हंसपुर नगरपालिकाबाट राजपाले खाता खोल्यो

हंसपुर नगरपालिकाबाट राजपाले खाता खोल्यो


राष्ट्रिय जनता पार्टी नेपालले नगरपालिकाबाट आफ्नो पहिलो खाता खोलेको छ । धुनषाको हन्सपुर नगरपालिकाको मेयरमा राजपाका रामज्ञान मण्डल र उपमेयरमा राजपाकै रेणु झा विजयी भएको राजपा नेपालका महासचिव केशव झाले जानकारी गराए ।

यसको आधिकारिक घोषणा निर्वाचन आयोगले गर्न बाँकी रहेको छ । विजयी मण्डलले ३३२० मत ल्याए भने निकटतम प्रतिद्धन्दी कांग्रेसका प्रदीप कुमार यादवले ३२२९ मत ल्याए ।

यस्तै उपमेयरमा राजपाकी झाले ३२७६ र निकटतम प्रतिद्धन्दी कांग्रेसकी रामकुमारी कामतले ३०२७ मत ल्याइन्।