मन्त्रिपरिषद्को निर्णय विरुद्ध राजधानीमा प्रदर्शन

मन्त्रिपरिषद्को निर्णय विरुद्ध राजधानीमा प्रदर्शन


उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन फिर्ता गर्न माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।

सम्बद्ध पेशगत संघ सस्थाको अगुवाइमा उनीहरुले आज माइतीघरमण्डलामा सो निर्देशन फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाल चिकित्सक संघको आकस्मिक बैठकले पनि सरकारसित सो निर्णय फिर्ता लिन माग गर्दै भोलिदेखि देशभरका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको थियो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन दिएको थियो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई कार्यान्वयनमा ल्याउन चिकित्सकले सरकारको ध्यानाकर्षणसमेत गराउँदै आएका छन् ।