नेपाली सङ्गीत क्षेत्रकी एक चम्किलो तारा : रिजा

नेपाली सङ्गीत क्षेत्रकी एक चम्किलो तारा : रिजा


साङ्गीतिक दुनियाँमा आप्mनो भविष्यको खोजी गर्न झापाको बिर्तामोडबाट राजधानी सहर काठमाडांै छिरेकी रिजा उप्रेतीको सङ्गीतप्रतिको मोह आजसम्म पनि उत्तिकै रहेको हामी देख्न सक्छौँ । सुमधुर स्वरकी धनी रिजा दर्जनौँ कर्णप्रिय गीत गाएर नेपाली स्रोताको मन–मन्दिरमा बस्न सफल भइसकेकी छिन् ।

‘अँगालोमा बाँध न’ नामक गीतबाट पहिलोपटक लोभलाग्दो सफलता चाखेकी रिजाका त्यसपछिका प्रायः गीतहरू लोकप्रिय रहे । मेलोडी क्विन भनेर चिनिने रिजाको यो पपटाइपको गीतले निकै समय नेपाली साङ्गीतिक आकाश गुन्जिरह्यो ।

आज पनि नेपालमा सङ्गीत क्षेत्रमा लागेर भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने विश्वास कसैलाई पनि लाग्दैन र रिजाका परिवारमा पनि नलाग्नु स्वाभाविक हो । परिणामतः उनलाई अघि बढ्न कुनै पारिवारिक सपोर्ट भएन । तर, यसलाई उनले आफ्नो कमजोरीको रूपमा हेरिनन् । झन् बढी मिहिनेत गर्न थालिन् । उनको स्वरमा जादु त छँदै थियो र यही क्षेत्रमा लागेर केही गरेर देखाउन सक्छु भन्ने आत्मविश्वास पनि । यही विश्वासको आधारमा उनले आप्mनो यात्रालाई अघि बढाउँदै लगिन् । परिणाम उनले ‘ट्रेस’ नामक एकल गीति एल्बम निकालिन् ।

ज्याज, पप, आधुनिक र रक शैलीका गीतले सजिएको यो एल्बमले नेपाली साङ्गीतिक आकाशमा धुम मच्चायो । विभिन्न साहित्यिक संस्थाबाट विधिवत् रूपमा साङ्गीतिक शिक्षा लिएर गायन क्षेत्रमा प्रवेश गरेकी रिजाको दोस्रो एल्बम ‘नशा’ पनि निकै सफल रह्यो । यो एल्बमको प्रकाशनपछि उनको गलामा केही खराबी आयो । डाक्टरले उनलाई ओभर रियाजको कारणले भएकाले रेस्ट गर्न सुझाब दिए ।

उनी आजभोलि अमेरिका बस्छिन् तथापि उनको सक्रियतामा कुनै कमी आएको छैन । नेपाली सङ्गीतका विभिन्न कार्यक्रममा आज पनि उनी उत्तिकै सक्रिय छिन् । उनका अनुसार अब सङ्गीत उनको सबथोक हो, प्यासन, नशा र तपस्या । उनको भजनहरूको एक एल्बम पनि प्रकाशित छ ।

‘झझल्को लिएर आएछ सावन….’ उनको पहिलो र सर्वप्रिय रिमिक्स हो । नेपाली सुपरहिट सिनेमा ‘बाँसुरी’को यो गीतमा रिजाको स्वर सुन्दा स्र्रोतालाई अपार आनन्द महसुस हुन्छ । ‘हातमा हात लिएर…’, ‘मोहनी लाग्ला है…..’, ‘च्युरी बोटैमा….’, जस्ता सुप्रसिद्ध गीत गाएर नेपाली साङ्गीतिक आकाशमा छाएकी रिजाले धेरै प्रोग्राम र कन्सर्टहरूमा आप्mनो बेजोड प्रस्तुति दिएकी छिन् । उनले ३५ भन्दा बढी एल्बममा गीत गाएकी छिन् भने निकै फिल्ममा पनि पाश्र्वगायन गरेकी छिन् ।

आज अमेरिकामा रहेर पनि नेपाली साङ्गीतिक क्षेत्रमा उत्तिकै सक्रिय रिजा अब आफ्नै सङ्गीतमा र एकल स्वरमा नयाँ एल्बमको तयारीमा लागेकी छिन् । उनले यस एल्बममा युवाहरूलाई प्रेरणा प्रदान गर्ने किसिमका मोटिभेसनल गीतहरू राख्ने भएकी छिन् ।

रिजाको सबैभन्दा कान्छो एल्बम भने ‘म्युजिक फर लाइफ’ हो । यसमा १३ वटा गीत रहेका छन् । उनले तिरुपति बालाजी म्युजिक कम्पनी पनि चलाएकी थिइन्, जो आज पनि चलिरहेको छ ।

नेपाली म्युजिक इतिहास निकै उच्चकोटिको रहेको छ । यही नेपाली साङ्गीतिक आकाशकी एक चम्किलो तारा हुन् रिजा । आज अमेरिकामा बसेर पनि नेपाली साङ्गीतिक क्षेत्रमा केही गर्ने हुटहुटी पालेकी रिजाको नेपाली सङ्गीतप्रतिको लगाव सधैँ कायम रहोस् र उनी सधैँ नेपाली सङ्गीत–आकाशमा चम्किरहून् ।