एमालेले डाक्यो स्थायी कमिटी बैठक

एमालेले डाक्यो स्थायी कमिटी बैठक


नेकपा एमालेले आज स्थायी कमिटी बैठक डाकेको छ । कार्यालय संचिव कृष्ण गोपाल श्रेष्ठले दिएको जानकारी अनुसार, प्रदेश नम्बर–२ को मतगणना चलिरहेको बेला एमालेले आज बेलुका ४ बजे स्थायी कमिटीको बैठक डाकेको हो ।

एमाले पार्टी कार्यालय धुम्बराहीमा बस्ने बैठकमा चुनावी समिक्षा गरिनुका साथै पछिल्लो समय संस्थापन र माधव नेपाल पक्षधर बीच देखिएको विवाद बारे समेत छलफल हुने  स्रोतको भनाई रहेको छ ।