नेपालमा जुुडो खेलाडीको स्तर राम्रो रहेको गोतारोको भनाई

नेपालमा जुुडो खेलाडीको स्तर राम्रो रहेको गोतारोको भनाई


अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारोले नेपाली जुडो खेलाडीको स्तर आफूहरुले सोचे भन्दा राम्रो भएको बताएका छन् । ‘नेपाली खेलाडीहरुको स्तर हामीले सोचे भन्दा राम्रो रहेछ । खेलाडीले राम्रो प्रशिक्षण र अझै धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाउने हो भने उनीहरु अझ राम्रो गर्न सक्छन्’, गोतारोले भने ।’

जापान सरकारको ‘स्पोर्ट्स फर टुमारो’ कार्यक्रमअन्तर्गत हाल नेपालमा रहेका ओगावाले नेपाल जुडो संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको खुलासा गरेका थिए । ओगावाको नेतृत्वमा पाँच सदस्यीय जापानी जुडो टोली नेपाली खेलाडीलाई विशेष प्रशिक्षण दिन साताअघि नेपाल आएको थियो ।

जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले टोलीले नेपाली खेलाडीहरुलाई दिएको प्रशिक्षणबाट आफूहरु सन्तुष्ट भएको बताउँदै २०२० को टोकियो ओलम्पिकलाई लक्षितगरी ‘स्पोर्ट्स फर टुमारो’ कार्यक्रमअन्तर्गत जापान सरकारले विभिन्न राष्ट्रमा विभिन्न खेलको प्रशिक्षणलगायत कार्यक्रम गर्न आफ्नो टोली पठाउँदै आएको जानकारी गराए ।