प्रचण्डलाई प्रधानमन्त्री नबनाउनु एमालेको पहिलो गल्तीः माधव नेपाल

प्रचण्डलाई प्रधानमन्त्री नबनाउनु एमालेको पहिलो गल्तीः माधव नेपाल


एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नबनाउनु एमालेको गल्ती भएको बताएका छन् ।

उनले अहिले एमाले सरकारमा भएकोभए २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा ५० प्रतिशत स्थानीय तह जित्ने भन्दै त्यहि गल्तीले अब २५ देखि ३० प्रतिशतमा खुम्चनुपर्ने अवस्था आएको बताए ।

बुधबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाती माहासंघको ३ नं प्रदेशको राजधानीमा भएको कार्यक्रममा नेता नेपालले प्रचण्डलाई प्रम नबनाउनु पहिलो गल्ती र तत्काल सरकार छोड्नु दोस्रो गल्ती भएको बताएका हुन् ।

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सत्तारुढ दलले सत्ता र शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उनीहरुले गरेको आर्थिक चलखेलको हिसावकिताव नै नभएको टिप्पणी गरे । एमालेले विश्वास गरेकाहरुले नै धोका दिएको नेता नेपालको भनाई थियो ।

‘रामचन्द्र झा,अशोक राई, उर्मिला अर्याल लगायतलाई एमालेले बिश्वास गरेपनि उनिहरुले धोका दिएर पार्टी छोडेका छन् तर उनिहरु आफ्नै बुद्धिले नभई अरुको इशारामा हिंडेको प्रष्ट भएको छ अहिले पछुताउँदै छन् ।’

पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले एमालेमा विचारमा समस्यानभएको भन्दै नेतृत्वमा केही समस्या रहेको स्वीकार गरे ।

०६ सालमा कम्युनिष्ट पार्टी गठन गर्दा जातीयतको कुरा कसैले नउठाएको भन्दै अहिले जातियताको कुरा चर्काएर आरक्षणको खोजीमा लाग्नेहरुको संख्या बढेको नेपालको भनाई थियो ।