राजविराजमा कुन दलले कति सिट हात पारे ?

राजविराजमा कुन दलले कति सिट हात पारे ?


स्थानीय तह निर्वाचनअन्तर्गत राजविराजको कञ्चनरुप नगरपालिका वडा नं १ र २ मा नेपली कांग्रेसले विजय हासिल गरेको छ । नगरको वडा नं १ बैरवामा करिम शेख ४ सय ६५ मत प्राप्त गरी विजयी भएका छन् भने वडा नं २ को अध्यक्षमा मेहन्दी हुसैन निर्वाचित भएका हुन् ।

डाक्नेश्वरी नगरपालिका वडा नं १ र २ मा पनि कांग्रेस विजयी भएको छ । डाक्नेश्वरी–१ मा विजय चौधरी ५ सय ६८ मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै, विष्णुपुर गाउँपालिका वडा नं २ मा कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका योगेन्द्रप्रसाद यादव ४ सय ६३ मत प्राप्त गरी विजयी बने ।

महिला सदस्यमा फुलीदेवी यादव, दलित महिला सदस्यमा रञ्जिताकुमारी रजक, खुल्ला सदस्यमा शिवजीप्रसाद साह र राजेन्द्र ठाकुर निर्वाचत भएको राससले जनाएको छ ।

जिल्लाको बेल्ही चपेना गाउँपालिका वडा नं १ मा पनि कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नारायण यादव ८ सय २ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा समोदेवी मुखिया, दलित महिला सदस्यमा रेखाकुमारी राम, खुल्ला सदस्यमा ओमप्रकाश यादव र भूपेन्द्रनारायण यादव निर्वाचित भएका छन् ।

खड्ग नगरपालिका वडा नं १ मा कांग्रेस विजयी भएको छ । कांग्रेसका सिंहेश्वर मण्डल ५ सय ६७ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । महिला सदस्यमा कपलेश्वरीदेवी भण्डारी, दलित महिला सदस्यमा दमनीकुमारी राम, खुल्ला सदस्यमा मनोजकुमार चौधरी र चन्देश्वर मण्डल निर्वाचित भएका छन् ।

वडा नं २ मा पनि कांग्रेसका रामअवतार साहले २ सय २ मत प्राप्त गरी विजयी बनेका छन् ।

रुपनी गाउँपालिका वडा नं ६ मा पनि कांग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा विजयी भएका छन् भने तिलाठी कोइलाडी वडा नं ७ को वडाध्यक्षमा पनि कांग्रेसका गुलावप्रसाद सिंहको प्यानलै विजयी भएको छ ।

यसैगरी, नेकपा (एमाले)ले राजविराजको सप्तकोशी नगरपालिकाका वडा नं १, २, ३ र ४ मा जित हात पारेको छ । वडा नं १ को अध्यक्षमा नारायण आचार्य, २ को अध्यक्षमा सोनालाल चौधरी, ३ को अध्यक्षमा देवकान्त चौधरी र ४ को अध्यक्षमा बद्रीनारायण चौधरी निर्वाचित भएका हुन् ।

शम्भुनाथ नगरपालिका–१ मा पनि एमालेको प्यानल विजयी भएको छ । एमालेबाट इनरदेव साहले ३ सय ४८ मत प्राप्त गरी विजयी बनेका हुन् ।

डाक्नेश्वरी–९ मा एमालेका उम्मेदवार कर्णदेव चौधरी ७ सय ११ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका रघु साफी जम्मा ११ मत मात्रै कम पाएर पराजित बन्न पुगेका छन् ।

नेपाल लोकतान्त्रिक फोरम– शम्भुनाथ नगरपालिका–२ मा भने नेपाल लोकतान्त्रिक फोरमको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा दुर्गानन्द भगत ४ सय ८५ मत प्राप्त गरी विजयी बने ।

यस्तै, छिन्नमस्ता गाउँपालिका–१ मा लोकतान्त्रिक फोरमको प्यानलै विजयी भएको छ । छिन्नमस्ता–१ बरही वीरपुरमा लोकतान्त्रिक फोरमका विनोदकुमार यादव ४ सय ३७ मत प्राप्त गरी विजयी बनेका हुन् ।

सुरुङ्गा नगरपालिकाको वडा नं ११ मा पनि नेपाल लोकतान्त्रिक फोरमका गयाप्रसाद चौधरी वडाध्यक्षमा विजयी बनेका छन् । उनको प्यानलै विजय भएको बताइएको छ ।

यसैगरी, राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारहरु सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका वडा नं २ मा विजयी भएका छन् । राजपाका उम्मेदवार सन्तोषकुमार यादवसहित प्यानलै विजयी भएको बुझिएको छ । राजपाले तिलाठी–कोइलाडी गाउँपालिकाको वडा नं १ मा पनि जित हात पारेको छ ।

यस्तै, वडा नं ८ मा राजपाका उम्मेदवार लक्ष्मीप्रसाद खंग मण्डलको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा निर्वाचित लक्ष्मी मण्डल खत्बेले ४ सय ६० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सत्यनारायण यादवले ४ सय ४१ मत प्राप्त गरेका छन् ।

राजपाले डाक्नेश्वरी नगरपालिका वडा नं १० मा पनि जित हात पारेको छ । राजपाका उम्मेदवार जुगेश्वर साह ७ सय ५९ मत प्राप्त गरी विजयी बनेका छन् ।

यस्तै, सप्तकोशी नगरपालिकाका वडा नं ५ र ६ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । वडा नं ५ मा दीपक लेखी २ सय २५ मत प्राप्त गरी विजयी बनेका छन् भने वडा नं ६ मा कमलनारायण चौधरी ३ सय २७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सप्तकोशी नगरपालिकाकै वडा नं ७ र ८ मा पनि माओवादी केन्द्रले प्यानलसहित जित हात पारेको छ भने डाक्नेश्वरी नगरपालिका–४ मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्रीकान्त राय २ सय २२ मत प्राप्त गरी विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शुभनारायण यादवले १ सय ७८ मत प्राप्त गरेका थिए ।

संघीय समाजवादी फोरमले बोदे बर्साइन नगरपालिका–१ मा पनि जितेको छ । वडाध्यक्षमा धीरेन्द्रकुमार यादव ५ सय ६ मत प्राप्त गरी विजयी बनेका छन् ।
बेल्ही चपेना गाउँपालिका–२ मा संघीय फोरम नेपालका ललित सिंह वडाध्यक्षमा निर्वाचित भएको बताइएको छ ।