पुष्पजन्य बस्तुको जनचेतना जगाउन बिमानस्थल पुगे व्यवसायी

पुष्पजन्य बस्तुको जनचेतना जगाउन बिमानस्थल पुगे व्यवसायी


फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को रजत जयन्तीको अबसर पारेर त्रिभुवन अन्तर्राट्रिय बिमानस्थलबाट आउने र जाने गरि ५ हजार भन्दा बढी स्वदेशी तथा बिदेशी यात्रुलाइ पुष्पगुच्छा बितरण गरेर नयाँ तरिकाले मनाएका छन् । फ्यानको आयोजनामा भएको सो कार्यक्रममा पुष्प तथा पुष्पजन्य बस्तुहरुको प्रयोगका लागि जनचेतना जगाउने उदेश्यले पुष्प ब्यवसायीहरु पूmल बोकेर विहानै विमानस्थल पुगेका थिए ।
स्वदेशमा उत्पादन हुने पुष्प तथा पुष्पजन्य बस्तुको प्रयोग गरौं र वतावरणलाई स्वच्छ राखौं भनेर सर्वसाधारणलाई जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

गुलाब, जर्बेरा लगायत अन्य कट फ्लावरको गुच्छा प्रदान गर्दै यात्रुहरुलाई स्वागत गरिएको थियो । अन्ताराष्ट्रिय टर्मिनलमा ३ हजार र आन्तरिक टर्मिनलमा २ हजार यात्रुहरुलाई पुष्प गुच्छा प्रदान गरिएको थियो । पुष्प ब्यवसायको बजार प्रबद्र्धन गर्न यस किसिमको जनचेतनामूलक कार्यक्रमले ब्यवसायीलाई फाइदा पुग्ने पुष्प ब्यवसायी तथा ग्लोबल फ्लोराका अध्यक्ष संजीब कार्कीले बताए । खुशी र दुखको जुनसुकै बेलामा पनि प्रयोग गरिने पुष्पजन्य बस्तुहरुको प्रयोगलाई ब्यापक बनाउँदै नेपाली उत्पादनको प्रयोग अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने लक्ष फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।