किम जोङ-उन ‘पागल’ रहेको राष्ट्रपति ट्रम्पको ‘ठहर’ !

किम जोङ-उन ‘पागल’ रहेको राष्ट्रपति ट्रम्पको ‘ठहर’ !


अमेरिकी राष्ट्रपतिप्रति लक्षित हुँदै ‘कुकुर भुक्दै गर्छन्, तर क्षेप्यास्त्र कार्यक्रम नरोकिने’ अभिव्यक्ति दिने उत्तर कोरियाली नेता किम जोङ–उनलाई राष्ट्रपति ट्रम्पले पागल ‘ठहर’ गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले दुई दिनपहिले उत्तर कोरियाली गतिविधिलाई लिएर चासो व्यक्त गर्दै अमेरिकाका लागि मात्र नभै सवै सहयोगी देशको सुरक्षार्थ वासिङ्टनले कुनै कसर बाँकी नराख्ने बताएका थिए । यसको जवाफस्वरुप किमले ‘कुकुर भुक्दै गर्छन्…’ भन्दै क्षेप्यास्त्र परीक्षण नरोकिने चेतावनी दिएका थिए ।

यसैको प्रतिक्रियास्वरुप शुक्रबार राष्ट्रपति ट्रम्पले ‘किम जोङ–उन साँच्चै ‘पागल’ भएको र उनलाई आफ्ना जनता भोकमरीमा परेको वा मरेको कुरामा चिन्ता नभएको’ उल्लेख गर्दै अब उनको यसअघि कहिल्यै नभएको परीक्षण हुने बताएका हुन् ।

यसैक्रममा राष्ट्रसंघमा विश्व समुदायले किम र कोरियाको हतियारमोहलाई आलोचना गरिरहेका बेला शुक्रबार प्योङ्याङले अर्को हाइड्रोजन बम परीक्षणको धम्की दिएको छ ।