पशुपति सिर्जनशील क्लबमा रक्तदान

पशुपति सिर्जनशील क्लबमा रक्तदान


तेक्वान्दोलगायत विभिन्न खेलका खेलाडीले रक्तदान गरेका छन् । पशुपति सिर्जनशील युवा क्लबमा आयोजित एकदिने रक्तदानमा खेलाडी रक्तदान गरेका हुन् । नेपालीहरुको महान् चाड दसैँको घटस्थापनाको अवसर पारेर भएको कार्यक्रममा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा, सुरेन्द्र डंगोल, अनिल चौधरी मनोज शाह र अजय तामाङ तथा कराते , फुटबललगायत विभिन्न खेलका खेलाडीले रक्तदान गरेका थिए ।

क्लबको २३औँ वार्षिक उत्सवको अवसरमा रक्तदान लगायत विभिन्न सामाजिक कार्यक्रम भएको थियो । काठमाडौँ महानगरपालिक वडा नम्बर ८ स्थित पशुपति देवपतनमा आयोजित कार्यक्रममा विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकले रक्तदान दिएका थिए । कार्यक्रममा क्लबका अध्यक्ष श्रीकृष्ण डंगोलले क्लबको हरेक वार्षिक उत्सवमा विभिन्न खेलकुद प्रतियोगिता, सांस्कृतिक र सामाजिक कार्यक्रम गर्दै आएकोमा यसपटक पनि निरन्तरता दिएको बताए ।

क्लबले खेल विकास र खेलाडी तथा प्रशिक्षकको प्रोत्साहनका लागि आर्थिक र भौतिक सहयोग प्रदान गर्दै आइरहेको छ । कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिनेशकुमार डंगोलले रक्तदान मानिसका लागि जीवन दान भएको बताउँदै क्लबको योगदान सह्रानीय रहेको उल्लेख गरे । वि.स २०५१ सालमा स्थापित पशुपति सिर्जनशील युवा क्लबले सामाजिक क्षेत्रका लागि काम गर्दै आइरहेको छ ।