थ्रीबाईथ्रीमा इस्लिङटन र हिमालय च्याम्पियन

थ्रीबाईथ्रीमा इस्लिङटन र हिमालय च्याम्पियन


दोश्रो एसीएचएस अन्तर आईटी थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि इस्लिङटन र हिमालय इन्जिनियरिङ कलेजल जितेका छन् । इस्लिङटन ब्वाइज र हिमालय गल्र्समा च्याम्पियन बनेका हुन् ।

ब्वाइज फाइनलमा इस्लिङटनले न्यु समिटलाई २१–१० र गल्र्सतर्फ हिमालयले आयोजक एसियन कलेज आफ हायर स्टडिज (एसीएचएस) लाई ९–३ ले पराजित गरेको थियो । ब्वाइजमा इस्लिङटनका आशिष बस्नेत तथा गल्र्समा हिमालयकी रुबि महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

उपाधिसंगै इस्लिङटनले २५ हजार र हिमालयले ४ हजार नगद प्राप्त गरेका थिए । एकदिने प्रतियोगिताअन्तर्गत ब्वाइजमा १६ तथा गल्र्समा ३ टिम सहभागी थिए ।