालयमा नबसिदिँदा एकैछिनमा हुने सानो कामका लागि बसभाडा खर्चेर सदरमुकाम धाउनुपर्ने र एक दिनमा नभेटे दुई दिन पूरै बिताउनुपर्ने भएकाले सर्वसाधारण मर्कामा परेका हुन् ।
जिल्लाका कतिपय गाविसका गाउँगाउँमा रहेका गाविसभवन रित्तै रहने गरेको छ । जिल्ला विकास समितिको एक किलोमिटर वरपर डेरा लिई अड्डा जमाएर बसेका गंगा प्रि्रा गाविसका सचिव जाहिर मन्सुरीले गाविस भवन नदेखेको तीन वर्ष पुग्न लागेको सो गाविसका बासिन्दा बताउँछन् । उनलाई समयमा सदरमुकाम गौरमा रहेको डेरामा समेत नभेटिने स्थानीयको कथन छ । सदरमुकाम गौरमा घर भाडामा लिएर गाविसको सम्पूर्ण काम गर्दै आएका कटहरिया गाविसका सचिव महमद महफुज अहमदसमेत विगत लामो समयदेखि गाविस कार्यालयमा गएका छैनन् । बैरिया गाविसका सचिव गोविन्द श्रीवास्तवले गाविसमा बसेर काम गर्न मुस्किल भएको भन्दै उनीहरूबाट बच्न विकास निर्माणको डेड लाख रकम भूमिगत समूहलाई दिएको धेरै समय नबिते पनि उनी गाविसको कार्यालयमा गएर काम नगर्ने सचिवमा पर्छन् । त्यस्तै गरुडा बैरिया गाविसका सचिवसमेत गाविसको कार्यालयमा बसेर काम नगर्ने सचिवहरूको सूचीमा रहेका छन् । कुल ९६ गाविस रहेको रौतहटमा अधिकांश गाविससचिव छन् जो कार्यालयमा नबसीकन अन्यत्र काममा लागेका छन् ।
रौतहटको उत्तरी भेगका केही गाविस कार्यालयमा मात्र गाविससचिव बसेर दैनिक कामकाज गर्ने गरेको भए पनि अधिकांश गाविसका सचिवलाई भेट्न लागि पनि सदरमुकाम गौर पुग्नुपर्ने बाध्यता रहेको छ । जिल्ला विकास समिति तथा जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणको यस्तो समस्याका बारेमा चासो नराख्दा सीमित दलका केही स्थानीय नेताहरूको मिलोमतोमा सदरमुकाम गौरमै गाउँपरिषद् गराई विकास अनुदानका लागि प्राप्त बजेट मिलिजुली खाने गरिएको छ । यसरी गरिएको गाउँपरिषद्ले कागजमा मात्र विकास निर्माणका काम गरेर बजेट बाँडफाँड गरेर खाने गरेका कारण रौतहटका अधिकांश गाविसको विकास निर्माणका कामहरू अवरुद्ध अवस्थामा रहेका छन् ।
गाउँमा सुरक्षाको स्थिति कमजोर भएको तथा विभिन्न आपराधिक समूहले चन्दा आतङ्क मच्चाएको र ज्यान मार्ने धम्की आउने गरेकोले गाउँमा बसेर काम गर्न सक्ने स्थिति नभएको अधिकांश त्यस्ता सचिवहरूको भनाइ छ । स्थानीय बासिन्दाका अनुसार रौतहटका अधिकांश गाविस सचिवहरूले भूमिगत समूहका लागि पहिले नै रकम छुट्याएर रकम बाँड्ने गरेकोले पनि उनीहरू गाउँ जान चाहँदैनन् । भूमिगत समूहका लागि भनेर छुट्याएको रकममा समेत सचिवहरूको लुछाचुँडी हुने गरेका समाचार जिल्लामा बेलाबेलामा उजागर हुने गरेका छन् ।
जिल्लाका ग्रामीण भेगका गाविसहरूमा जिल्ला विकास समितिले विकास निर्माणका लागि दिएको रकमको पाँच प्रतिशत रकमसमेत सदुपयोग हुने गरेको छैन । जिल्लाका कतिपय गाविसका सचिव तथा प्रािधिक सहायकहरू विभिन्न ठेक्कापट्टामा संलग्न रहेका कारण गाविसको काम पियनले गर्ने गरेका छन् ।
– नरहरिराज आचार्य

काङ्ग्रेस सभापतिको निवासमा ँनागरिक समाज’
शान्तिप्रक्रिया, संविधान निर्माण र राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक समाजको तर्फबाट दबाब सिर्जना गर्ने उद्देश्यले नागरिक समाजका अगुवाहरूले नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालासित भेटघाट गरेका छन् । दमननाथ ढुङ्गाना, श्याम श्रेष्ठ, चरण प्रर्साईं, डा. नेत्र तिम्सिना, प्रा. कपिल श्रेष्ठ, प्रा. रामेश्वर उपाध्याय, प्रा. वीरेन्द्र मिश्र, शर्मिला कार्की र वासु ढकालसहितको प्रतिनिधिमण्डलले सभापति कोइरालालाई उहाँकै निवास महाराजगञ्जमा भेटेको थियो ।
भेटघाटका क्रममा शान्ति, संविधान र सरकारका विषयमा भएका प्रगतिहरूबारे प्रतिनिधिमण्डलले राखेको जिज्ञासाको जवाफ दिँदै सभापति कोइरालाले आफूहरू संविधान निर्माण र शान्तिप्रक्रियाबारे संवेदनशील र प्रतिबद्ध रहेको बताउनुभयो । सोही अवसरमा दलहरूबीच भएका सहमतिहरूको अनुगमनका लागि एक प्रभावकारी अनुगमन संयन्त्र बनाउन प्रतिनिधिमण्डलले आग्रह गरेको थियो ।

असहायको कार्यालयमा चोरी
बौद्धिक अपाङ्ग कल्याण संस्थामा हालै चोरीको घटना भएको छ । उक्त संस्थाको कार्यालयमा भएका कम्प्युटर, फोन सेट, पढाउने सामग्रीहरू, सिलाइमेसिन, चन्दा बाकसमा भएको अन्दाजी सात हजार नगद र ग्यास सिलिन्डरलगायतका भान्सामा प्रयोग गरिने सामानहरू चोरी भएको संस्थाका शशिबाबु पौडेलले जानकारी दिएका छन् । उक्त संस्थामा गरिब तथा असहाय १६ जना बौद्धिक अपाङ्ग अध्ययन गर्छन् । अपाङ्ग असहायको कार्यालयमा समेत चोरी भएकोमा सो संस्थाले निकै दुःख मानेको छ भने संस्थालाई सक्दो सहयोग उपलब्ध गराइदिन आमसमुदायसमक्ष अपिल पनि गरिएको छ ।

पत्रकारिता र पुस्तकालय-विज्ञान विषयमा स्वर्णपदक स्थापना
त्रिभुवन विश्वविद्यालयको विभिन्न उच्च पद र जिम्मेवारीमा रही त्यसको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने नारायणप्रसाद मिश्र र शान्ति मिश्रले त्रिविमा दुई स्वर्णपदक स्थापनार्थ अक्षयकोषका लागि तीन लाख पचास हजार र यही मङ्सिर महिनामा हुने दीक्षान्त समारोहमा वितरण गरिने दुई स्वर्णपदकका लागि थप ५३ हजार गरी चार लाख तीन हजार तीन सय त्रिविलाई प्रदान गर्नुभएको छ । उक्त अक्षयकोषबाट प्रत्येक वर्षको दीक्षान्त समारोहमा एमए पत्रकारिता विषयमा प्रथम श्रेणीमा प्रथम हुनेलाई नारायण-शान्ति मिश्र स्वर्णपदक र एम.लीब पुस्तकालय विज्ञान विषयमा प्रथम श्रेणीमा प्रथम हुनेलाई शान्ति-नारायण मिश्र स्वर्णपदक प्रदान गरिने छन् । नेपालमा आधुनिक पुस्तकालयको एक अनुकरणीय नमुनाको रूपमा त्रिवि केन्द्रीय पुस्तकालयको निर्माण गर्ने र नेपालमा आधुनिक पुस्तकालयहरूको विकास र निर्माणको आवश्यकता जनमानसमा फैलाउने आधुनिक पुस्तकालय आन्दोलनको अग्रजका रूपमा मिश्रदम्पती नेपाली विद्वत् समाजमा परिचित छन् भने पुस्तकालय विज्ञान विषयमा नेपाली भाषामा प्रकाशित प्रथम पुस्तक ‘पुस्तकालय विज्ञानको रूपरेखा’का लेखक पनि मिश्रदम्पती नै हुन् ।
भारतबाट पुस्तकालय विज्ञानमा एम.ए. गर्ने प्रथम एक नेपाली र अमेरिकाबाट पुस्तकालय विज्ञानमा एम.ए. गर्ने प्रथम नेपाली महिलाको हैसियतले पनि मिश्रदम्पतीको नाम अङ्कित छ । स्थापित पदक प्राप्त गर्नुहुने प्रतिभाशाली योग्य व्यक्तिहरू सक्षम, सबल र आदर्श पुस्तकालय विशेषज्ञ र आदर्श पत्रकारको नामावलीमा सदा अङ्कित हुन सकोस् भन्ने उहाँहरूको कामना छ । – उदिप्त दवाडी