प्रदेश नम्बर २ मा कांग्रेस अग्रस्थानमा, एमाले दोस्रो (सूचीसहित)

प्रदेश नम्बर २ मा कांग्रेस अग्रस्थानमा, एमाले दोस्रो (सूचीसहित)


स्थान तह चुनाव अन्तरर्गत दुई नम्बर प्रदेशमा यतिबेला मतगणना चलिरहेको छ । हालसम्म १७ तहको निर्वाचन परिणाम सार्वजनिक हुँदा नेपाली काँङ्ग्रेस अग्रस्थानमा देखिन्छ । कांग्रेसले ८ तहमा जित हासिल गर्दा एमाले ४ तहमा विजयी भएको छ ।

त्यस्तै माओवादी केन्द्र ३ तह र नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राजपा समान २÷२ तहमा विजयी भएका छन् । कांग्रेस,एमाले,माओवादीले कहाँ कहाँ जिते हर्नुहोस् ।

कांग्रेस ८ तहमा विजयी
–करैयामाई गाउँपालिका, बारा– भुमेश्वर चौधरी, अध्यक्ष, चित्ररेखा चौधरी, उपाध्यक्ष
–नवराजपुर गाउँपालिका, सिरहा– विश्वमोहन यादव, अध्यक्ष, शोभाकुमारी यादव, उपाध्यक्ष
–औरही गाउँपालिका, धनुषा– ब्रह्मदेव यादव अध्यक्ष, मिरा सहनी, उपाध्यक्ष
–धनकौल गाउँपालिका, सर्लाही– रामआश्रय साह, अध्यक्ष, अकली सहनी उपाध्यक्ष
–जनकनन्दिनी गाउँपालिका, धनुषा– मोहम्मद वारिक शेष, अध्यक्ष, भारती कार्की, उपाध्यक्ष
–विष्णुपुर गाउँपालिका, सप्तरी– निलाम्बर यादव, अध्यक्ष
–परोहा गाउँपालिका, रौतहट– शेख वकिल, अध्यक्ष, कांग्रेसकै सुगान्धी गिरी, उपाध्यक्ष
–बेल्ही चपेना गाउँपालिका, सप्तरी– परमानन्द यादव, अध्यक्ष, पुष्पमालाकुमारी मण्डल, उपाध्यक्ष

एमाले ४ तहमा विजयी
–मुखियापट्टि मुसहरनीया गाउँपालिका, धनुषा– मनोजकुमार यादव अध्यक्ष
–बटेश्वर नगरपालिका, धनुषा– डम्बरबहादुर राउत प्रमुख, इन्दिरा सिंह, उपप्रमुख
–सप्तकोशी नगरपालिका, सप्तरी– उत्तम गौतम प्रमुख, आशा चौधरी, उपप्रमुख
–पटेर्वा सुगौली गाउँपालिका, पर्सा– हरिनारायण चौधरी अध्यक्ष

माओवादी केन्द्र ३ तहमा विजयी
-ठोरी गाउँपालिका, पर्सा– पद्मलाल श्रेष्ठ, अध्यक्ष, शान्तिमाया थिङ
-कर्जन्हा नगरपालिका, सिरहा– गंगा पासवान, प्रमुख, ज्ञानकुमारी श्रेष्ठ, उपप्रमुख
-अर्नामा गाउँपालिका, सिरहा– ठेकु महतो, अध्यक्ष, सीतादेवी मुखिया, उपाध्यक्ष