ठूला व्यापारीमाथि राजश्व विभागको ‘छहारी’ !

ठूला व्यापारीमाथि राजश्व विभागको ‘छहारी’ !


–रोशन कार्की
आन्तरिक राजस्व विभागले चाडपर्व आएपछि मात्र गर्दै आएको बजार अनुगमनका क्रममा ठूला व्यवसायीमाथी कुनै अनुगमन गरेको छैन । विभिन्न सूचनाको आधारमा भन्दै अनुगमनमा गएको लाई टोलीले साना लगानीका व्यवसायीमाथी विभिन्न आरोपमा कारबाही गरेपनि ठूला व्यापारीलाई भने उन्मुक्ति दिएको समाचार प्राप्त भएको छ ।

विभागले केही दिनदेखि गरेको बजार अनुगमनको क्रममा कानुन विपरित कारोबार गरेको भन्दै ठाँउको ठाँउमा ३ सय २ जना करदातालाई कारबाही गरेको जनाई रहदाँ ठूला व्यवापारीमाथी भने कुनै अनुगमन गर्न समेत सकेको छैन् ।  विभागले सुरु गरेको बजार अनुगमनमा सामान बजारसम्म लैजाने मुख्य व्यवसायी को हो र कहाँबाट कुन रुपमा सामान नेपाल भित्रिएको छ भन्ने बारे समेत कुनै अनुसन्धान नगरि बजार अनुगमनको नाममा साना व्यापारी माथीमात्र दुःख दिएको आरोप पिडितहरुको रहेको छ ।

विभाग अन्तरगतका ३६ वटा करदाता सेवा कार्यालयबाट सो अनुगमनमा गर्दै आएको छ । चाडपर्वको समयमा कृत्रिम अभाब सृजना गरि आफुखुसी मुल्य राखेर बजारमा समान पठाउने ठूला व्यवसायीमाथी भने अहिलेसम्म कुनै अनुगमन विभाले गर्न सकेको छैन् ।

दशैं, तिहार जस्तो चाडपर्वको समयमा बढी कारोवार हुने र सो क्रममा विल विजक जारी नहुने गुनासो धेरै तिरबाट आउने भएकोले गत वर्ष जस्तै यस वर्ष पनि बजार अनुगमनलाई तिव्रता दिइएको दाबी विभागले गरेको छ । तर, लामो समयदेखि कर छली र नक्कली मुल्यअभिबृद्धि कर (भ्याट) विलबाट कारोबाबर गर्ने ४० वटा ठूला घरानीय उद्योग सञ्चालकमाथी भने सरकारले कुनै अनुगमन गर्न सकेको छैन ।

उद्योग स्थापनाकाल देखिनै कर राजस्व छली गर्दै आएका ठूला घराना र माडबाडी समुहले वार्षिक अर्बभन्दाबढीको राजस्व छली गर्दैं आएको छ । भदौ २७ गतेबाट ८४ वटा अनुगमन टोली बजारमा खटाउदा समेत ठूला घरानाका उद्योग सञ्चालकसम्म पुग्न सकेको छैन ।