गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै

गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै


 दुर्लभ एकसिंगे गैँंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । चोरी शिकार, वासस्थानको अभाव, पानीको स्रोतमा आएको कमी, मानव–वन्यजन्तु द्वन्द्व, जलवायु परिवर्तनलगायतका कारण दुर्लभ वन्यजन्तु एकसिंगे गँैंडा संरक्षणमा चुनौती थपिएको हो ।

नेपालको इतिहासमा चितवन राष्ट्रिय निकुञ्ज गैंँडाका लागि उपयुक्त बासस्थान मानिएको छ । विगत छ दशकको तथ्यांकलाई हेर्दा यहाँ गैंँडा मारिएर एक सयभन्दा कममा झरेको पनि देखिन्छ भने बढेर एक हजारको हाराहारीमा पुगेको अवस्था पनि छ । हाल निकुञ्जमा ६०५ वटा गैँंडा रहेका छन् ।

वन्यजन्तु विज्ञ डा शान्तराज ज्ञवाली नदी तटीय क्षेत्रमा दुर्लभ एकसिंगे गैँंडाको बासस्थान बढी हुने हुँदा जलवायु परिवर्तनबाट गैंँडा प्रत्यक्ष प्रभावित हुनसक्ने बताउनुभयो ।

जलवायु परिवर्तनले भविष्यमा अतिवृष्टि उत्पन्न भई ठूला बाढी, प्रकोप निम्तिनसक्ने जोखिम रहेको पनि उहाँले बताउनुभयो ।

एकसिंगे गैंँडाका विषयमा विद्यावारिधि गर्नुभएका ज्ञवालीले संख्या बढ्दै जाँदा गैंँडालाई आवश्यकपर्ने वन क्षेत्रको अभाव अर्काे चुनौती रहेको भन्दै संरक्षण खर्चिलो भएकाले राम्रो व्यवस्थापन गर्न नसकिएमा आत्मनिर्भर भएर संरक्षण गर्न नसकिने बताउनुभयो ।

हाल संरक्षणका लागि नेपाल सरकारका अतिरिक्त विदेशी दातृ संस्थाले ठूलो मात्रामा सहयोग गरिरहेका छन् ।

दुर्लभ एकसिंगे गैँंडा संरक्षणका सबैभन्दा ठूलो चुनौती चोरी शिकारी नै भएको बताउँदै उहाँले सरकारका विभिन्न निकाय, स्थानीयवासी, निजी क्षेत्र र दातृ निकायको संयुक्त प्रयासबाट यस्ता चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो ।

निश्चित ठाउँमा मात्रै एकसिंगे गैँंडा रहेको बताउँदै ज्ञवालीले नेपालका सम्भावित विभिन्न नदी तटीय क्षेत्रमा गैँडा स्थानान्तरण गर्नुपर्ने बताउनुभयो । महामारी रोगबाट बचाउन पनि स्थानान्तरण आवश्यक रहेको उहाँको भनाइ छ ।

गैँंडाकै विषयमा विद्यावारिधि गर्नुभएका अर्का गैंडा विज्ञ डा नरेश सुवेदीले गैँंडाको तथ्यांक हेर्दा विगत २५ वर्षमा मरेका गैंँडामध्ये ४५ प्रतिशत चोरी शिकारीबाट मारेको बताउँदै सबैभन्दा ठूलो चुनौती चोरी शिकारी नै भएको धारणा व्यक्त गर्नुभयो ।

दोस्रो चुनौतीका रुपमा बासस्थान भएको भन्दै उहाँले माइकेनिया, वनमारा जस्ता मिचाहा प्रजातिका झारले घाँसे मैदानको अभाव हुँदै गएको बताउनुभयो ।

पानीका स्रोत घट्दै जाँदा सिमसार क्षेत्रमा आएको कमी तथा मानिस र गैंँडा बीचको द्वन्द्वलाई अर्काे चुनौतीको रुपमा लिनुपर्ने डा. सुवेदीेको कथन छ ।

चोरी शिकार नियन्त्रणमा अहिले गरिएको प्रयास सफल भएको भन्दै उहाँले यसलाई निरन्तरता दिन, बासस्थान सुधार गर्न, मानिस र वन्यजन्तुबीचको द्वन्द्व घटाउन र पानीका स्रोतको विकास गर्नुपर्ने बताउनुभयो ।

नदी तटीय क्षेत्रमा भएका घाँसे मैदानलाई विकास गरी बाढीबाट बच्ने उपायको खोजी गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

बाढीसँगै नदीमा बन्ने टापुमा गैँंडाका लागि उपयुक्त घाँस पलाउने गर्दछ । तीनै घाँस रमाइरहेका गैँंडा एक्कासि बाढी आउँदा बगाउने समस्या रहेको छ । यसको न्यूनीकरण गर्नुपर्ने पनि डा. सुवेदीले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भन्नुभयो, “पछिल्लो समय गत साउन अन्तिम साता आएको बाढीले घाँसे मैदान हिलाम्मे भएर चरन क्षेत्र बिग्रिएको, पानी पोखरी पुरिएका कारण पनि अल्पकालीन रुपमा गँैंडा संरक्षणमा थप चुनौती थपिएको बताउनुहुन्छ” ।

संख्या बढ्दै जाँदा गैंँडा चरिचरणका लागि ठाउँ अभाव हुने भन्दै उहाँले नदी तटीय क्षेत्रमा भएका अतिक्रमण रोक्न नसक्दा पनि चुनौती थपिएको छ भन्नुभयो ।

सरकारको एक्लो प्रयासबाट संरक्षण सम्भव नभएको भन्दै उहाँले स्थानीयवासी, दातृ निकायलगायत सरोकारवाला सबैको सहयोगबाट संरक्षण सम्भव भएको बताउनुभयो । अहिले पनि गैँंडाले बस्तीमा पसेर जनधनको क्षति पु-याउँदै आएको छ भने स्थानीय जनताले बाली जोगाउने गर्ने प्रयासका कारण गैंडा मर्ने गरेका छन् ।

जसको अन्त्यका लागि निकुञ्ज र जनताबीचको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा संरक्षणकर्मीले जोड दिएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा विसं २००७ मा करिब एक हजारको हाराहारी गैँंडा रहेको अनुमान गरिँदै आएको छ । विसं २०३० तिर यो संख्या घटेर एक सयको हाराहारीमा आएको अनुमान गरिएको थियो ।

तर आधिकारिक गणना भने त्यो समयमा नगरिएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । निकुञ्जमा सन् २००० मा ५४४ गैँंडा थियो ।

२००५ मा पुग्दा चोरी शिकार अत्याधिक भयो र संख्या घटेर ३७२ मा झरेको थियो । सन् २००८ मा ४०८ पुगेको गैंँडाको संख्या सन् २०११ मा बढेर ५०३ पुगेको थियो । सन् २०१५ को गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा पुगेका थिए । सन् २०१५ पछि तीमध्ये बर्दियामा आठ र शुक्लाफाँटामा पाँच गैँंडा स्थानान्तरण गरिएको छ ।

यसरी गैंँडा बढिरहेको भए पनि बासस्थान संरक्षणमा चुनौती भने थपिँदो छ । – नारायण अधिकारी