स्रोत नखुलेको सम्पत्ति छानविन गर्न विभागमा ५० निबेदन

स्रोत नखुलेको सम्पत्ति छानविन गर्न विभागमा ५० निबेदन


सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले सम्पती शुद्धीकरण गराउनुपर्ने भन्दै विभागमा दैनिक ५० वटा निवेदन पर्ने गरेको बताएका छन् । सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण आवश्यक रहेको भन्दै उनले बदमासी नगरी मेहनतबाट जतिसुकै सम्पती कमाए पनि त्यो बैध हुने तर कमाएको सम्पत्तिको स्रोत चाहिएको समयमा देखाउन नसके अबैध हुने भएकाले बैंद्यानिक रुपमा सम्पत्ति कमाउन समेत सवैमा उनले आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि व्यवहारिक तरिकाबाट अगाडि बढ्न समेत सरकारसंग माग गरेका छन् । अध्यक्ष श्रेष्ठले यस विषयमा जनस्तरमै जनचेतना आवश्यक भएको खाँंचो औंल्याए । आतंकबादी क्रियाकलापमा वित्तीय लगानी कुनै पनि हालतमा हुनै दिन नहुनेमा उनले विशेष जोड दिए ।

नेपाल राष्ट्र बैंक वित्तीय जानकारी एकाईका निर्देशक रामु पौडेलले अन्तराष्ट्रिय मूल्य मान्यतामा आधारित रहेर आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नु पर्ने बताए । नेपाल राष्ट्र बैंकका उप निर्देशक हरिकुमार नेपाल र सम्पति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विनोद लामिछानले दुई छुटाछुटै विषयमा कार्यपत्र प्रस्तुत गरे ।

चेम्वर कार्य समिति अन्तर्गत गठित युवाहरुको समिति नेपाल युथ चेम्वरले सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषय सरकारले पनि प्रष्ठ निर्देशिका जारी गर्नु पर्ने र अबैध तबरबाट कमाएको सम्पत्तिमा सरकारी करण गरेर आर्थिक क्रान्त्रिमा लगानी गर्नु पर्नेमा जोड दिएको छ । नेपाल युथ चेम्वरका सदस्य एवं कार्यक्रम संयोजक आरती राज्य लक्ष्मी राणाले सो शुद्धिकरणका बारेमा प्रकाश पारिन् ।