डाक्टरहरुले बिरामी नहेर्ने !

डाक्टरहरुले बिरामी नहेर्ने !


सरकारले अकस्मात गरेको एक निर्णयका कारण भोलि ६ गतेदेखि मुलुकभरका सरकारी तथा निजी अस्पताल ठप्प हुने भएको छ । गत २ गते मन्त्रिपरिषदले लिएको एक कठोर निर्णयका कारण यस्तो विकराल अवस्था सिर्जना हुने भएको हो ।

सरकारले बहालवाला मन्त्रीलाई समेत जानकारी नदिई ‘उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित डाक्टरबाटै क्षतिपूर्ति भराउने’ निर्णय लिएको थियो । यसको विरोधमा चिकित्सहरूले मुलुकभरका अस्पताल, नर्सिङ होम, क्लिनिक समेतबाट प्रदान गरिँदै आएको स्वास्थ्य सेवा बन्द गर्न लागेका हुन् ।

स्वास्थ्य सुरक्षा ऐन २०६६ र नियमावली–२०६९ अनुसार चिकित्सकको लापर्वाहीले आकस्मिक मृत्यु भएमा क्षतिपूर्ति भराउने व्यवस्था हुँदाहुँदै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई समेत जानकारी नदिई सरकारले उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित डाक्टरबाटै क्षतिपूर्ति भराउने निर्णय गरेको बुझिन आएको छ ।

यसबाट विचलित भएका स्वास्थ्यकर्मीहरूको मानसिकतामाथि ध्यान दिँदै चिकित्सकहतको छाता सङ्गठन नेपाल मेडिकल एशोसिएसनले निजी तथा सरकारी अस्पतालबाट प्रदान गरिने इमर्जेन्सीबाहेक सबै सेवाहरू भोली असोज ६ गतेदेखि बन्द गर्ने निर्णय गरेको हो । सरकारले अचानक गरेको यस निर्णय कुन उद्देश्यले, कसबाट उत्प्रेरित भएर गरेको हो भन्ने सवालमा चिकित्सकहरू समेत रनभुल्ल रहेका छन् । उनीहरूले यसको समेत बेग्लैे खोजबिन गर्ने भएका छन् ।

केही समयअघि सिभिल अस्पतालमा उपचार गराउन पुर्‍याइएका एक अत्यधिक मदिरा सेवन गरेका बिरामीलाई उपचार गराउने क्रममा सो अस्पतालले लठ्याउने औषधि इन्जेक्सनमार्फत दिएको र त्यसबाट बिरामीको अवस्था चिन्ताजनक हुन पुगेपछि हतार–हतार डिस्चार्ज गरिदिएका थियो । उक्त बिरामीका आफन्तजनले अत्तालिँदै बिरामीलाई नर्भिक अस्पताल पुर्याएका थिए । तर, पु¥याउँदा पुर्याउँदे बिरामीको मृत्यु भएको थियो । यस घटनापश्चात काठमाडौंका सिडिओले सो बिरामीलाई उपचार गर्ने चिकित्सकबाटै क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएका थिए । यसले नेपालको चिकित्सा क्षेत्रमा ब्यापक तरङ्ग पैदा गरिदिएको छ ।

यस सम्बन्धमा प्रतिक्रिया दिँदै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आफू २०६६ मा मन्त्री रहेकै बेला स्वास्थ्य सुरक्षा ऐन ल्याएको र यसको नियमावली पनि बनिसकेको उल्लेख गर्दै सो नियममै कसले कस्तो गल्ती गर्दा कसरी सजाय हुने भन्ने प्रस्टै लेखिएको बताए । यसबारे हाल पैदा भएको विवादका सम्बन्धमा मन्त्रिपरिषद्मा आफूले प्रस्ताव लैजाने र के निर्णय आउँछ त्यस आधारमा पछि प्रतिक्रिया दिने बताए ।

यदि सरकारको यो निर्णय कायम रहिरह्यो भने दशैंको बेलामा खसी बोका र राँगाजस्तै जनता पनि भकाभक ‘बलि’ जाने सम्भावना बढेको छ ।

हेर्नुहोस् नेपाल मेडिकल एशोसिएसनको मागसहितको विज्ञप्ति जस्ताको तस्तै–