एमाले केन्द्रीय कमिटी बैठक धुम्बाराहीमा सुरु

एमाले केन्द्रीय कमिटी बैठक धुम्बाराहीमा सुरु


एक बर्षदखि बस्न नसकेको नेकपा एमालेको आठौं केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु भएको छ । ११ बजेदेखि पार्टी मुख्यालय  धुम्बाराहीमा  बैठक शुरु भएको हो ।

तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल भैइरहेको छ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ । बैठकले केन्द्र र प्रदेश निर्वाचनमा केन्द्रित हुँदै दुवै निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्डसमेत बनाउने नेताहरुले बताएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठक लामो समयदेखि शीर्ष नेताको समय अभावका कारण बस्न नसक्दा कतिपय नेताहरु ले पार्टी अध्यक्षमुखी भएको भन्दै आक्रोस पोख्दै आएका थिए ।