१२ बजेसम्म ३५ प्रतिशत मतदान, ५ बजेसम्म जारी रहने : निर्वाचन आयोग

१२ बजेसम्म ३५ प्रतिशत मतदान, ५ बजेसम्म जारी रहने : निर्वाचन आयोग


प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी स्थानीय तहको मतदानमा मध्यान्ह १२ बजेसम्म करिव ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारी अनुसार सबै मतदान केन्द्रहरुमा उत्साहजनरूपमा मतदान भइरहेको छ । मतदान सोमबार अपरान्ह ५ बजेसम्म जारी रहने छ ।

प्रदेश नं. दुईका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउापालिका गरी १३६ वटा स्थानीय तहमा भएको यस निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधिहरू निर्वाचित हुने छन् ।