साझाका सञ्चालकहरूबारे शिक्षा मन्त्रालयले भ्रम फैलाएपछि…

साझाका सञ्चालकहरूबारे शिक्षा मन्त्रालयले भ्रम फैलाएपछि…


साझा प्रकाशनका सञ्चालकत्रय दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा.डा. कृष्णहरि बरालले संयुक्त रूपमा सो संस्थाबाट राजीनामा दिएका छन् । शर्मा पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता हुन् भने नेपाल पनि पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता हुन् । ख्यातिप्राप्त गीतकार बराल त्रिविमा प्राध्यापन गर्छन् ।

साझा प्रकाशनको महाप्रबन्धक डोलेन्द्र शर्मा विवादमा परेपछि उनको नियुक्तिसँग जोडेर उल्लिखित व्यक्तित्वहरूको समेत आलोचना हुँदै आएको थियो । महाप्रबन्धक शर्मामाथि आर्थिक अनियमितता गरेको लगायतका अभियोगसहित सम्बन्धित निकायहरूमा उजुरी परेको छ ।

शिक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट दीनानाथ शर्मा र प्रदीप नेपाल गत ०७२ असार २४ मा र सोही वर्षको साउन २० गते प्रा.डा. बराललाई सञ्चालक समिति सदस्यमा तीन वर्षका लागि नियुक्त गरिएको थियो ।

शर्मा, नेपाल र बरालले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘पछिल्ला केही दिनदेखि साझा प्रकाशन र हाम्रो प्रतिष्ठामा समेत आँच आउने खालका अनेकन अफवाह र कल्पित प्रचारबाजी हुँदै आउकोले हामीले २०७४÷४÷९ गते शिक्षा मन्त्रालयमा संयुक्त रूपमा राजीनामा बुझाएका थियौँ । स्वयम् शिक्षा मन्त्रालयबाट समेत हाम्रो राजीनामाका बारेमा भ्रामक समाचार आएकोले हामी साझा प्रकाशनमा नरहेको कुरा सार्वजनिक जानकारकिा लागि यो प्रेस विज्ञप्ति जारी गरेका छौँ ।’