कांग्रेस कार्यकर्तासँगको झगडामा राजपा कार्यकर्ताको मृत्यु

कांग्रेस कार्यकर्तासँगको झगडामा राजपा कार्यकर्ताको मृत्यु


रौतहटको कटहरिया नगरपालिकामा एक राजपा कार्यकर्ताको मृत्यु भएको छ । कांग्रेस कार्यकर्तासँगको झगडामा ती राजपा कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको हो। मृतकलाई कांग्रेस कार्यकर्ताहरुले निर्घात पिटेकोले आफ्नो कार्यकर्ता रामपुुकार यादवको मृत्यु भएको राजपाले आरोप लगाएको छ ।

रौतहटकै कटहरियामा भइरहेको मतगणना स्थलबाट बुधबार सँगै फर्किने क्रममा भोट कसलाई दिएको भन्ने विषयमा विवाद शुरु भएको र विवाद बढ्दै अन्ततः झडप भएको बताइएको छ ।

बाटोमा भएको विवादपछि पनि कांग्रेस कार्यकर्ताको रिस साम्य नभएको र राती ९ बजे घरमै पुगेर यादवमाथि आक्रमण गरिएको राजपाको भनाई छ । हत्या मामलामा कांग्रेस उम्मेदवार गौरीशंकर यादवका १८ वर्षीय छोरो भुटा यादव, अनुठा यादव र बैजु साहलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्षका उम्मेदवार गौरीशंकरसहित केही मानिस भने फरार भएका छन् ।