शिक्षा ऐन नवौं संशोधन तत्काल फिर्ता लिन माग

शिक्षा ऐन नवौं संशोधन तत्काल फिर्ता लिन माग


संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौं संशोधन सरकारले तत्काल फिर्ता नलिए कडाभन्दा कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ ।

संयुक्त विद्यार्थी संगठनले बिहीबार पत्रकार सम्मेलन गरेर विद्यार्थीहरु कलेजमा नभएको चाडपर्वहरुको मुखमा पारेर गरिएको विद्यार्थीमारा उक्त संशोधन तत्काल सरकारले फिर्ता नलिए आफूहरु आम विद्यार्थीहरुको हक, हित र अधिकार रक्षाको लागि कडाभन्दा कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ ।

कार्यक्रममा नेविसंघका सभापति नैनसिंह महरले ९ औं शिक्षा संशोधन ऐनले शैक्षिक गुणस्तर बढाउने भन्दा पनि शिक्षा क्षेत्रमाझनै ठूलो समस्यानिम्त्याउने खतरा औंल्याए । उनले राष्ट्रपतिले उत्तः ऐनलाई लालमोहर लाउननहुने तर्क गरे ।

महरले भने,‘यो ऐनलाई फिर्ता गर्नुपर्छ, होईन भने हामी संघर्षमा उत्रिन बाध्य हुन्छौं ।’ अनेरास्ववियुकी अध्यक्ष नविना लामाले शिक्षामा गुणस्तरियता ल्याउने नाममा यो विद्येयक ल्याईएको बताउँदै भनिन्,‘यो संशोधन ऐन फिर्ता गर्नको लागि म जोडदार माग गर्दछु, मुलतः यस संशोधनले स्थायी अध्यापन अनुमति पत्र लिएर बसेका लाखौं विद्यार्थीहरुको भविष्यलाई अन्धकार बनाएको हाम्रो निश्कर्ष रहेको छ, त्यसैले यो संशोधन तुरुन्त फिर्ता लिन नेपाल सरकार समक्ष हामी संयुक्त रुपमा अनुरोध गर्दछौं ।’

एकातिर राष्ट्रिय शिक्षा आयोग गठन गरेर केही गरेको जस्तो देखाउने र अर्कोतिर गुणस्तरीय बनाउने कुरालाई चुनौति दिएर अघि बढ्ने काम सरकारले गरेको भन्दै उनले आक्रोश समेत पोखिन् । उनले भने,‘यहाँ दोहोर चरित्र देखाउने काम भयो, यो हामीलाई कुनैपनि हालतमा सह्य छैन ।’

लामाले विद्येयक फिर्ता नभए सम्म आन्दोलनजारी राख्ने चेतावनी दिईन् । उनले राष्ट्रपति, प्रधानमनन्त्री राजनीतिक दललगायत सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराउने पनि जानकारी गराईन् ।

नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका अध्यक्ष कपलेश्वर यादवले आफूहरुले उठाएका जायज माँगहरु समयमै पूरा नगरिए सडक आन्दोलन थाल्ने चेतावनी दिए ।

अखिल छैटौंका अध्यक्ष विमल पोखरेलले पनि आन्दोलनमाथि ऐक्यबद्धता जनाउँदै राष्ट्रपतिलाई जस्ता तस्तैको विद्येयक संसदमै फिर्ता पठाउन आग्रह गरे ।

अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्रले उक्त ऐन विद्यार्थीको हकहितको विरोधमा रहेको भन्दै कडा आपत्ति जनाए ।

संयुक्तविद्यार्थी संगठनद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘शिक्षा ऐनको नवौं संशोधनले सार्वजनिक शिक्षाको क्षेत्र माझनै विकराल समस्या निम्त्याउने निश्चित छ, प्रतिष्पर्धी जनशिक्तको आगमनमा बन्देज लगाउने गरि आएको नवौं संशोधनले सार्वजनिक शिक्षाको गुणस्तर झनै खस्कने निश्चित छ ।’